Monday, 06 May, 2024
पर्यटन

भ्यु टावर संरक्षण गर्न एकजुट हुँदै दामन बासी, आज सरसफाई गरिदै

cover-1628560784.jpg

 नेपालकै पहिलो भ्यु टावर,थाहा नगरको गौरव दामन स्थित भ्यु टावर संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि अस्तित्व जोगाउन स्थानिय जुटेका छन् । 
बन्द भएको लामो समय हुँदा पनि संरक्षणमा सरोकारवाला निकायले चासो नदिदा टावर र सो क्षेत्रका संरचना  जिर्ण बन्दै गए पछि स्थानीय एभरेष्ट युवा बिकास क्लब, दामन बजार ब्यबस्थापन समिति र स्थानिय सरोकारवालाहरु  ,पर्यटन ब्यबसायी र स्थानियवासीको सक्रियतामा  भ्यु टावरको अस्तित्व जोगाउन सक्रिय भएका हुन् । 
लामो समय देखि बन्द भई ताला लगाएर राखिाएको टावर क्षेत्रमा संरचना जिर्ण बन्दैगए पछि सरोकारवाला निकायले संचालन र संरक्षणमा चासो नदिएको अवस्थामा स्थानियको सक्रियतामा तत्कालका लागि सो क्षेत्रको सरफाई गर्ने र संमबद्र्धनमा आवश्यक पहल कदमी गर्ने निर्णय भएको दामन बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तसि शेर्पाले बताउनु भयो । 
लामो समय देखि बन्द हुँदा संचालनको पहलकदमी नहुनु चिन्ताको विषय भन्दै स्थानीबासी स्व–स्फुर्त रुपमा एकजुट  भै दामन भ्यु टावरको अस्तित्व जोगाउनुपर्ने अवस्था  आएको स्थानिय दानु गोपालीले बताउनु भयो । 

भ्यू टावर संरक्षण अभियान अन्तर्गत दामनका प्रत्येक घरबाट एक जना उपस्थित भै बसेको भेलाको निष्कर्षले मंगलबार दिउँसोको ०१ः०० बजे भ्यु टावर परिसर सरसफाइ गर्ने निर्ण भएको छ । 
सरसफाइ कार्यक्रममा दामन शितोष्ण बागवानी फार्मले पनि सहयोग गर्ने फर्मका निमित्त प्रमुख समीर मगरले  बताउनु भयो । 
भ्यू टावर संरक्षण अभियानको भेलामा माओवादी   जिल्ला कमिटी मकवानपुरका  सदस्य बिनोद कुमार लामा,दामन बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तसि शेर्पा,समाजसेवी दानु गोपाली, सबै पर्यटन ब्यबसायीहरु र आम नागरिकहरुको सकारात्मक उपस्थिति रहेको थियोे ।
 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...