Friday, 03 May, 2024
कृषि

हेटौंडाका गोदाममा अनुदानको मल एक महिना देखि टनाटन, किसानलाई व्यापारीको मनोमानी मूल्य

download-(6)-1669899261.jpg

 हेटौंडा । कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा किसानलाई चाहिने रासाइनिक मल टनाटन छ । यो मल एक महिना अघि देखि निकै टनाटन रहेको हो । मकवानपुरका दुइ वटा स्थानीय तह हेटौंडा उपमहानरपालिका र थाहा नगरपालिका भन्दा बाहेकका गाउँपालिकाले मल नलैजाँदा सम्म कृषि सामाग्री कम्पनिको गोदाममा मल टनाटन अवस्थामा देखिन्छ । जिल्लाका गाउँ गाउँका किसान भने व्यापारीको चर्को मुल्यमा तस्करी गरेर ल्याएको मल खरिद गरेर आफ्ना खेत बारीमा हाल्न बाध्य छन् । यहाँको गोदामको मौज्दातले गहुँ, मकै, आलु बालीका लागि मलको अभाव हुन नपर्ने हो तर व्यवहारमा त्यो छैन । धेरैजसो किसानले मलबिनै नयाँ बाली लगाइसकेका छन् भने कतिपय तयारीमा छन् । स्थानीय सरकारको सिफारिसमा कृषि सहकारीहरूले केही परिमाणमा मल वितरण गरे पनि पर्याप्त छैन । सहकारीहरूले ९ सयदेखि १ हजार घरधुरीका लागि १८।१९ बोरा मात्रै मल वितरण गरेका छन् । अहिले आलु, मकै, गहुँ छर्ने बेला हो तर धेरैजसो किसानले मल पाएका छैनन्,। ‘मौज्दात मलको वास्तविक परिमाणका लागि सरकारी गोदामहरूमा अनुगमन जरुरी रहेको किसानहरु बताउँछन् । निर्वाचनमा विजयी भएर प्रमाणपत्र लिने वित्तिकै मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौला साल्टटे«निङ र कृषि सामाग्री कम्पनि लिमिटेड हेटौंडाको गोदामनै निरिक्षण गरेर यो मल तत्काल वितरण गर्नका लागि निर्देशन दिए । मल अभाव भइरहँदा व्यापारीहरूले मनोमानी मूल्यमा बिक्री गर्दै कालोबजारी गरिरहेको किसानहरुले आरोपसमेत लगाएका छन् । मुलकभर सरकारी अनुुदानको मल कृषि सामग्री र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आइरहेका छन् । कोटाका आधारमा कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्छन् । जसका लागि दुवै कम्पनीले ग्लोबल टेन्डर आह्वान गर्छन् । यसपटक कृषि सामग्रीले समयमै मल आयात गरेको दाबी गरे पनि सिजनकै बेला किसानले भने मल पाइरहेका छैनन् । सांसद बर्तौला किसानले समयमानै मल नपाएको गुनासो बढेकाले तत्काल मल वितरण गर्न निर्देशन दिनका लागि कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ शिद्धार्थ रोड स्थित गोदाममा गएर निरिक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिएका हुन् । निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफु साथै रहेको वताएका बर्तौलाले आजैबाट आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्कीएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए । मल आइसकेको विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिले सम्म हेटौंडा उपमहानगरपालिका भन्दा बाहेकका क्षेत्रका स्थानीय स्थानीय तहले समयमानै समन्वय नगर्दा मल वितरणमा समस्या भएको छ । किसानलाई आवस्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिए । गोदाम भरी मल भएपनि किसानले मल पाउन नसकेको समस्या छ मकवानपुर जिल्लामा । आवस्यक मल अभाबका कारण खेतबारीमा किसानले बढी मुल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । तर, यो समस्या हुन नदिइकन सबै किसानले सहज रुपमा मल पाउने वातावरण तयार गर्नका लागि उनले निर्देशन दिए| जनपत्र बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...