pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

शिखर बचतको १४ औं वार्षिक साधारणसभा सम्पन्न।

FB_IMG_1735568011662-1735568023.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप  घिमिरेको विशिष्ट आतिथ्यता रहेको साधारणसभाको उद्घाटन कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी,मंगलदिप सहकारीका व्यवस्थापक गणेश बिष्ट,सुभारम्भ कृषि सहकारीका अध्यक्ष बिक्रम बिष्ट,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ,थाहा कृषि सहकारीका अध्यक्ष केशव सुनार संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,पालुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष अरुण रायमाझी,फरक सोचका अध्यक्ष यादव रायमाझी,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी,जिल्ला बचत तथा ऋण सहाकारीका संचालक फणिन्द्र सुवेदी,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी,पाथिभरा बचतका अध्यक्ष नवराज कार्की,थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेल,पालुङ जेसीजका कार्यकारी उपाध्यक्ष मानसिं दोङ,लगायत बित्तीय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोज रायमाझी  तथा कोषाध्यक्ष निरज  रायमाझीले आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ । 
संस्थाका अध्यक्ष मनोज रायमाझीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्था थाहा नगरको केही उत्कृष्ट सहकारीहरु मध्यको सहकारी हुँदैजानुले बिश्वास बढ्दै गएको बताउदै आगामी दिनमा राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्ध लाई निरन्तरता दिदै सदस्य प्रोत्साहन ,कृषक प्रोत्साहन,सहकारी सन्जालमा आवद्ध,पेन्सन बचत सदस्य हितकोषको व्यवस्था गरेको  उल्लेख गर्दै बचतमा आकर्षक योजना हरु ल्याइयको प्रतिबेदन प्रस्तुत गर्दै च्वाइस नेपाल संगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार,व्यावसायिक तालिम,टनेल बितरण ,रिवेट कार्यक्रम हरु गर्दै आइरहेको प्रतिबेदन प्रस्तुत गरे।

 तेसै गरि संस्थाका कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्ष  मा संस्थाको सेयर पुँजी १ करोड ४३ लाख  पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ६९ लाख निक्षप संकलन गर्दै ६ करोड ६९ लाख रुपैया लगानी बाट २८ लाख ६८ हजार  मुनाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे १४ सय ५० सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २९ लाख पुगेको छ। 
साधारणसभाको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिष्थापन गर्न सामाजिक उद्यमशीलताको क्षेत्रमा अगुवाई गर्न शिखर बचतलाइ लाई आग्रह गर्दै वहाँले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै समग्र थाहा नगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा राख्नु भएको थियो ।
 साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कार बाट १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मानित गरियो सम्मानित हुनेमा राजेन्द्र बिष्ट,हरीचन्द्र कार्की,किशोर प्रधान,संजय साह,लक्ष्मी गोपाली,अम्बर बहादुर कार्की,रामजी स्याङ्तान,बिजयलक्ष्मी अमात्य,रामचन्द्र सदासंकर,रुपा थिङलाई प्रदान गरियो। उत्कृष्टलाई  प्रमुख अतिथी नगर उपप्रमुख गोपालीले नगद तथा सम्मानपत्र द्वारा सम्मानित गरे भने संस्थाले आफ्नो संस्थापक सदस्य रामहरी बिष्टलाई सम्मानित गरेको थियो।
साधारणसभाको अवसरमा संस्थाका कार्यालय सहायक सबिता रायमाझीलाई उत्कृष्ट कर्मचारी द्वारा सम्मान गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...