himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

हेटौंडाका गोदाममा अनुदानको मल एक महिना देखि टनाटन, किसानलाई व्यापारीको मनोमानी मूल्य

download-(6)-1669899261.jpg

 हेटौंडा । कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा किसानलाई चाहिने रासाइनिक मल टनाटन छ । यो मल एक महिना अघि देखि निकै टनाटन रहेको हो । मकवानपुरका दुइ वटा स्थानीय तह हेटौंडा उपमहानरपालिका र थाहा नगरपालिका भन्दा बाहेकका गाउँपालिकाले मल नलैजाँदा सम्म कृषि सामाग्री कम्पनिको गोदाममा मल टनाटन अवस्थामा देखिन्छ । जिल्लाका गाउँ गाउँका किसान भने व्यापारीको चर्को मुल्यमा तस्करी गरेर ल्याएको मल खरिद गरेर आफ्ना खेत बारीमा हाल्न बाध्य छन् । यहाँको गोदामको मौज्दातले गहुँ, मकै, आलु बालीका लागि मलको अभाव हुन नपर्ने हो तर व्यवहारमा त्यो छैन । धेरैजसो किसानले मलबिनै नयाँ बाली लगाइसकेका छन् भने कतिपय तयारीमा छन् । स्थानीय सरकारको सिफारिसमा कृषि सहकारीहरूले केही परिमाणमा मल वितरण गरे पनि पर्याप्त छैन । सहकारीहरूले ९ सयदेखि १ हजार घरधुरीका लागि १८।१९ बोरा मात्रै मल वितरण गरेका छन् । अहिले आलु, मकै, गहुँ छर्ने बेला हो तर धेरैजसो किसानले मल पाएका छैनन्,। ‘मौज्दात मलको वास्तविक परिमाणका लागि सरकारी गोदामहरूमा अनुगमन जरुरी रहेको किसानहरु बताउँछन् । निर्वाचनमा विजयी भएर प्रमाणपत्र लिने वित्तिकै मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौला साल्टटे«निङ र कृषि सामाग्री कम्पनि लिमिटेड हेटौंडाको गोदामनै निरिक्षण गरेर यो मल तत्काल वितरण गर्नका लागि निर्देशन दिए । मल अभाव भइरहँदा व्यापारीहरूले मनोमानी मूल्यमा बिक्री गर्दै कालोबजारी गरिरहेको किसानहरुले आरोपसमेत लगाएका छन् । मुलकभर सरकारी अनुुदानको मल कृषि सामग्री र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आइरहेका छन् । कोटाका आधारमा कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्छन् । जसका लागि दुवै कम्पनीले ग्लोबल टेन्डर आह्वान गर्छन् । यसपटक कृषि सामग्रीले समयमै मल आयात गरेको दाबी गरे पनि सिजनकै बेला किसानले भने मल पाइरहेका छैनन् । सांसद बर्तौला किसानले समयमानै मल नपाएको गुनासो बढेकाले तत्काल मल वितरण गर्न निर्देशन दिनका लागि कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ शिद्धार्थ रोड स्थित गोदाममा गएर निरिक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिएका हुन् । निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफु साथै रहेको वताएका बर्तौलाले आजैबाट आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्कीएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए । मल आइसकेको विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिले सम्म हेटौंडा उपमहानगरपालिका भन्दा बाहेकका क्षेत्रका स्थानीय स्थानीय तहले समयमानै समन्वय नगर्दा मल वितरणमा समस्या भएको छ । किसानलाई आवस्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिए । गोदाम भरी मल भएपनि किसानले मल पाउन नसकेको समस्या छ मकवानपुर जिल्लामा । आवस्यक मल अभाबका कारण खेतबारीमा किसानले बढी मुल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । तर, यो समस्या हुन नदिइकन सबै किसानले सहज रुपमा मल पाउने वातावरण तयार गर्नका लागि उनले निर्देशन दिए| जनपत्र बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg