Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

लकडाउन पछि थाहा नगरमा रमाउदै पर्यटक

कोरोना भाईरसको त्रासले भएको लकडाउनका कारण थला परेको पर्यटन व्यावसाय हिजो आज आशा लाग्दो गरि चहल पहल शुरु भएको छ । 
लकडाउन भर  घरमा  थुनिदा बाहिरी आन्नन्द लिनबाट बञ्चित भएर निसास्सिएर बसेकाहरु घुमफिर गर्न निस्कन थाले सँगै थाहा नगरमा पर्यटकको चहल पहल बढेको हो । 
लक डाउन भर ढोका थुनेर बसेका थाहा नगरका होटलहरुमा हिजो आज पर्यटकको चहल पहल बाक्लो छ । प्राय सबै दिन थाहा नगरमा आउने पर्यटकको संख्या बाक्लै देखिन थालेको छ भने शुक्रबार र शनिबार त यस क्षेत्रमा होटल प्याक हुने गरेको छ ।  
विश्वभर फैफिएको त्रासका कारण बाह्य पर्यटक शुन्य भए पनि आन्तिरिक पर्यटको चहलपहलले थाहा नगरको बातावरण उल्लासमय छ भने होटल व्यावसायीहरुको आशा पनि बदलिएको छ । 
थाहा नगरको बज्रबाराहीमा ओम अध्याय रिट्रिट संचालन गरेर थाहा नगरको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आउनु भएका अर्जुन सिंह ठकुरी काठमाडौ र तराईबाट नजिक र यहाँ भएका धार्मिक ऐतिहाँसिक सम्पदा तथा भौगोलिक बनावट र स्वच्छ हावापानी थाहा नगरका पर्यटन प्रबद्र्धनका आधार भएकाले थाहा नगरमा अहिले पर्यटकको संख्या बढेको र आफुहरुलाई व्यवसायप्रति हौसला बढेको बताउनुहुन्छ ।  
पर्यटन प्रबद्र्धनमा ईतिहास बोकेको दामन पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्र बनेको बज्रबाराही र होम स्टेका माध्यमबाट डाँडापरी राजधानी काठमाडौका पर्यटकलाई रमाउन सिकाउने चित्लाङ्ग थाहानगरका पर्यटकिय केन्द्र हुन् । 
थाहा नगरमा पर्यटन प्रबद्र्धन को अपार सम्भवना भए पनि लामो समयको कोरोना संत्रासका कारण व्यवसायनै चौपट हुने हो कि भनेर व्यावसायीहरु चिन्तित नबनेका होईनन् । व्यवसायकै निम्ति लागाएको  अरवौं लागानी बन्द गरेर बस्नु पर्दा निरास भएका व्यावसायीलाई  अहिलेको चहल पहलले खुसी बनाएको बताउनु हुन्छ चित्लाङ्ग अर्गानिक रिसोर्टका संचालक तथा पर्यटन व्यवासायी देवेन्द्र नेपाल पनि । 
चित्लाङ्गलाई होम स्टे र होटल रिसोर्ट संचालन गरेर पर्यटन प्रबद्धन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल नेपाललाई अहिलेको चहल पहलले झन व्यावसाय प्रति हौस्याएको छ । 
होटव व्यावसायीहरुमा आएको उत्साहा थाहा नगरको पर्यटन प्रबद्र्धनमा पक्कै नया आयाम भएको छ । पछिल्लो समय थाहा नगरमा आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । अझ शुक्रबाट र शनिबार त थाहा नगरमा रात बिताउन अग्रिम बुकिङ्गनै गर्नु पर्छ । पछिल्लो समय थाहा नगरका होटलहरु सुरक्षित रहेकाले ढुक्क भएर थाहा नगर घुम्न आउन आग्रह गर्नु हुन्छ थाहा नगर होटल एसोसियसनका अध्यक्ष शिव कुमार खत्री । 
थाहा नगरमा संचालित होटलहरुमा सुरक्षा सतर्कता अपनाईएकोले ढुक्क भएर आउन आग्रह गर्दै अध्यक्ष खत्रीले थाहापाटी सँग कुरा गर्दै थाहा नगरमा अब पर्यटन प्रबद्धनमा सरोकारवाला सबै मिलेर काम गर्ने बताउनुस हुन्छ  । 

कृषी र पर्यटनलाई थाहा नगरले नगरको समृद्धी सँग जोडेको छ । थाहा नगरमा पछिल्लो पटक पर्यटकलाई मुख्य आकर्षण मानेर होम स्टे तथा होटल व्यावसाय खोल्ने क्रम पनि बढेको पनि छ । पर्यटकका लागि आकर्षण केन्द्र थप्दै र व्यावसायीको उत्साहा अझ बढाउदै अगाडी बढ्न सके साच्चै पर्यटन प्रबद्र्धनमा अब्बल हुन सकिन्छ । 


    
नेपाली सिनेमाका चर्चित कलाकार निस्चल बस्नेत र स्वस्तिमा खड्का संगको भेटघाट दिपक बिडारीको फेसबुकबाट 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...