Monday, 29 Apr, 2024
पर्यटन

सीमभन्ज्याङमा पर्वतीय ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गरिने

simmmm-copy-1605349943.jpg

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गरिने भएको छ । करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामाको परिकल्पनामा केही वर्षदेखि वातावरणमैत्री तवरले कृत्रिम ताल निर्माणको  प्रयास हुँदै आएको भए पनि पूरा हुन नसक्दा वैज्ञानिक अध्ययन गरिन लागेको हो ।

वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विज्ञहरुको टोली नै बनाएर मकवानपुरको थाहानगपालिका–४ स्थित सीमभन्ज्याङमा  पर्वतीय ताल निर्माणका लागि बैज्ञानिक अध्ययन गरिन लागेको मन्त्री रामेश्वर फुयाँलले बताउनु भयो ।

मन्त्री फुयाँल मन्त्रालयका सचिव संजिव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१का प्रमुख बालमुकुन्द श्रेष्ठ लगायत प्राविधिकहरुको टोलीसहित सीमभन्ज्याङ पुग्नुभएको थियो ।

समुद्र सतहबाट करिब २ हजार ५०० मिटरको उचाइमा रहेको सीमभन्ज्याङमा पर्वतीय ताल निर्माण गर्न सके थाहानगरको पर्यटन प्रवर्धनमा टेवा पुग्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । उहाँका अनुसार पर्वतीय तालका लागि तत्कालिन स्थानीय विकास मन्त्रालयबाट ७ लाख, शहरी विकास मन्त्रालयबाट ३ लाख र थाहा नगरपालिकाबाट ३ लाखको लागतमा केही संरचना निर्माण भए पनि निर्माण कार्य पूरा हुन सकेको छैन । पर्वतीय क्षेत्रमा ताल निर्माण गर्न सके तल्लो क्षेत्रमा जलप्रवाहको लागि ‘रिचार्ज’को काम समेत हुन सक्ने नगर प्रमुख विष्टको भनाइ रहेको छ ।

बाह्रै महिना आउने पानीको श्रोत भएको र ताल निर्माणको लागि उपयुक्त भूगोल भएकोले सीमभन्ज्याङमा व्यवस्थित रमणीय ताल निर्माण गर्न सकिने जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले बताउनु भयो । ‘सबैभन्दा खडेरी पर्ने समयका पानीको श्रोतमा परिमाण मापन गर्छाैं, अरु परीक्षणहरु गर्छौं र बैज्ञानिक हिसावले दिगो जलाशय निर्माणको लागि प्रतिवेदन पेश गर्छाैं,’ उहाँले भन्नुभयो । अहिले दुईवटा तालको संरचना निर्माण भइरहेकोमा अब तीन ताल निर्माणको योजनासहित अघि बढ्न सकिने उहाँको भनाइ छ ।

पर्वतीय ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र व्योमकुट पर्वतको खोंचमा रहेको छ । यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रुखहरु रहेका छन् भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रंगीविरंगी गुराँसका साथै बहुमूल्य जडीबुटीहरु रहेका छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...