bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

पर्यटन

हेटौंडा नजिकैको नयाँ पदयात्राकाे खाेजिमा हुनुहुन्छ ? अब याे बन्न सक्छ तपाईंको गन्तव्य।

FB_IMG_1689001787517-1689001796.jpg

 

 

 

facebook sharing button

twitter sharing button

messenger sharing button

राज कुमार के.सी. 

फोटो:-गणेश बिष्ट 

हेटौंडा / केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरु एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मीका कारण हेटौंडाका जनजीवन अस्तब्यस्त बन्न पुग्यो । अहिले पनि हेटौंडाको गर्मी केही कम भएको मात्रै हो । गर्मीले सताउन छोडेको छैन ।

गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकैछ, पानीबाट निस्केपछि उस्तै , हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुग्न सकिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

यस पदयात्राकोे शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटमा रहेको थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको शालिक भएको स्थानबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ भनिएको हो ।

पदयात्रा ऐतिहाँसिक गोपाली गाउँ, डाँडागाउँको गोरखनाथ धाम, बिष्वको तीन शंखमुल मध्येको एक शंखमुल, थाहा २ मा रहेको पाण्डुकेश्वर मन्दिर, फाँटबजारको पाथीभरा मन्दिर, डाँडामुखको पालुङगढी, भकारीढुँगा र यो पदमार्गको सबैभन्दा अग्लो स्थान केशरी भञ्ज्याङ, मान्द्रो गुफा हँुदै उनिउ चौरमा पुगिन्छ । ठुलो हरियो फाँट झै देखिने यो चौर, कहिले हुस्सुले ढाक्ने कहिले खुल्ला हुने मौसम, मौसम खुल्ला हुँदा चौरबाट दन्तलहर जस्तै मिलेका बिभिन्न हिमश्रृङ्खलाहरु छर्लङ्गै देखिने उनिउचौरको बिशेषता हो ।

यो यात्रामा ऐतिहाँसिक क्षेत्रहरुको अध्ययन अवलोकन, धार्मिक क्षेत्रहरुको दर्शन, परम्परागत बस्तीहरुको अवलोकन, होम स्टेको टिपिकल खाना, स्थानीयहरुको न्यानो आतिथ्यसत्कार, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीयहरुको सांस्कृतिक जीवनको अध्ययन, करिव २४५० मिटर उचाईसम्मको सहासिक यात्रा गरी करिब १६ किलो मिटरको यात्रा हुने भएकोले अन्य पदयात्रामा भन्दा यहाँ फरक अनुभब र आनन्द प्राप्त हुन्छ । र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

करिब ४ घण्टामा पुराहुने यो पैदल यात्रामा मृग, स्याल, कालिज, काँडेभ्याकुर लगायत जनावर र चराचुरुङ्गीहरुलाई नजिकैबाट अवलोकन समेत गर्न सकिन्छ ।पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो ।
थाहा नगर बिशेषतः कृषि, पर्यटन र धार्मिक दृष्टिले अत्यन्तै सम्भावना भएको स्थान हो । जताततै गर्मीले सताएको बेलामा पनि थाहा नगरमा ज्याकेट नै लगाउन पर्ने हुन्छ । राती सुत्नेबेला सिरक ओड्नै पर्छ ।

थाहा नगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । बेमौसमी तरकारी खेतीका लागि ख्याति कमाएको थाहा नगरमा पौषदेखि फागुनसम्म तरकारी खेती हुँदैन तर बाँकी रहेको आठ महिना फाँटैभरी हरियाली देखिन्छ । बिभिन्न किसिमका तरकारी उत्पादन हुन्छ । यी तरकारी उत्पादन गर्ने कृषकहरुसंगको साक्षातकार पनि यो पदयात्राको अर्को महत्वपूर्ण पक्ष हो ।

‘पालुङ–आग्रा पदमार्ग’ मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । यो पदयात्राको अधिकांश समय जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि रमाईलो र आनन्दको महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्पराको अवलोकन गर्दै घुमफिर गर्दा निकै रमाइलो हुन्छ ।
उनिउ चौरबाट नजिकै डाँडाबास बजार छ । सो बजारबाट शिखरकोट आउन सवारी साधन प्रयोग गर्न सकिन्छ ।
यही ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ मा गत असार २३ गते शनिबार काठमाण्डौका युवाहरु सहित करिब ६० जनाको सहभागितामा पहिलोपटक पैदल यात्रा सम्पन्न भयो ।
एकदिनमा राजधानी नजिकैको पदयात्रामा ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ अत्यन्तै उपयुक्त भएको पैदलयात्रीहरुको भनाई रहेको छ ।

काठमाण्डौं आएका पदयात्री आशिस अधिकारीले यो पदयात्रा सोचेभन्दा निकै रमाईले भएको बताउनुभयो । उहाँले एकदिनमा प्रकृतिसंगको सामिप्यता, संस्कृतिको अध्ययन, ऐतिहाँसिक अवलोकन गर्न सकिने बताउनुभयो ।
थाहा नगरका युवा फोटोपत्रकार गणेश बिष्ट, माधव कार्की, यादव जंग रायमाझी लगायतले परिकल्पना गर्नुभएको यो पदयात्रा (ट्रेकिङ रुट)ले थाहा नगरको पर्यटनको बिकास संगै संघीय राजधानी र बागमती प्रदेशको राजधानीका पैदलयात्रीहरुले नजिकै एकै दिनमा सम्पन्न गर्न सकिने अत्यन्तै सहज र प्रभावकारी मैदलमार्गको बिपल्प दिएको छ ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...