pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

सपना पछ्याउँदै पर्यटनकर्मी देवेन्द्र नेपाल, म्युजिक भिडियो ‘मेरो चित्लाङ’ सार्वजनिक

कुमार नेगी
चित्लाङलाई धेरैले चिन्न खोजे, तर चिनेनन् । चित्लाङ चिन्ने केहीमध्ये प्रमुख एक हुनुहुन्छ देवेन्द्र नेपाल । अहिले जसरी मकवानपुरको चित्लाङ भन्ने वित्तिकै पर्यटन जोडिएर आउँछ, पर्यटन भन्ने वित्तिकै देवेन्द्र नेपालको नाम जोडिएर आउँछ । चित्लाङको पर्यटकीय सम्भावनालाई पहिलोपटक उहाँले नै उजागर गर्नुभएको हो ।  लामो समयदेखि पर्यटन क्षेत्रमै लाग्नुभएका उहाँ डेढ दशकअघि गाउँ फर्किनुभयो,  सम्भाव्यता अध्ययनपछि  १८० रोपनी जमिन भाडामा लिएर १० वर्षअघि अर्गानिक भिलेज रिसोर्ट शुरु गर्नुभयो । त्यसै बेलादेखि चित्लाङको पर्यटन विकासले ‘यु टर्न’ लियो । 

३९ वर्षीय देवेन्द्र डेढ दशकअघि गाउँ फर्किँदा एउटा सपना बोकेर आउनु भएको थियो । त्यही सपना पूरा गर्न उहाँ लगातार काममा तल्लीन हुनुभयो । स्थानीय पर्यटन विकासमार्फत चित्लाङलाई एउटा समृद्ध, साक्षर, आत्मनिर्भर र नमुना गाउँ बनाउने उहाँको सपना थियो, छ । 

गाउँमा सुविधा सम्पन्न अस्पताल र गुणस्तरीय विद्यालय, कृषिमा आधारित लघुउद्यम र आत्मनिर्भरता देबेन्द्रका सपनाका हिस्साहरु हुन् । उहाँ भन्ने गर्नुहुन्छ, ‘यसो हुन सकेमा गाउँ आत्मनिर्भर हुन्छ र यसबाट पढेका मानिस गाउँमै बस्ने प्रवृत्तिको विकास हुन्छ ।’ 

‘हामी उज्यालो सपना खोज्दै विदेशको गर्मीमा पसिना बगाउन जान्छौं, स्वदेशमै उज्यालोका मुहान पहिल्याउन सक्दैनौं’, देवेन्द्र भन्नुहुन्छ, ‘म पनि विदेश गएको भए चित्लाङको पर्यटकीय संभावना जाग्ने थिएन होला । अब मेरो छोरालाई विदेशिनु पर्दैन । गाउँका अन्य युवाहरुलाई पनि गाउँमै संभावना छ है भन्ने तथ्य स्थापित भएको छ ।’

आफ्नो सपनालाई साकार पार्न देबेन्द्र पर्यनकर्म मात्र होइन, कलाकर्म र संगीतकर्म पनि गर्नुहुन्छ । आज शुक्रबार कर्म पिक्चर्सले युटुवमार्फत् सार्वजनिक गरेको देबेन्द्रको ‘मेरो चित्लाङ’ म्युजिक भिडियोले उहाँको सपनालाई साकार पार्ने पर्यत्न गरेको छ । 

चित्लाङको पर्यटनको पर्याय बन्नुभएका देवेन्द्र गीत, संगीतमा पनि रुची राख्नुहुन्छ । र, तिनलाई पनि पर्यटन प्रवर्धनको अंश बनाउनुहुन्छ । यसअघि देवेन्द्रको भूमिका रहेको आधा दर्जन म्युजिक भिडियोहरु चित्लाङमै छायांकन भएका थिए । 

चर्चित म्युजिक भिडियोहरु ‘झ्यानापुल्टुङ’, ‘टुच्च स्यान्टाराम’ र ‘कि साथमा तिमी’ को शब्द, संगीत र  श्वर देबेन्द्रकै रहेको थियो । त्यसैगरी ‘मेरी प्यारी’ र ‘म त मेरै देश गाउँछु’ को म्युजिक भिडियोमा उहाँको कथा र अभिनय रहेको थियो । शुक्रबार सार्वजनिक म्युजिक भिडियोमा भने शब्द, स्वर, कथा, निर्देशन, निर्माण र मोडेलिङसमेत आफ्नै रहेको छ । 

म्युजिक भिडियोमा स्थानीय श्रोत र साधन प्रयोग गरी लघु उद्यममा लाग्न र आफू भित्रको आर्थिक सम्भावनाको खोजी गर्न आह्वान गरिएको छ । आफूभित्रको आर्थिक सम्भावनाको उजागर गर्दै विदेशिनु पर्ने नियतिको अन्त्य गर्न पनि म्युजिक भिडियोले युवाहरुलाई आग्रह गरेको छ । 

म्युजिक भिडियोमा देवेन्द्र यसरी मार्मिक ढंगले प्रस्तुत हुनुभएको छ– 
‘सुनखानीमा टेकेर फलाम खोज्दै कति हिँड्ने, 
आफ्नाको आँखामा आँशु छोडेर पराइ मुस्कानको लागि कति मरिमेट्ने, 
हामीले आफूलाई कहिले चिन्ने, 
अनि यो गाउँ समृद्ध कहिले बनाउने ?’

चित्लाङ चिनाउने चैत्य, भेडीगोठ, साँस्कृतिक नाच, गोट चिज, पाटी, पौवा, धर्मशाला, ढुंगेधारा, साँस्कृतिक नाचलगायतलाई कैद गरिएको भिडियोमा शिक्षाको यात्रामा लम्किरहेका ससाना नानीबाबुहरुलाई पनि देखाइएको छ । 

‘सिरैमाथि चन्द्रागिरी, माझैमा माझगाउँ, मनैले त उडिजाउँ भन्छ तर यो गाउँलाई नछोडौं’ भन्दै देबेन्द्रले गीतमा खोजी गर्ने हो भने गाउँमै प्रशस्त अवसर रहेको कुरा उल्लेख गर्नुभएको छ । आँट गर्ने हो भने गाउँमै पैसा कमाउने ठाउँ भएकोले मरुभूमिको चर्को घाममा ज्यान सुकाउन नजान उहाँले युवाहरुलाई आग्रह गर्नुभएको छ । 

म्युजिक भिडियोमा उहाँ भन्नुहुन्छ–
खेत र बारी बन जडिबुटी गैराछ खेर, 
अवसर खोजे कति हो कति गाउँमै छ हेर

पछिल्लो समय युवाहरु व्यवसायिक कालिज पालनमा लागेको र नगदे तरकारी खेतीतर्फ आकर्षित भएको दृश्यसमेत भिडियोमा समेटिएको छ । गीतमा विसिङ्खेलको चम्पेश्वर, न्हुल गाउँ, महाचुनी जात्रा र कालीदेवी जात्राको समेत चर्चा गरिएको छ । 

चित्लाङमा बदलिँदो सोच र बदलिँदै गरेको जीवनलाई अनुभूत गरेर हुनसक्छ, पर्यटनकर्मीसँगै गीतकार बन्नुभएका देबेन्द्र विदेश गएका गाउँका युवाहरुलाई आग्रह गर्नुहुन्छ, ‘समय अब बदलिसक्यो, गाउँमै फर्कि आऊ ।’ उज्यालो खोज्दै अन्त जानुभन्दा उज्यालाका लागि एउटा बत्ती आफै बाल्नु पर्नेमा उहाँको जोड रहेको छ । 

म्युजिक भिडियोमा सबै दृश्यहरु चित्लाङमै छायांकन गरिएको छ  भने कलाकारहरु पनि चित्लाङकै रहेका छन् । भिडियोमा देवेन्द्रको साथमा मुना बस्नेत, प्रकृति नेपाल, प्रणय नेपाल, परिछित नेपाल, काजी श्रेष्ठ, मोहन रेग्मी, प्रदिप भट्ट, रेश्मा बलामी, सजिना मगर लगायतको अभिनय रहेको छ । देवेन्द्र नेपाल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा विपिन आचार्यको संगीत रहेको छ भने दिपेश उपाध्यायको छायांकन र पदम तिमल्सिनाको सम्पादन रहेको छ । 

म्युजिक भिडियोको अन्त्यमा विदेशिएको पतिले बिछोडमा ब्याकुल बनेकी पत्नीलाई फोन गरेर ‘भिसा क्यान्सिल गरेर गाउँ फर्कन लागेको’  सन्देश सुनाएको दृश्य छ जसले देवेन्द्रको म्युजिक भिडियोको कथासमेत सार्थक बनेको छ । 

हेर्नुहाेस्  भिडियाे ः

 


https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...