gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
पर्यटन

फस्टाउदै थाहाको दामन पालुङमा होमस्टे

Untitled-1-copy-1526191824.jpg

उत्तरी मकवानपुरको दामन पालुङमा होमस्टे व्यावसायिक रुपमा फस्टाउ“दै गएको छ । 
   पछिल्लो समय स्थानिय स्थरको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै आएको होमस्टे व्यावसाय उत्तरी मकवानपुरको चित्लाङमा व्यवसायिक रुपमा सुरुवात भएको लामो समयै भएपनि हाल बज्रवाराही, दामन र पालुङ क्षेत्रमा पनि पनि व्यवसायिक रुपमा सुरु गरिएको छ । हिजो आज ‘होमस्टे’ नया“ पर्यटकीय क्षेत्रभित्र उदाउ“दो छ । नेपाली समाजमा होमस्टेको शुरुवात धेरै पुरानो नभए पनि पर्यटन तथा व्यापारको दुनियाँमा नौलो र सरल व्यवसाय भएको मान्नुपर्छ । ग्रामीण विकासका लागि यो अवधारणाले नयाँ स्वादको पर्यटनको विकास गरिदिए सँगै पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको दामन पालुङमा यसको व्यावसायिक सुरुवात भएको छ । उत्तरी मकवानपुरको पर्यटकिय गन्तब्य बनेको चित्लाङमा दुई दर्जन भन्दा बढी संख्यामा होमस्टे सञ्चालनमा छन् । जो व्यावसायिक रुपमा राम्रो सँग चलेका छन् । विशेष गरि काठमाडौं केन्द्रित आन्तरिक पर्यटकको पहिलो रोजाई चित्लाङका होम स्टे बनेका छन् । काठमाडौ बाट चित्लाङ हुँदै मार्खु–कुलेखानी आउने पर्यटक र काठमाडौंको वाताबरण बाट केहि दिन चिसो र आनन्ददायी मौशममा रमाउन चाहानेहरुका लागि चित्लाङ पहिलो गन्तव्य बने सँगै चन्द्रागिरीको चिसोपनको महशुस गर्दै चित्लाङ हुदै बज्रवाराहीको अवलोकन गर्दै कुन्छाल हुदै दामन पालुङ सिमभञ्ज्याङ सम्मका पर्यटकको आकर्षण दामन पालुङका    होमस्टे बनेको छ । विगत एक वर्ष पालुङको फाँट बजारमा डाँडाघरेबाको होमस्टे व्यावसाय सञ्चालन गर्दै आएका माधव कार्की सामान्य पूँजीबाट व्यवसाय सञ्चालन गरेको भए पनि यस व्यवसायमा आफु उत्साहित भएको बताउँछन् । आफैंले बनाएको घरमा सञ्चालन गरिएको होम स्टेमा एक रातमा १५ जना सम्म बस्न सकिने व्यवस्था भएको होमस्टेमा आफ्नै परिवारका ५ जनाले सञ्चालन गरेको र माशिक २५ देखि ३० हजार नाफा गर्न सफल भएको अनुभव कार्की सँग छ । आन्तरिक र बाह्य गरि मासीक ५०/६० जना होमस्टेमा आउने गरेको र एक जना बराबर एक दिनको सरदर प्याकेज ११ सयमा सेवा दिने गरेको कार्कीको भनाई छ । आउने पर्यटकले स्थानिय गुन्द्रक, सिस्नो, विभिन्न परिकारका ढिंडो मनपराउने भएकाले स्थानिय उत्पादनले बजार पाउने भएकाले होमस्टे व्यावसाय कृषी सँग पनि जोडिएको छ । हाल पालुङको      अंगारेमा जनक हमाल र फाँट बजारमा माधव कार्र्कीले संचालन गरेका होमस्टे प्रति आकर्षित भई अन्य लागि प्रयत्न गरेपनि कसैको साथ सहयोग नपाएका कार्की अहिले सबै उत्साहित हुँदा सहयोग गर्न तयार       रहेका बताउँछन् । 
   सरकारी तवरबाट साथ र सहयोग सहित होमस्टे व्यवसायबाट यस क्षेत्रमा मनग्य पर्यटक भित्र्याउन सकिने होमस्टेको नाममा नाफामुखी होटल व्यवसाय चलाउनेलाई पछि पार्दै स्थानियपनको आभाष दिदै होमस्टे सञ्चालन गर्न सके समग्र थाहा नगरको पर्यटन प्रवद्धनमा टेवा पुग्नेछ । 
   उत्तरी मकवानपुरको थाहानगरपालिकामा पर्ने कुईभिर रक क्लाईम्बियकोलागि नेपालकै उत्कृष्ट भएको पर्यटन व्यवसायीको एक अध्ययनले निष्कर्ष निकालेको छ । देशमा रहेका रक क्लाइम्बिङहरु सञ्चालनमा रहेका स्थान मध्ये कुईभिर सबैभन्दा उत्कृष्ट रहेको ठम्याई भएकाले उक्त स्थानमा पुर्वाधार निर्माणको सम्भाव्यता अध्ययन भईरहेको पनि पर्यटन व्यावसायीको भनाई छ । कुईभिरलाई सरकारी तवरबाट पनि रक क्लाईम्बियको गन्तब्य बनाउन सके यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा निकै ठूलो उपलब्धी हुनेछ । जसका कारण यस क्षेत्रमा होटल व्यावसाय र होम स्टे व्यवसाय फस्टाउनुका साथै पहिचान पनि राष्ट्रिय तथा अन्तराष्ट्रसम्म पुग्ने विश्वास पर्यटन व्यवसायीको छ ।   
   दामन कुलेखानी लालीगुरास पैदल मार्गको प्रचार प्रसार र यस क्षेत्रका धार्मिक ऐतिहा“सिक महत्वका पुरातात्विक संरचना, कुन्छालको सुन्दरता र दामन सिमभन्ज्याङको चिसोमा हेटौंडा र काठमाडौंका आन्तरिक पर्यटकको गन्तब्य र त्रिभुवन राजपथ प्रयोग गर्ने भारतिय पर्यटक र भौगोलिक सुन्दरताले तान्ने बाह्य पर्यटक सबैको गन्तब्य यस क्षेत्रमा कृषी पर्यटन सबैभन्दा आकर्षक हुने देखिन्छ । 


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...