Wednesday, 08 May, 2024
कृषि

बिपन्न एकल महिलाहरुलाई व्यावसायिक बाख्रा तालिम सहित बीउ बाख्रा वितरण ।

FB_IMG_1687617787727-1687617839.jpg

थाहा नगरपालिका महिला बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा नगर स्तरीय बिपन्न एकल महिलाहरुलाई चार दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ।
थाहाको विकास घरमा ६ असार देखि ९ गतेसम्म भएको तालिममको आज एक समारोह बिच समापन गरिएको छ।
सामाजिक बिकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा तालिममा सहभागी महिलाहरुलाई बीउ बाख्रा समेत वितरण गरियको थियो।
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै वडा नंं ४ का वडा अध्यक्ष नारायण लामाले एकल महिलाको जिविकोपार्जन र आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले थाहा नगरका २४ जना  एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको बताए । थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले अति बिपन्न एकल महिलाको आयआर्जन मा सघाउ पुगोस, र उनिहरु क्रमिक रुपमा जिविकोपार्जनकालागि बाख्रा पालनमा संलग्न होउन भनेर बाख्रा बितरण गरेको बताउदै  उहाँहरुले राम्रारी पालेर बाख्रा बढाउनुु हुनेछ भन्ने आशा व्यक्त गरे। 
कार्यक्रममा पशु शाखा प्रमुख राघवेन्द्र मिश्र,रुप्से किटेनी टोल विकास संस्थाका अध्यक्ष गणेश लामा,देउखेल सहरी स्वास्थ्य केन्द्रका नेमराज थिङ,पशु प्राविधिक रुपेश कुमार मिश्र लगायतका उपस्थिती रहेको थियो।
 थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप भएको कार्यक्रममा चार दिन सम्म व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम समेत दिइएको थियो।

 

FB_IMG_1687617792854-1687617840.jpg

world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...