jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

मार्क्सवादी राजनीति के हो  ?
सानोभाइ कार्की 

sanobhai-1599981124.jpg

वास्तवमा राजनीति समाज र राष्ट्र को मुहार परिवर्तन गर्ने मुल कडी हो । यसले आफ्नो सिद्धान्तको मूल आधारमा नै कार्यहरू गर्दछ । राजनैतिक सिद्धान्त दर्शनबाट निर्देशित हुन्छ । दर्शन मूलतः २ वटा छन् ।जसमा पहिलो अध्यात्मवाद । जसले ग्रह उपग्रहको उत्पत्ति र त्यसमा रहने ,जन्मने ,हुर्कने र मर्ने सबैप्राणी,जीवजन्तु बोट बिरुवाहरूको  क्रियाकलाप कुनै शक्तिको कारण हुन्छ ।उ नै सृष्टि र अन्त्य गर्ने कारक तत्व मान्दछ । त्यसमा पनि थुप्रै शाखा उपशाखाहरु हुन्छन् ।सारमा उत्पति , संरक्षण र विकास गर्ने शक्ति ईश्वर मानिन्छ भने बिनाशक र दुःखदायी शक्ति राक्षस ,भूत, प्रेत, पिशाच आदिको नामले पुकारिन्छ । ती अदृश्य शक्तिको खेलमा नै सारा ब्रम्हाण्ड चलेको हुन्छ । जन्म र मृत्यु दुवै ईश्वरीय कृपा र चाहाना हो । असल कर्म गरे मृत्यु पछि स्वर्ग जान्छन् र खराब कर्म गर्नेहरु नरक जान्छन् । यो दर्शनले व्याख्या गर्दछ ।

