Monday, 29 Apr, 2024
पर्यटन

लकडाउन पछि थाहा नगरमा रमाउदै पर्यटक

कोरोना भाईरसको त्रासले भएको लकडाउनका कारण थला परेको पर्यटन व्यावसाय हिजो आज आशा लाग्दो गरि चहल पहल शुरु भएको छ । 
लकडाउन भर  घरमा  थुनिदा बाहिरी आन्नन्द लिनबाट बञ्चित भएर निसास्सिएर बसेकाहरु घुमफिर गर्न निस्कन थाले सँगै थाहा नगरमा पर्यटकको चहल पहल बढेको हो । 
लक डाउन भर ढोका थुनेर बसेका थाहा नगरका होटलहरुमा हिजो आज पर्यटकको चहल पहल बाक्लो छ । प्राय सबै दिन थाहा नगरमा आउने पर्यटकको संख्या बाक्लै देखिन थालेको छ भने शुक्रबार र शनिबार त यस क्षेत्रमा होटल प्याक हुने गरेको छ ।  
विश्वभर फैफिएको त्रासका कारण बाह्य पर्यटक शुन्य भए पनि आन्तिरिक पर्यटको चहलपहलले थाहा नगरको बातावरण उल्लासमय छ भने होटल व्यावसायीहरुको आशा पनि बदलिएको छ । 
थाहा नगरको बज्रबाराहीमा ओम अध्याय रिट्रिट संचालन गरेर थाहा नगरको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आउनु भएका अर्जुन सिंह ठकुरी काठमाडौ र तराईबाट नजिक र यहाँ भएका धार्मिक ऐतिहाँसिक सम्पदा तथा भौगोलिक बनावट र स्वच्छ हावापानी थाहा नगरका पर्यटन प्रबद्र्धनका आधार भएकाले थाहा नगरमा अहिले पर्यटकको संख्या बढेको र आफुहरुलाई व्यवसायप्रति हौसला बढेको बताउनुहुन्छ ।  
पर्यटन प्रबद्र्धनमा ईतिहास बोकेको दामन पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्र बनेको बज्रबाराही र होम स्टेका माध्यमबाट डाँडापरी राजधानी काठमाडौका पर्यटकलाई रमाउन सिकाउने चित्लाङ्ग थाहानगरका पर्यटकिय केन्द्र हुन् । 
थाहा नगरमा पर्यटन प्रबद्र्धन को अपार सम्भवना भए पनि लामो समयको कोरोना संत्रासका कारण व्यवसायनै चौपट हुने हो कि भनेर व्यावसायीहरु चिन्तित नबनेका होईनन् । व्यवसायकै निम्ति लागाएको  अरवौं लागानी बन्द गरेर बस्नु पर्दा निरास भएका व्यावसायीलाई  अहिलेको चहल पहलले खुसी बनाएको बताउनु हुन्छ चित्लाङ्ग अर्गानिक रिसोर्टका संचालक तथा पर्यटन व्यवासायी देवेन्द्र नेपाल पनि । 
चित्लाङ्गलाई होम स्टे र होटल रिसोर्ट संचालन गरेर पर्यटन प्रबद्धन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल नेपाललाई अहिलेको चहल पहलले झन व्यावसाय प्रति हौस्याएको छ । 
होटव व्यावसायीहरुमा आएको उत्साहा थाहा नगरको पर्यटन प्रबद्र्धनमा पक्कै नया आयाम भएको छ । पछिल्लो समय थाहा नगरमा आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । अझ शुक्रबाट र शनिबार त थाहा नगरमा रात बिताउन अग्रिम बुकिङ्गनै गर्नु पर्छ । पछिल्लो समय थाहा नगरका होटलहरु सुरक्षित रहेकाले ढुक्क भएर थाहा नगर घुम्न आउन आग्रह गर्नु हुन्छ थाहा नगर होटल एसोसियसनका अध्यक्ष शिव कुमार खत्री । 
थाहा नगरमा संचालित होटलहरुमा सुरक्षा सतर्कता अपनाईएकोले ढुक्क भएर आउन आग्रह गर्दै अध्यक्ष खत्रीले थाहापाटी सँग कुरा गर्दै थाहा नगरमा अब पर्यटन प्रबद्धनमा सरोकारवाला सबै मिलेर काम गर्ने बताउनुस हुन्छ  । 

कृषी र पर्यटनलाई थाहा नगरले नगरको समृद्धी सँग जोडेको छ । थाहा नगरमा पछिल्लो पटक पर्यटकलाई मुख्य आकर्षण मानेर होम स्टे तथा होटल व्यावसाय खोल्ने क्रम पनि बढेको पनि छ । पर्यटकका लागि आकर्षण केन्द्र थप्दै र व्यावसायीको उत्साहा अझ बढाउदै अगाडी बढ्न सके साच्चै पर्यटन प्रबद्र्धनमा अब्बल हुन सकिन्छ । 


    
नेपाली सिनेमाका चर्चित कलाकार निस्चल बस्नेत र स्वस्तिमा खड्का संगको भेटघाट दिपक बिडारीको फेसबुकबाट 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...