pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

सिमभञ्ज्याङ तालमा अब डुङ्गा शयरको मज्जा

FB_IMG_1746249693554-1746249709.jpg

मकवानपुरको सबैभन्दा उचाईमा रहेको सिमभञ्ज्याङस्थित तालमा डुङ्गा सञ्चालनमा ल्याइएको छ । 
थाहा नगरपालिका ४ स्थित करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने पर्वतीय तालमा डुङ्गा सञ्चालनमा ल्याइएसँगै डुङ्गा शयरको मज्जा लिन पाइने भएको हो । समुन्द्री सतहबाट २४८८ मिटरको उचाईमा अवस्थित सिमभञ्ज्याङ बजार नजिकै रहेको तालमा बोटिङ सञ्चालनको शुभारम्भ शुक्रबार थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले गर्नुभएको थियो ।
सो अवसरमा नगरप्रमुख विष्टले बोटिङ सञ्चालनले पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको पहलमा निर्माण गरिएको तालमा पर्यटक लक्षित गरी डुङ्गा सञ्चालनमा ल्याइएको वन उपभोक्ता समुहका अध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।
सिमभञ्ज्याङमा हेटौँडा, काठमाडौँलगायतका स्थानबाट गर्मी छल्नसमेत उपयुक्त हुने र पर्यटकको बसाईँ लम्ब्याउनसमेत उद्देश्य राखेर तालमा डुङ्गा सञ्चालनमा ल्याइएको हो, उहाँले भन्नुभयो ।
उहाँले एउटा ताल निर्माण पुरा भएको, अर्को ताल निर्माणाधीन रहेको र थप एउटा ताल आगामी आर्थिक वर्ष बनाउने गरी तयारी गरिएको योजना सुनाउनुभयो ।
हेटौँडा र तराई मधेशका आन्तरिक पर्यटकका लागि गर्मीयाममा उपयुक्त स्थल हुने छ उहाँले भन्नुभयो, हेटौँडालगायत तराईमा गर्मीले खपी नसक्नु छ, हामी भने यहाँ जाडोले कामिरहेका छौँ ।
बागमती प्रदेश सरकारको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत ताल निर्माणमा डेढ करोड रुपियाँ खर्च भईसकेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...