दोश्रो दर्शनको रुपमा भौतिकवादी दर्शन मानिन्छ ।जसमा तथ्य र सारको रुपमा व्याख्या विश्लेषण गरिन्छ । अणु अणु मिलेर परमाणु र परमाणु हरुको संयोगबाट पदार्थको निर्माण हुन्छ ।यसै संयोग र वियोगका कारण नै सृष्टि र विनाशको मूल कारण हो ।ग्रह उपग्रह को निर्माण ,जल ,जमीन ,जंगल ,चराचर जगतमा पाइने एक कोशीय जीवदेखि बहुकोशीय प्राणीहरूको जन्म, मृत्यु विकास  सुहाउँदो वातावरण र विनाश प्रतिकूल वातावरणले  निर्धारण गर्दछ ।हिमाल ,पहाड ,समथर भूमि ,नदी खोला सागर महासागर सबैको  निर्माण संग कारण छ ।स्वर्ग र मृत्युको परिकल्पना यसले गर्दैन । यो भौतिकवादी दर्शनमा पनि मूलतः  अध्यात्मवाद को प्रतिनिधित्व गरिरहेको हुन्छ । जसलाई पुँजीवादी धार भनिन्छ । यस्ले जसरी भएपनि धन आर्जन गर ,पूँजी संकलन अन्तिम लक्ष्य हो ।भोग विलास ऐश आराम मानव जीवनको सार हो ।सक्नेले सकेजति गर ,नसक्नेहरू सक्नेहरुको पछि लाग ।यो धारको इतिहास धेरै लामो छ । मानव समाजको विकासक्रममा कविला युगदेखि शिकारी फिरन्ते ,पशुपालन युग ,कृषि युग ,औद्योगिक युग ,विज्ञान र प्रविधिको युग र वर्तमान अन्तरिक्षको युग सम्म आईपुग्दा आफ्नो तौरतरिका ले व्याख्या  विश्लेषण गरेको पाइन्छ ।जसका कारण समाजमा स्पष्ट दुई धारका मानिसहरू पाइन्छन् । १. हुनेखानेहरु २. हुँदा खानेहरू ।  (Haves or Havesnot)  । हुने र भएकाहरू भन्छन कर्मको फल।कर्मको फल अघिल्लो जुनीको , बाउ बाजेको धर्म ।आदि आदि ।यसका बारेमा थुप्रै शास्त्र लेखिएको छ । नीति निर्माण भएको छ । श्रुति शास्त्र , कथ्य शास्त्र,चलनचल्तीको शास्त्र ,लेख्य शास्त्र थुप्रै थुप्रै बनेका छन् । बनाइएका छन् । सत्य तथ्य खोजीका लागि मानिस संग समय छैन किनकी उ बाँच्न ,धनी बन्न ,आरामको जिन्दगी जिउन केन्द्रित छ ,खोज उसको विषय होइन  । यसैले उ लगातार आफ्नो काम गरिरहन्छ । सक्ने र जान्नेले पढ्छन्,नसक्ने हरुले सुन्छन,आफूलाई विश्वास लागेको शास्त्रलाई गर्छन् । सारमा असीम  विश्वास गर्छन।यो विश्वासमा तुषारापात हुन दिदैनन ,त्यसैलाई धर्म मान्दछन् ।
यही सन्दर्भमा सन् १८६३ मा कार्ल माक्र्सको कम्युनिष्ट घोषणापत्र सार्वजनिक भयो ।जसले अध्यात्मवाद मानव चेतनाको अविकसित रूप हो भन्ने ठहर गर्यो । अध्यात्मवाद कमजोर चेतना भएकाहरुलाई अलि बढी आफुमुखी चेतनाको परिकल्पना गरेर भुलभुलैयामा राख्ने र टिकाईरहने तिकडम हो भन्ने किटान गर्यो । धनी र गरिब हुनु ईश्वरीय  देन वा उपहार होइन । केबल मानिस भित्रको चेतना र अवसरको विभाजनको पद्धति भएको कुरालाई जनसमक्ष स्पष्ट पार्ने प्रयत्न गर्यो ।समाजमा वर्गको उत्पति ,वर्गीय विभेद र शोषण आदिको जन्म म लाई सर्वश्व ठान्ने हरुको सोचाइको उपज भएको छर्लङ्ग पार्यो ।समानता नै वर्गीय समाजको निकास भएको उपाय सुझायो ।यसका लागि म होइन ,हामी भित्र म देखने चेतना विकास हुन् जरुरी ठान्यो ।यसले सीमित धनीहरु जो बसी खान्थे उनीहरूमा आँधिबेहरी ल्यायो ।अनेकौं जालझेल रच्दै यो दर्शनलाई असफल पार्न ,निर्मुल पार्न पुरा शक्ति लगाइएको पनि जगजाहेर नै छ ।यहाँसम्म कि ती दर्शनका जन्मदाता कार्ल माक्र्सको देश निकाला समेत हुन् पुग्यो । अभावै अभावमा उनले यो दर्शन लाई स्थापित गर्न सफल भए ।परिणामले उनलाई हजारौंका राक्षस र करोडौंका देवता भनेर पुकार्न पछि परेन ।उनको दर्शन संसारभर फैलियो ।वर्ग समन्वयको खिलाफमा वर्ग द्वन्द भयो ।पहिलो प्रयोग सोभियत रुसमा भयो ।रुसमात्र होइन आधा विश्व यसको पक्षको वकालत गर्न पुग्यो ।विश्व दुई ध्रुवमा विभाजित भयो ।समाजवाद हुँदै साम्यवादमा पुग्ने र पूँजीवादको वर्चस्व बढाउने ,रक्षा  गर्ने ।
यसरी हजारौं वर्ष अघिदेखि चली आएको पुँजीवादी व्यवस्था र तिनका अविकसित स्वरुपहरु दास युग ,सामन्ती युगका विरुद्ध विश्वमा नयाँ माहौल सृजना गरी एक प्रकारको तहल्का मच्चाउन सक्ने माक्र्सवादी सिद्धान्तको तागत के थियो  ? यो सबैभन्दा विचारणीय पक्ष हो ।

