pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

हिल स्टेशन बिकास सुभारम्भ
हिल स्टेसन बिकास शुभारम्भमा कुन मन्त्रीले के भने ?

-शम्भु अधिकारी

पर्यटकिय हिसाबले महत्त्वपूर्ण मकवानपुरको उत्तरी भेग लाई ३९ औ बिश्व पर्यटन दिबसको अबसर पारेर प्रदेश ३ को दस वटा हिल स्टेसन बिकास मध्ये मकवानपुरका तीन पालिका भिमफेदी गाउँ पालिका , थाहा नगरपालिका र इन्द्रसरोबर गाउँ पालिकाका स्थान समेटेर प्रदेश ३ को पहिलो पर्यटन बिकासको कार्यानुरुप हिल स्टेशन बिकास सुभारम्भ ११ गते थाहा नगरको पर्यटकीय स्थान चित्लाङबाट प्रदेश ३ का मुख्य मन्त्री र ५ जना मन्त्री हरुबाट एकसाथ सुभारम्भ कार्यक्रमको उद्द्घाटन गरेका छ्न ।

कार्यक्रममा झिरघारी मैत्री बगैचा निर्माण , चित्लाङ , इन्द्र्सरोबर, दामन र भिमफेदी कम्प्लेक्स (हिल स्टेसन बिकास ) चन्द्रागिरी भ्यु टावर निर्माण शिलान्यास , दामन घुमफिर बर्ष २०७५ र पर्यटकीय गन्तव्य गाउँ कुन्छाल अबलोकन भ्रमणमा समेटिएको थियो।

हिजो बिहान भिमफेदी गाउपालिका ९ स्थित मैत्री बगैंचामा एक मन्त्री एक बिरुवा बृक्षरोपन गरेर सुरुवात गरिएको कार्यक्रम सिमभन्ज्याङमा दामन घुमफिर बर्ष २०७५ को झण्डात्तोलन , तेसैगरी पर्यटकीय गाउँ कुन्छालमा होमस्टे संचालन गर्न आबस्यक पुर्बाधार र अबलोकन गर्दै चन्द्रागिरिको डाडा जहाँ पृथ्वीनारायण साहले काठमाडौ उपत्यका हमला गर्नुपुर्ब उपत्यका अबलोकन गरेको स्थानमा भ्यु टावरको शिलान्यास गरि चित्लाङमा औपचारिक कार्यक्रम गरि ३९ औ बिश्व पर्यटन दिबस मनाइयो ।

प्रदेश ३ का उद्योग ,पर्यटन ,बन तथा बाताबरण मन्त्री अरुण प्रसाद नेपाल को सभापतित्व तथा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ न प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल , आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्र ढुङेल , भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, भौतिक पुर्बाधार बिकास मन्त्री केसब स्थापित,लगाएत जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, योजना आयोगका सदस्य श्याम बस्नेत ,साम्सद कुमारी मोक्तान ,३ न प्रदेसका मुख्यसचिव , सचिबहरु , थाहा नगरपालिकाका मेयर लबशेर बिस्ट , भिमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउपालिकाका अध्यक्ष जीवन लामा, लगाएत जनप्रतिनिधिहरु , पत्रकार लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

मुख्य मन्त्री डोरमणी पौडेल - सरकारको अर्थतन्त्र को मुल आधार पर्यटन क्षेत्र भएकाले यसको बिकास को लागि प्रदेश सरकार लागिपरेको र सिङ्गो ३ न प्रदेश मा पर्यटकीय बिकासको लागि अभियान थाहा को चित्लाङ बाट सुरुभएको र यश क्षेत्र को पुर्बाधार बिकास गरि पर्यटन बिकास गर्ने संकल्प सहित प्रतिबद्धता ब्यक्त गर्दै ,काठमाडौ को चाप घटाउन थाहानगर र इन्द्रसरोबरलाई नया सहरको रुपमा बिकास गरिनुपर्नेमा जोड दिदै यस्कालागी चित्लाङ थानकोट सुरुङ्ग मार्गको निर्माण अपरिहार्य रहेको बताउनुभयो ।

