pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।

FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर।
थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक, भव्य महागंगा आरती, भक्ति संगीत तथा आध्यात्मिक प्रवचनसहित विविध धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
बिश्वको पवित्र ३ शंखमुल मध्य एकको  रूपमा परिचित शंखमूल त्रिवेणी मोक्षधामलाई धार्मिक आस्था, तपस्या, ध्यान र मोक्ष प्राप्तिको पावन तीर्थस्थलका रूपमा लिइन्छ। पछिल्ला दिनहरुमा यहाँ नियमित गंगा आरती, धार्मिक अनुष्ठान तथा आध्यात्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्, जसले यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा समेत स्थापित गर्दै लगेको छ।
कार्यक्रममा श्री १००८ स्वामी चतुर्भुजाचार्य चूडामणिजी महाराजको मुखारविन्दबाट विशेष आध्यात्मिक प्रवचन हुने आयोजक मोक्षधाम शंखमूल नेपालले जनाएको छ। यस अवसरमा १०८ शंखधाराबाट जलअभिषेक, भजन–कीर्तन, सम्मान कार्यक्रम तथा भव्य महागंगा आरती गरिनेछ। बेलुका प्रसाद वितरणको व्यवस्था समेत गरिएको छ।
कार्यक्रमको तयारीलाई व्यवस्थित बनाउन आयोजकले महागंगा आरती व्यवस्थापन, पूजा व्यवस्थापन, स्वयंसेवक परिचालन, सरसफाइ, सुरक्षा, अतिथि सत्कार, प्रचार–प्रसार तथा प्रसाद  व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्दै तीव्र रूपमा तयारी अघि बढाएको जनाएको छ।
यसैबीच, साउन १२ गते बिहान ७ बजे दामन बजारबाट ऋषेश्वर मन्दिरसम्म "आरोग्य पदयात्रा" आयोजना गरिने भएको छ। स्वस्थ जीवनशैली, धार्मिक पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शंखमूल त्रिवेणी मोक्षधामलाई धार्मिक तथा पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार निरन्तर सहयोगी रहेको बताउँदै, "महागंगा आरती र आरोग्य पदयात्राजस्ता कार्यक्रमले धार्मिक आस्था, स्वास्थ्य सचेतना र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने भएकाले सबै नगरवासी तथा धर्मप्रेमीलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध  गर्नुभएको छ।
कार्यक्रमको अवसरमा थाहानगरको शिखरकोटबाट पैदलयात्रा कार्यक्रम राखिएको छ । ‘आरोग्य पैदलयात्रा’ नाम दिइएको उक्त यात्रा शिखरकोटहुँदै शंखमूलसम्म पुग्ने संस्थाका अध्यक्ष गुप्त बहादुर कार्कीले जानकारी दिए । शंखमूलमा निर्माण भएको धारा स्थानीयले स्वतःस्फूर्त रुपमा दान गरेका हुन् । धारा निर्माणका लागि मोक्षधाम शंखमूल नेपाल संस्थाले प्रति धाराको दर तोकेर रकम संकलन गरेको थियो । अध्यक्ष कार्कीले भने–‘प्रत्येक धारामा स्थानीयको लगानी छ, संस्थाले त सहजकिरण मात्र गरेका हौ ।’ शंखधाराका लागि धेरैले सहयोग गर्ने इच्छा राखेकाको भएपनि धारा १०८ मात्र शंखधारा बनाउने योजना भएकाले सबैको सहयोग लिन नसकिएको अध्यक्ष कार्कीले बताए ।
शंखधाराको उद्घाटनका अवसरमा धाराका लागि सहयोग गर्ने सबै दातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । सो अवसरमा शंखमूलमा भजनकीतृन, गंगा आरतीसहित प्रसाद वितरणसम्मको कार्यक्रम रहेको संस्थाका सचिव अनिल लामिछानेले जानकारी दिए । कार्यक्रमको अवसरमा एमआरआर भजन समूहको भजनको कार्यक्रम, धार्मिक प्रवचनसमेत हुने सचिव लामिछानेले बताए ।
हिमवतखण्ड (नेपाल महात्म्य) मा वर्णित पालुङको शंखमूल अत्यन्तै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा उल्लेख गरिएको छ । थाहा नगरपालिका–३ स्थित त्रिवेणी शंखमूललाई स्थानीय धार्मिक परम्परा, गुरु–पुरोहित तथा उपलब्ध ग्रन्थीय सन्दर्भले अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा व्याख्या गरेका गरिएको छ । विशेष गरी यसलाई पशुपति क्षेत्रको शंखमूल तथा भारतको काशीसँग समान आध्यात्मिक महत्व भएको स्थल मानिन्छ ।
धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ । धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका (साविकको पालुङ गाउँ)को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ ।

FB_IMG_1785057117464-1785057230.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...