Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

फस्टाउदै थाहाको दामन पालुङमा होमस्टे

Untitled-1-copy-1526191824.jpg

उत्तरी मकवानपुरको दामन पालुङमा होमस्टे व्यावसायिक रुपमा फस्टाउ“दै गएको छ । 
   पछिल्लो समय स्थानिय स्थरको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै आएको होमस्टे व्यावसाय उत्तरी मकवानपुरको चित्लाङमा व्यवसायिक रुपमा सुरुवात भएको लामो समयै भएपनि हाल बज्रवाराही, दामन र पालुङ क्षेत्रमा पनि पनि व्यवसायिक रुपमा सुरु गरिएको छ । हिजो आज ‘होमस्टे’ नया“ पर्यटकीय क्षेत्रभित्र उदाउ“दो छ । नेपाली समाजमा होमस्टेको शुरुवात धेरै पुरानो नभए पनि पर्यटन तथा व्यापारको दुनियाँमा नौलो र सरल व्यवसाय भएको मान्नुपर्छ । ग्रामीण विकासका लागि यो अवधारणाले नयाँ स्वादको पर्यटनको विकास गरिदिए सँगै पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको दामन पालुङमा यसको व्यावसायिक सुरुवात भएको छ । उत्तरी मकवानपुरको पर्यटकिय गन्तब्य बनेको चित्लाङमा दुई दर्जन भन्दा बढी संख्यामा होमस्टे सञ्चालनमा छन् । जो व्यावसायिक रुपमा राम्रो सँग चलेका छन् । विशेष गरि काठमाडौं केन्द्रित आन्तरिक पर्यटकको पहिलो रोजाई चित्लाङका होम स्टे बनेका छन् । काठमाडौ बाट चित्लाङ हुँदै मार्खु–कुलेखानी आउने पर्यटक र काठमाडौंको वाताबरण बाट केहि दिन चिसो र आनन्ददायी मौशममा रमाउन चाहानेहरुका लागि चित्लाङ पहिलो गन्तव्य बने सँगै चन्द्रागिरीको चिसोपनको महशुस गर्दै चित्लाङ हुदै बज्रवाराहीको अवलोकन गर्दै कुन्छाल हुदै दामन पालुङ सिमभञ्ज्याङ सम्मका पर्यटकको आकर्षण दामन पालुङका    होमस्टे बनेको छ । विगत एक वर्ष पालुङको फाँट बजारमा डाँडाघरेबाको होमस्टे व्यावसाय सञ्चालन गर्दै आएका माधव कार्की सामान्य पूँजीबाट व्यवसाय सञ्चालन गरेको भए पनि यस व्यवसायमा आफु उत्साहित भएको बताउँछन् । आफैंले बनाएको घरमा सञ्चालन गरिएको होम स्टेमा एक रातमा १५ जना सम्म बस्न सकिने व्यवस्था भएको होमस्टेमा आफ्नै परिवारका ५ जनाले सञ्चालन गरेको र माशिक २५ देखि ३० हजार नाफा गर्न सफल भएको अनुभव कार्की सँग छ । आन्तरिक र बाह्य गरि मासीक ५०/६० जना होमस्टेमा आउने गरेको र एक जना बराबर एक दिनको सरदर प्याकेज ११ सयमा सेवा दिने गरेको कार्कीको भनाई छ । आउने पर्यटकले स्थानिय गुन्द्रक, सिस्नो, विभिन्न परिकारका ढिंडो मनपराउने भएकाले स्थानिय उत्पादनले बजार पाउने भएकाले होमस्टे व्यावसाय कृषी सँग पनि जोडिएको छ । हाल पालुङको      अंगारेमा जनक हमाल र फाँट बजारमा माधव कार्र्कीले संचालन गरेका होमस्टे प्रति आकर्षित भई अन्य लागि प्रयत्न गरेपनि कसैको साथ सहयोग नपाएका कार्की अहिले सबै उत्साहित हुँदा सहयोग गर्न तयार       रहेका बताउँछन् । 
   सरकारी तवरबाट साथ र सहयोग सहित होमस्टे व्यवसायबाट यस क्षेत्रमा मनग्य पर्यटक भित्र्याउन सकिने होमस्टेको नाममा नाफामुखी होटल व्यवसाय चलाउनेलाई पछि पार्दै स्थानियपनको आभाष दिदै होमस्टे सञ्चालन गर्न सके समग्र थाहा नगरको पर्यटन प्रवद्धनमा टेवा पुग्नेछ । 
   उत्तरी मकवानपुरको थाहानगरपालिकामा पर्ने कुईभिर रक क्लाईम्बियकोलागि नेपालकै उत्कृष्ट भएको पर्यटन व्यवसायीको एक अध्ययनले निष्कर्ष निकालेको छ । देशमा रहेका रक क्लाइम्बिङहरु सञ्चालनमा रहेका स्थान मध्ये कुईभिर सबैभन्दा उत्कृष्ट रहेको ठम्याई भएकाले उक्त स्थानमा पुर्वाधार निर्माणको सम्भाव्यता अध्ययन भईरहेको पनि पर्यटन व्यावसायीको भनाई छ । कुईभिरलाई सरकारी तवरबाट पनि रक क्लाईम्बियको गन्तब्य बनाउन सके यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा निकै ठूलो उपलब्धी हुनेछ । जसका कारण यस क्षेत्रमा होटल व्यावसाय र होम स्टे व्यवसाय फस्टाउनुका साथै पहिचान पनि राष्ट्रिय तथा अन्तराष्ट्रसम्म पुग्ने विश्वास पर्यटन व्यवसायीको छ ।   
   दामन कुलेखानी लालीगुरास पैदल मार्गको प्रचार प्रसार र यस क्षेत्रका धार्मिक ऐतिहा“सिक महत्वका पुरातात्विक संरचना, कुन्छालको सुन्दरता र दामन सिमभन्ज्याङको चिसोमा हेटौंडा र काठमाडौंका आन्तरिक पर्यटकको गन्तब्य र त्रिभुवन राजपथ प्रयोग गर्ने भारतिय पर्यटक र भौगोलिक सुन्दरताले तान्ने बाह्य पर्यटक सबैको गन्तब्य यस क्षेत्रमा कृषी पर्यटन सबैभन्दा आकर्षक हुने देखिन्छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...