Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

बागमती प्रदेश भ्रमण बर्ष २०२४ घोषणा

FB_IMG_1704113021420-1704113230.jpg

बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य अनुसार सोमबार पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षको घोषणा गरिएको हो ।

भ्रमण वर्ष घोषणा गर्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने लक्ष्य लिएको बताए । विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य भएको उनले बताए ।

विगतमा कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले पर्यटन व्यवसाय सुस्ताएकाले त्यसलाई गतिशील बनाउन प्रदेश भ्रमण वर्ष कार्यान्वयनबाट सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।

‘भ्रमण वर्षले आनन्द, आतिथ्यता र एकताको साथै कला, संस्कृति, रहन सहन, परम्पराको संरक्षण, सम्वद्र्धन र पर्यटकीयस्थल र सम्भावनाको पहिचान, प्रचार–प्रसार र विकासमा योगदान पु¥याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोगी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मन्त्री महर्जनले भने ।

प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्न भ्रमण वर्ष घोषणा गरिएको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिए ।

वर्षको सुरुवात भएसँगै भ्रमण वर्षको घोषणा गरिएको र केही दिनमा नै औपचारिक कार्यक्रम मार्फत भ्रमण वर्षको कार्यक्रमहरु अघि बढाइने उनले बताए । भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने सचिव रिजालले बताए । भ्रमण वर्ष सफल बनाउन श्रव्य दृश्य सामाग्री उत्पादन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामाग्री उत्पादन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय उनको भनाई छ ।

सचिव रिजालका अनुसार भ्रमण वर्षको अवधिमा मन्त्रालयले भ्रमण वर्षको लोगो, नाराहरु, पर्यटकीय गन्तव्यको विवरण समेटिएको होडिङ बोर्ड लगायतका सामग्रीहरु निर्माण गरिनेछ । बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको नक्सा निर्माण गरी वितरण गर्ने, विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएर पर्यटन प्रवर्द्धनका लागि स्टलहरु राख्ने र प्रदर्शनी गर्ने, विदेशी पाहुना तथा राजदूतहरुलाई बागमती प्रदेश भ्रमण गराउने, विभिन्न पर्यटकीय प्रतियोगिताहरु संचालन गर्ने र सद्भावना दूत नियुक्त गर्ने लगायतका कार्यक्रमहरु भ्रमण वर्षमा संचालन गरिने उनले बताए ।

भ्रमण वर्षको उद्घाटन समारोहमा २० लाख रुपैयाँ, प्रचार प्रसार अन्तर्गत १० लाख ५० हजार रुपैयाँ, अन्य निकायहरुसँगको समन्वयमा पर्यटन प्रवर्द्धनका कार्यक्रम संचालनका लागि ३० लाख रुपैयाँ, पर्यटकीय गन्तव्यको प्रचार प्रसार सामग्री निर्माणका लागि १५ लाख रुपैयाँ, पर्यटन तथा हस्तकलाका सामग्रीहरुको ब्राण्डीङका लागि ५ लाख रुपैयाँ, पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमका लागि ३ लाख रुपैयाँ, कार्यालय तथा अन्य कार्यक्रमका लागि ८ लाख रुपैयाँ भ्रमण वर्षभर खर्च गर्ने तयारी मन्त्रालयले गरेको छ ।

भ्रमण वर्षका लागि बजेट अपुग हुने भएकाले २ करोड रुपैयाँ बढी रकम माग गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरिएको सचिव रिजालले बताए । जस अनुसार विदेशी पाहुना तथा राजदूतको भ्रमणका लागि १० लाख रुपैयाँ, प्रचार प्रसारका लागि २५ लाख रुपैयाँ, स्थान विशेष पर्यटन प्रवर्द्धनका लागि ७५ लाख रुपैयाँ, अन्य प्रवद्र्धनात्मक कार्यका लागि १० लाख रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि काम गरेका व्यक्तिहरुको सम्मानका लागि १५ लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ बढी बजेट माग गरिएको छ ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...