pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

सीमभन्ज्याङमा पर्वतीय ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गरिने

simmmm-copy-1605349943.jpg

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गरिने भएको छ । करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामाको परिकल्पनामा केही वर्षदेखि वातावरणमैत्री तवरले कृत्रिम ताल निर्माणको  प्रयास हुँदै आएको भए पनि पूरा हुन नसक्दा वैज्ञानिक अध्ययन गरिन लागेको हो ।

वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विज्ञहरुको टोली नै बनाएर मकवानपुरको थाहानगपालिका–४ स्थित सीमभन्ज्याङमा  पर्वतीय ताल निर्माणका लागि बैज्ञानिक अध्ययन गरिन लागेको मन्त्री रामेश्वर फुयाँलले बताउनु भयो ।

मन्त्री फुयाँल मन्त्रालयका सचिव संजिव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१का प्रमुख बालमुकुन्द श्रेष्ठ लगायत प्राविधिकहरुको टोलीसहित सीमभन्ज्याङ पुग्नुभएको थियो ।

समुद्र सतहबाट करिब २ हजार ५०० मिटरको उचाइमा रहेको सीमभन्ज्याङमा पर्वतीय ताल निर्माण गर्न सके थाहानगरको पर्यटन प्रवर्धनमा टेवा पुग्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । उहाँका अनुसार पर्वतीय तालका लागि तत्कालिन स्थानीय विकास मन्त्रालयबाट ७ लाख, शहरी विकास मन्त्रालयबाट ३ लाख र थाहा नगरपालिकाबाट ३ लाखको लागतमा केही संरचना निर्माण भए पनि निर्माण कार्य पूरा हुन सकेको छैन । पर्वतीय क्षेत्रमा ताल निर्माण गर्न सके तल्लो क्षेत्रमा जलप्रवाहको लागि ‘रिचार्ज’को काम समेत हुन सक्ने नगर प्रमुख विष्टको भनाइ रहेको छ ।

बाह्रै महिना आउने पानीको श्रोत भएको र ताल निर्माणको लागि उपयुक्त भूगोल भएकोले सीमभन्ज्याङमा व्यवस्थित रमणीय ताल निर्माण गर्न सकिने जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले बताउनु भयो । ‘सबैभन्दा खडेरी पर्ने समयका पानीको श्रोतमा परिमाण मापन गर्छाैं, अरु परीक्षणहरु गर्छौं र बैज्ञानिक हिसावले दिगो जलाशय निर्माणको लागि प्रतिवेदन पेश गर्छाैं,’ उहाँले भन्नुभयो । अहिले दुईवटा तालको संरचना निर्माण भइरहेकोमा अब तीन ताल निर्माणको योजनासहित अघि बढ्न सकिने उहाँको भनाइ छ ।

पर्वतीय ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र व्योमकुट पर्वतको खोंचमा रहेको छ । यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रुखहरु रहेका छन् भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रंगीविरंगी गुराँसका साथै बहुमूल्य जडीबुटीहरु रहेका छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...