Saturday, 04 May, 2024
पर्यटन

मंगलवारे धार्मिक यात्रा चतुरमुखी,गोरखनाथ पाथीभरा:-यादव रायमाझी

1707234077946-1707234128.jpg

सबै द्वेष दोष बिकार र अमंगलहरुको नास गरी जिवनलाई मगलमय बनाउनलाई मंगलवारको व्रतलाई उत्तम मानिन्छ । यस दिन बिशेष गरी गणेश जी र हनुमान जीको पुजा आराधना गरिने भए पनि नेपाली समाजमा अन्य देवी देवताको समेत पुजा पाठ गर्दै वर्त बस्ने चलन रहेको छ । जसको वर्त बसे पनी वर्तका दिन आफ्नो वरपरको मठ मन्दिर गएर दर्शन गर्ने गरिन्छ । 

 हुनलाई थाहा नगर भित्र थुप्रै धार्मिक आस्थाका केन्द्रहरु छन । हरेको वडामा बिशेष अर्थ अनि महत्व बोकेका शक्तीपिठ र मन्दिरहरु रहेका छन । तिनै मध्ये एक थाहा नगरपालिका वडा नम्वर तिनमा रहेको देवी पाथीभराको मन्दिर पनि अहिले चर्चा चुलिदै गएको शक्तीपिठ हो । थाहा नगरपालिका शिखरकोटको राधाकृष्ण बाट मंगलवारका दिन पारी छोटो तिर्थ यात्रा सुरु गर्न सकिन्छ । यस पछी नजिकै रहेको गोपाली गाउँको श्री सेती गणेश मन्दिर दर्शन गरेर थाहा तिन कै अर्को पबित्र पिठ गोरखनाथ मन्दिर पुगी केही बेर सुस्ताउन सकिन्छ । बिस्तारै उकालो लाग्दै गर्दा करिब ७०० मिटर माथी वागेश्वर  मन्दिर रहेको छ जहाँ हरेक बैशाखको १ गते मेला लाग्ने गर्दछ ।  यहाँ सम्म अटो बाईक वा अन्य सवारी साधनबाट सिधै पुग्न पनि सकिन्छ । यस पछि भने जंगल भित्रको बाटो हुदै जानुपर्ने हुन्छ । सुस्तरी सुसाउदै गरेको सल्लाको हावा, चराचुरुङ्गीको मिठो आवाज र बाटोबाटै देखिने मनोरम हिमचुली नियाल्दै जादा थकान महसुस हुन पाउदैन । थाहा नगरबाट हिमाल देख्नु र हेर्नु नौलो कुरा होईन  तर हिमाल सँगै यहाँबाट पालुङ शहर, घर्तीखोला, अंगारे शिखरकोट, दामन, झिरघारी ओखरगाँउ, सरस्वती बजारलाई फरक कोणबाट नियाल्न सकिन्छ ।  

 एक्लै पदयात्रा गर्नेहरुलाई पनी पाथीभरा सम्म पुग्न कुनै दुबिधा हुदैन किनकी यहाँ दोबाटोहरुमा संकेत बोर्डहरुको सुबिधा प्रसस्तै छन । तिनै संकेत बोर्डहरु पछ्याउदै वा ओहोरदोहोर गरि रहेका स्थानियहरु लाई सोधपुछ गर्दै छिटो हिड्नेहरु ९० मिनेट देखी ढिलो हिड्ने वा फोटो भिडियो बनाउदै र देखिएका दृश्यहरुको रसास्वदन गर्दै जानेहरु २ घण्टामा पुग्न सक्छन । पाथीभरा मन्दिर पुगी सकेपछि ५० मिटर जती माथी रहेको पाँच पाण्डव शिलाको पनि दर्शन गर्न सकिन्छ । 

   फर्कदा गोरखनाथ सम्म उहि बाटो प्रयोग गरे पनि त्यस पछि थोरै ओरालो झरेर डाँडागाँउ मै रहेको धार्मिक महत्व बोकेको हात्तीपाइले ढुङ्गालाई समेत अवलोकन गर्न सकिन्छ । भने अलिक अगाडी बढेर खैंटे खोलाको किनारैमा रहेको चतुरमुखी महादेवको दर्शन गर्न सकिन्छ । यो मन्दिरमा बिशेष गरी श्रावण महिनाको सोमबार, हरितालिका तिजमा, शिवरात्रीमा दर्शन गर्नेको भिड लाग्ने गर्दछ ।  यसरी तपाईहरुले पनि मंगलवारको दिन (वा आफ्नो समयानुकुल) ५/६ घण्टा समय निकालेर एकै दिन एउटै बाटोमा पर्ने बिभिन्न ७ वटा तिर्थ स्थल घुम्दै ... पुग्दै ... दर्शन गर्दै ... पुन शिखरकोट बजार आएर यात्रा अन्त्य गर्न सक्नुहुन्छ । 

   जाने हैन त मंगलवारे मन्दिर WALK ??? 

यादव जंग रायमाझी -: थाहा नगरपालिका शिखरकोट


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...