"धनी र गरिब हुनु ईश्वरीय  देन वा उपहार होइन । केबल मानिस भित्रको चेतना र अवसरको विभाजनको पद्धति भएको कुरालाई जनसमक्ष स्पष्ट पार्ने प्रयत्न गर्यो ।समाजमा वर्गको उत्पति ,वर्गीय विभेद र शोषण आदिको जन्म म लाई सर्वश्व ठान्ने हरुको सोचाइको उपज भएको छर्लङ्ग पार्यो ।समानता नै वर्गीय समाजको निकास भएको उपाय सुझायो ।यसका लागि म होइन ,हामी भित्र म देखने चेतना विकास हुन् जरुरी ठान्यो ।यसले सीमित धनीहरु जो बसी खान्थे उनीहरूमा आँधिबेहरी ल्यायो ।अनेकौं जालझेल रच्दै यो दर्शनलाई असफल पार्न ,निर्मुल पार्न पुरा शक्ति लगाइएको पनि जगजाहेर नै छ ।"


सारमा यसको मूल तागत भनेको दृष्टिकोण नै हो ।सबैमा दृष्टिकोण रहेकै हुन्छ ।यसको तात्विक अन्तर के हो त? यो अर्को जिज्ञासा हो ।यसको मूल अन्तर
१) म नै सर्वशक्तिमान हो म सम्पन्न भएपछि मैले वा मेरो कारणबाट धेरैलाई कल्याण गर्न सकिन्छ ।
२) हामीभित्र म पनि हुन्छु ।हाम्रोलाई आधार मानेर नीति ,विधि ,लक्ष ,उद्देश्य ,कार्यक्रम को निर्माण तथा कार्यान्वय गर्नु गराउनु नै मुख्य पक्ष हो ।
हुनपनि हिजो को हजारौं वर्षदेखिको चलिआएको रीतिरिवाज ,चालचलन र परम्परालाई नयाँ रूप दिनु सानो कुरा थिएन ।होइन पनि ।पुँजीवादी अर्थव्यवस्थामा जसको शक्ति, उसको भक्ति को उपभोग गरिरहेको प्रक्रियालाई माक्र्सवादी दृष्टिकोणको आधारमा लेनिनले सोभियत रुसमा प्रयोगमा ल्याउदा ,जमीन कस्को जोत्नेको ,कारखाना कस्को मजदुरको ,देश कस्को जनताको ,शासन सत्ता कस्को सर्वहारा वर्गको नारालाई व्यवहारमा लागू गरेर  देखाइदिए ।जसले रूसी जनताहरुको शरीरको रौँ रौँ बाट निस्केको उत्साह,उमङ्ग  नै त्यहाँको विकासको परिणाम हो ।उनीहरू विश्वस्त  भए की जाती ,धर्म ,धन पैसा ,आराम ,मोज मस्ती भन्दा माथी देश हो ।राष्ट्रियता हो ।

सबैको कल्याण गर्ने लक्ष्य महान हो । यो महान् लक्ष्य पूरा गर्नु नै समस्त मानवहरु को जिम्मेवारी हो दायित्व हो ।हामी त्यसैका लागि हौं ।यहां सबैले छोडेको व्यक्तिगत स्वार्थ हो भने कमाएको चीज सामूहिक कर्तव्यको पालना नै हो ।उनीहरूको बुझाई हाम्रो कल्याण उन्नति हुँदा मेरो उन्नति हुन्छ ।त्याग के हो राष्ट्रको  लागि म र मेरो लागि राष्ट्र को भावना ।यो उच्च चेतनामा सिंगो राष्ट्रलाई समाहित गर्ने क्रममा ध्वंसात्मक गतिविधि नभएका होइन ।यद्यपि रूसले प्रगतिको फड्को मार्यो । १९१७ अक्टोबर क्रान्तिबाट सत्ता सम्हालेको रूसले ४ दशक पुग्दा नपुग्दा नै देशका आवश्यकता हरुको राम्रो व्यवस्थापन गरेर अन्तरिक्षमा यान पठाउन सफल भयो जुन विश्वको पहिलो थियो ।यो र यसका प्रभावले विश्वमा साम्यवादी लहर बढ्दै गयो र पछि चीनले पनि प्रयोग गरेर देखायो ।अहिले चीन संसारको सर्वोत्कृष्ट आर्थिक प्रगति गर्ने मुलुकको रुपमा स्थापित छ ।यस सन्दर्भमा चुरो कुरो के हो भने गरे कुनैकुरा असम्भव छैन ,गर्नको लागि आफैंले शुरू गर्नुपर्छ ।जुन लगातार गरिनु पर्छ ।त्यो प्राप्तिकालागि निष्ठापूर्वक सिद्धान्तको पालना गरिनु पर्छ र सिद्धान्तलाई आफू अनुकूल व्याख्या विश्लेषण वा परिभाषित गर्नु संशोधन गर्नु माक्र्सवादी दृष्टिकोण विपरीत हो ।


