pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

प्रदेश को राजधानीको विषय मा बोल्न मिल्दैन - मुख्य मन्त्री पौडेल

     -शम्भु अभिकारि     

  तीन नम्बर प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विेषय मा प्रदेश सभामा छलफल चलिरहेकोले राजधानी कहाँ हुन्छ भन्ने विषयमा आफुले अहिले केही बोल्न नमिल्ने ३ न प्रदेश का मुख्यमन्त्री डोरमणी पौडेल ले बताएका छ्न।

आज थाहा नगरको बज्रबाराही मा सुरु भएको टिस्टुङ महोत्सवको उद्द्घाटन समारोह लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल ले सो कुरा बताएका हुन। वहाँ ले घुमाउरो पारामा अस्थायी राजधानी हेटौंडा लाइनै स्थायी राजधानी बनाउनुपर्ने बताएपनी खुलेरै औपचारिक रुपमा केही बोल्न नमिल्ने भन्दै पन्छिनु भयो।अधिकान्स अगाडि का बक्ता ले स्थायी राजधानीको बारेमा कि हेटौंडा र बैकल्पिक मा थाहानगरको नाम लिएपछी मुख्यमन्त्री पौडेल ले सो कुरा बताएका हुन ।टिस्टुङ महोत्सवको सफलताको शुभकामना मन्तव्य दिदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार यसक्षत्र को बिकासको लागि संबेदनसिल रहेको प्रष्ट पार्दै भबिस्यमा हामिले कल्पना गरेको भन्दा सुन्दर नगर हुने बताउदै तेसका लागि मुखले बोलेरमात्र यसस्थानको बिकास नहुने यसका लागि हामी सबै उत्पादनमुलक कार्यमा लाग्नुपर्ने बताउनुभयो ।साथै वहाले सात महिने शिशुलाई हिड्न जानेन भन्नू र प्रदेश सरकार ले काम गरेन भन्नू मुर्खता मात्र भएको बताउदै हाल कानुन र योजना द्रुत गतिमा बनिरहेको बताउदै अबको छ महिना भित्र सरकार प्रदेश ३ को बिकास को स्पष्ट खाका लिएर आउने बताउनुभयो साथै वहाँ ले कुन्छाल कुलेखानी ,थानकोट चित्लाङ सडक को सतरोन्न्ती एक बर्ष भित्र पूरा गरिसक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो

  महोत्सव सफलताको शुभकामना दिदै अर्का बक्ता मध्यनेपाल पर्यटन ब्याबसायी महासङका अध्यक्ष अनन्त पौडेलले पर्यटकीय गन्तव्य र क्षेत्र को पहिचान हुँदै गइरहेको ले हामिले पर्यटकको आबस्यकता र सुरक्षा को प्रत्याभूति दिनुपर्नेमा जोड दिदै यस्को लागि टिस्टुङ महोत्सवले केही योगदान दिनेमा आफू बिश्वास रहेको बताउनुभयो । त्यसैगरी थाहानगरपालिका का प्रमुख लबसेर बिस्ट ले अहिले मेला र महोत्सव बदनामिको दिशामा उन्मुख भैरहेको भन्दै महोत्सव ले आफ्नै मौलिकता लाई ध्यान दिनुपर्ने मा जोड दिनुभयो साथै वहाँ ले ब्यापार को नाम मा ठेकेदार र व्यापारी ले गर्ने महोत्सव लाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।फरक प्रसङ्ग मा प्रमुख बिस्ट ले प्रदेस राजधानी को लागि थाहा नगर उपयुक्त भएकोले यो कुरा प्रदेश सरकार ले अगाडि सार्न आग्रह पनि गर्नु भयो। त्यसैगरी जिल्ला समन्वय समिती मकवानपुरका सभापति रघुनाथ खुलालले अब स्थानीय चिज बस्तुको प्रबर्द्धन नहुने भए जिल्लामा महोत्सव हुन नदिने बताउनु भयो ।त्यसैगरी साम्सद बिरोध खतिवडा ले हामी बिकास को नाम मा पुराना कुरा मास्दै गैरहेकोले यस्ता कुरा जोगाउन पनि यस्ता महोत्सवको अहम भुमिका रहने बताउदै फास्ट ट्र्याकलाई कुलेखानी जोड्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

 कार्यक्रममा बिशिस्ट अतिथी तथा प्रतायोजन तथा सरकारी आश्वासन समिती का सभापति रामनारायण बिडारीले गज्ज्ब को जातीय तथा सास्कृतिक सद्भाव रहेको स्थान टिस्टुङ रहेकोले यो बज्रबाराही नै मुख्री टिस्टुङ र हाल को टिस्टुङ मेत्राङ रहेकोले दुबैलाइ आफ्नै नामको पहिचान सङ जोड्नुपर्ने बताउदै अब यश क्षेत्रको बिकास को लागि प्रदेश सरकार र स्थानीय सरकार कम्मर कसेर लाग्न आग्रह गर्नुभयो।साथै वहाँले प्रदेश राजधानी हेटौंडा नहुने भए थाहा नगरलाइ बिकल्पको रुपमा अगाडि सार्दै यस्को लागि केन्द्र सरकार र प्रदेश सरकार सङ लड्न आफू तयार रहेको बताउनु भयो

टिस्टुङ महोत्सव मुल आयोजक समितीका अध्यक्ष इन्द्र बा श्रेष्ठ को सभापतित्वमा भएको समारोहमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ ,जनकलाकार जे बि टुहुरे,पर्यटनबिद तारालाल श्रेष्ठ ,थाहा नगरका उपमेयर खड्क गोपाली ,इन्द्रसरोबर गाउपालिकाका अध्यक्ष जीवन लामा ,होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्मा,नेपाल पत्रकार महासङ ३ न प्रदेश अध्यक्ष प्रताप बिस्ट,पत्रकार महासङ काठमाडौका सभापति सन्तराम बिडारी ,पर्यटनबिद भुबन प्रकाश बिस्ट ,थाहानगर का १२ वटै वडा का जनप्रतिनिधि लगाएत का उपस्थित रहेको थियो ।उद्घाटन समारोहमा पत्रकार रामजी बलामी द्द्वारा लिखित पुस्तक टिस्टुङ चिनारी को बिमोचन गरिएको थियो ।

चार दिन सम्म चल्ने महोत्सव मा टिस्टुङ लाई चिनाउने र प्रबन्धक गर्ने स्टल सहित १६० वटा स्टल रहेका छ्न जहाँ विभिन्न मौलिक तथा कृषि उपज सहित खाना,बैंक लगाएत का स्तल रहेका छ्न भने स्थानीय तथा रास्ट्रीय कलाकार हरुको प्रस्तुति रहने महोत्सव लाई चार दिन मा ५० हजार अवलोकनकर्ता ले अबलोकन गर्ने लक्ष्य लिइएको छ ।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...