पर्यटन मन्त्री अरुण प्र नेपाल-प्रदेश सरकारको पहिलो निर्माण कार्यको थालनी मकवानपुरको थाहा नगरबाट सुरु भएको र हाम्रो समाजले राजनीति क्रान्तिको चक्र पूरा गरिसकेकोले अब आर्थिक , सास्कृतिक, सामाजिक समृद्धिको दिसामा अगाडि बढ्नुपर्ने र यसका लागि आफ्नै देसभित्रका आधारहरु पहिचान गरि प्रयोग गर्नुपर्ने र यसका लागि पर्यटन ब्याबसाय कोशेढुङ्गा साबित हुनेमा जोड दिदै पर्यटन क्षेत्रलाई जनताको सामाजिक जीवन सङ जोडनुपर्ने बताउनु भयो । साथै यस्को बिकासको लागि सरकार र जनप्रतिनिधिले मात्रै गरेर बिकास नहुने भन्दै सबै नागरिक लागेमा मात्र सम्भब हुने बताउनुभयो । वहाले ३ न प्रदेश मा १० वटा गन्तव्य पहिचान गरि तेसको बिकासको लागि बजेट सहित नीति र कार्ययोजना ल्याएको बताउनुभयो ।वहाले कुन्छाल गाउलाइ प्रदेश सरकारले विशेष गाउको रुपमा हेरेको र यहाको बिकासको लागि यहाको प्राचीन सस्कृती जोगाउन चिन्तन र छलफल हुनुपर्ने बताए ।

कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा - कृषि ,बन पर्यटन र उद्योगको बिकास बाटनै मुलुकको समृद्धि हुने बताउदै स्थानीय उत्पादन र पहिचानलाई प्रयोग गर्नुपर्ने र उत्पादन स्थानीय स्तरमा हुनुपर्ने मा जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्र ढुङेल - बाटो नभै बिकास नहुने हुँदा चित्लाङ चन्द्रागिरी थानकोट सडक छिटो निर्माण हुनुपर्ने भन्दै संसारमा नभएको चिज हामि कहा भएको तर तेस्लाइ सदुपयोग गर्न नसकिरहेको भन्दै सबै कुरा सरकारलाई मात्र दोस थुपारेर आफू चै चाइनाको जनै लाउने चाइनाको गुन्द्रुक र भारत को चामल खाएर पर्यटनको बिकास नहुने बताउनुभयो । साथै ३ न प्रदेशको पर्यटन बिकासको निम्ति प्रदेश सरकारले एक अर्ब बजेट छुट्टाएको र प्रदेशको नमुना सहर थाहा नगरलाई बनाउन आफू सहयोग गर्न सदा तत्पर रहेको बताए ।

कुमारी मोक्तान - पर्यटन मन्त्रालयले यस क्षेत्रको बिकासको लागि गुरुयोजना तयार गरेकोमा खुसी व्यक्त गर्दै योजना मात्र नभै कार्यान्वयनमा पनि जोड दिन आग्रह गर्नु भयो साथै वहाँले बोल्ने मात्र नभै परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो ।

थाहा नगरपालिका प्रमुख लबशेर बिस्ट - पर्यटकीय हिसाबले धनी तर बिक्री गर्न नसकिरहेकोमा यसमा प्रदेश सरकारले चासो दिनुपर्ने र यस्को लागि चित्लाङ थानकोट सडक छिटो निर्माण गरिदिन आग्रह गर्नुभयो ।

जीवन लामा अध्यक्ष इन्द्रसरोबर गाउपालिका - तीन वटै पालिकालाइ प्रदेश सरकारले पर्यटन बिकासको लागि मुख्री स्थान तोकेकोमा आभार प्रकटगर्दै आफ्नो गाउपालिकाको साथ र सहयोग रहिरहने बताउनु भयो ।

कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिबले हिल स्टेसनको आबस्यकता र अबधारणा माथी प्रकाश पार्नु भएको  थियो । कार्यक्रममा थाहा नगरका प्रमुख लबशेर बिस्टले नगर को पर्यटनको गुरुयोजनाको प्रतिबेदन मुख्य मन्त्री र पर्यटन मन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेवारी सस्कृती झल्कने लोपोन्मुख झाकीहरु प्रस्तुत गरिएको थियो भने इद्रसरोबर गाउपालिकाको सम्योजनमा अतिथिहरुलाइ सरोबरमा नौका बिहार गराइयो ।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...