   अहिले नेपालमा कम्युनिष्ट पार्टीको बाहुल्यता छ । झण्डै दुईतिहाइको नजिक जनमत प्राप्त शक्ति निर्णायक पोजिशनमा पुगेको अवस्था  दुखी गरिब असहाय वर्गको आशाको आधार बन्न सक्नु पहिलो दायित्व हो ।सो नसकेपनि हिजोको राज्य व्यवस्था जसलाई प्रतिक्रियावादी र जनविरोधी व्यवस्था भनेर चेतना जगाउने ,त्यो व्यवस्थाका बिरुद्द जनमत तयार गर्ने ,ती कालखण्डमा भएका मानव बेचबिखन ,कालाबजारी ,भ्रष्टाचार ,बलात्कार ,नातावाद ,कृपावाद ,फरियावाद ,लगायत व्यक्तिमुखी क्रियाकलापको अन्त हुन नसकेपनि एकपछि अर्को गरी झाँगिदै जानु हुँदैनथ्यो ।विडम्बना आज ती गतिविधिमा शून्यता उन्मुख हुनु पर्नेमा न्यूनता उन्मुख पनि हुन सकेको आभाष  जनताले पाउन सकेका छैनन ।छर्लङ्ग देखिएको कुरा हो भ्रष्टाचार मौलाएको छ ।विरोधीको कुरा सुन्ने र सुधार गर्ने भन्दा भिन्न विचारकालाई मास्ने , लोभ्याउने आफ्नो भन्न लगाउने ,अरूको आलोचना सुन्न नसक्ने प्रवृत्ति मौलाएको छ ।राजनीतिमा खासगरी माक्र्सवादी दृष्टिकोणमा आफ्नो संख्या बढाएर वा सीमित व्यक्तिलाई खुशी पारेर आफू शासनसत्ताको रजाइँ गर्ने होइन ।सामूहिक उन्नति ,प्रगति र परिवर्तन हुनु पर्ने हो के आज यो परिणाम देखिएको छ  ? आफूले आफैलाई स्व मूल्याङ्कन गर्ने बेला आएको छैन र ? यो गरिब र दीनदुःखी हरुको स्वर्णीम युग मानिएको मात्र होइन कैयन देशले प्रमाणित गरिसकेको अवसरलाई नेपालले पाएको र नेपाली जनताले चाहेको वातावरणमा सीमित व्यक्तिले धन माथी धन थोपर्दै जानु,,कालाबजारी को बलावालामा कमी नआउनु ,राष्ट्र राष्ट्रिय सवालमा गुट उपगुट को स्वार्थलाई आधार मानेर मोलमोलाई हुनु ,नेता प्रधान र जनता  रैती बन्नु  जायज हो?  वर्तमान समयको सिद्धान्त ,सिद्धान्तको मर्मको  रक्षा र विकास गर्नु  दायित्व र कर्तव्य हुनुको अलावा हिजोको प्रतिक्रियावादी राज्यसत्ताका हिमायतीहरुले  पालन गरेको  र त्यहीबाट जनताले दुःख पाएर सुखको लागि गरेको क्रान्तिको प्रतिफल  यसैलाई मान्न सकिन्छ  ? सा
रमा परिवर्तनको लागि ,सत्तामा पुग्नका निमित्त लगाएको नारा ले जनतालाई आशावादी बनाउनु राजनीति हो वा निराशावादी बनाउनु  ?यो गम्भीर सवाल खडा भएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...