himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

भारतबाट नेपालका लागि पहिलो खेप युरिया मल बिहीबार कोलकाताबाट हिड्यो

thumb-(3)-1672982226.jpg

लामो अवधिको तयारी र प्रतीक्षापछि भारतबाट नेपालका लागि पहिलो खेप युरिया मल बिहीबार कोलकाताबाट हिँडेको छ । सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडले किनेको ३० हजार टन मल ढुवानी सुरु भएको हो ।

 

 

२ हजार ५ सय १० टन युरिया बोकेको रेल र्‍याक वीरगन्जका लागि हिँडिसकेको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए । कोलकातामा रहेका कार्कीले साता–दस दिनमा पहिलो खेपमा किनिएको मल नेपाल पुगिसक्ने उनको भनाइ छ । दुई देशका सरकारबीच मल खरिद बिक्रीका लागि गत वर्ष फागुनमै सम्झौता भएको थियो । यसअघि ग्लोबल टेन्डरबाट मात्रै मल किन्ने गरिएकामा पहिलो पटक जीटूजी प्रक्रियाबाट मल आपूर्ति थालिएको हो ।

 

दुई देशका सरकारबीच भएको सम्झौतापछि कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच साउनमा खरिद–बिक्रीसम्बन्धी आवश्यक सहमति (एमओयू) भएको हो । त्यसयता भारतबाट मल खरिदको प्रक्रिया थालिँदै आएको कार्कीले बताए । ‘पहिलो पटक जीटूजीको प्रक्रिया गरिएकाले समय लागेको हो, कहिले हाम्रोतिर, कहिले भारततिर प्रक्रिया पूरा गर्दा समय लाग्न गयो,’ उनले भने ‘एक पटक थालनी भइसकेपछि आगामी दिनमा सहज हुनेछ ।’

भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको सीमा क्षेत्रमा रहेका कृषि सामग्री कम्पनीको गोदामसम्म मल पुर्‍याउनेछ । सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गरेर ग्लोबल टेन्डरबाट मल खरिद गर्दा कम्तीमा ७ महिना लागेको कार्कीले बताए । छिटोका लागि जीटूजी प्रक्रिया नै आगामी दिनमा सहज देखिएको उनले उल्लेख गरे । ३० हजार टन खरिदका लागि ३ अर्ब २७ करोड नेपाली रुपैयाँ कम्पनीले खर्चिएको छ । आवश्यक करबाहेक प्रतिटन ६ सय ६७ डलर मूल्यमा भारतबाट मल किनिएको हो । कर थप्दा प्रतिटनको मूल्य ८ सय ९ डलर पुग्छ । ५० किलो युरियाको प्रतिबोराको खरिद मूल्य ५ हजार ३ सय रुपैयाँ पर्ने र किसानलाई उक्त बोरा ७ सय ५० रुपैयाँमा मात्रै बिक्री गरिने कार्कीले जानकारी दिए ।

अहिले भित्रिने युरियाले गहुँको सिजनलाई राहत हुनेछ । यसबाहेक ग्लोबल टेन्डरबाट ९० हजार टन मल खरिदको अर्डर भइसकेको र मलेसियाबाट केही दिनमा ढुवानी सुरु हुने महाप्रबन्धक कार्कीले बताए । भारतबाट ३० हजार टनको ढुवानी पूरा भएसँगै अर्को अर्डरको प्रक्रिया थालिने उनले जनाए ।

 

आगामी आर्थिक वर्षको बजेटबाट खरिद गरिने मलको टेन्डर प्रक्रियाका लागि कम्पनीले सरकारसँग स्वीकृति मागेको छ ।

‘सार्वजनिक खरिद ऐनमा रहेका प्रावधानले समय धेरै लिन्छ, त्यही भएर अहिलेबाटै प्रक्रिया थाल्न सहमति मागेका हौं, त्यसो हुँदा साउनमै मल ल्याउन सकिन्छ,’ कार्कीले भने, ‘धानको सिजनमा किसानलार्ई मलको सुनिश्चितता होस् भन्ने विभिन्न प्रयास गरिरहेका छौं ।’ कम्पनीले यसै वर्ष पनि मल खरिदका लागि ७ अर्ब ७५ करोड थप रकम सरकारसँग मागेको छ । सबैतिरबाट समयमै काम भए आगामी वर्ष धानको सिजनमा मलको समस्या नहुने कार्कीको दाबी छ ।

भारतसँग भएको सम्झौताअनुसार ५ वर्षका लागि भारत आफूले तेस्रो मुलुकबाट किनेकै मूल्यमा नेपाललाई तोकिएको अनुपातमा मल दिनेछ । सम्झौताअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग किन्न पाउनेछ ।इकान्तिपुर बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg