Monday, 29 Apr, 2024
पर्यटन

पुरानै लयमा फर्कदै थाहानगरको पर्यटन

newsssssssssssssss-1604318965.jpg

केही दिनदेखि मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खु, चित्लाङ, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन, पालुङ क्षेत्रमा पर्यटकको घुइँचो बढ्न थालेका छन् । पर्यटकको संख्या बढेसँगै होटल व्यवसायीहरु उत्साहित बनेका छन् । लामो समयदेखि व्यापार ठप्प रहेको व्यवसाय केही दिनदेखि घुम्न र बास बस्न आउनेको संख्या बढेको थाहा नगरपालिका–९ चित्लाङमा रहेको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताउनु भयो । 

‘अहिले शुक्रबारको दिन ५०–६० जनासम्म बास बस्न आउँछन् । अरु दिन पनि फाट्टफुट्ट घुम्न आइरहेका छन्’, नेपालले भन्नुभयो । कोरोना संक्रमण फैलने डरले आफूहरुले स्वास्थ्य सुरक्षामा पनि ध्यान दिइएको उनहाँले बताउनुभयो । ‘गाउँ वरिपरीको सौन्दर्य देखाइन्छ । संक्रमणको डरले पर्यटकहरुलाई गाउँको मुख्यभागमा घुमाउन लैजाने गरिएको छैन । रिसोर्टमा पनि विशेष स्वास्थ्य सावधानी अपनाइन्छ’ उहाँले भन्नुभयो ।

चित्लाङमा विशेष गरी काठमाडौंबाट आउने पर्यटकको संख्या बढी छ । परिवारसहित एक रात बिताउने गरी चित्लाङमा काठमाडौं र हेटौंडाबाट पर्यटक आउने गरेको होटल व्यवसायीहरु बताउँछन् । चित्लाङमा हाल दुइवटा रिसोर्ट र करिब डेढ दर्जन होमस्टे सञ्चालनमा रहेका छन् ।

त्यस्तै थाहा नगरस्थित दामन पालुङ क्षेत्रमा पनि पर्यटकको आवागमन बढेको छ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै खाने र घुम्नको लागि आउनेको संख्या बढेको थाहा नगर होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनुभयो । ‘दसैंअघिसम्म त व्यापार ठप्पै थियो । दसैंको बिदा परेको कारणले पनि होला । केहीदिनदेखि घुम्न आउनेहरु बढेका छन् । यही हिसाबले पर्यटक बढ्दै गए व्यवसाय पुनः तग्रिंन्थ्यो’ खत्रीले भन्नभुयो । थाहानगर को सिमभन्ज्याङ, दामन, पालुङ र चित्लाङमा गरी एक सय ३३ वटा होटल तथा लजहरु एशोसिएसनमा आवद्ध छन् ।

कोरोना महामारी सुरु भएसँगै होटलहरु घाटामै थिए । पर्यटकको चाप बढ्न थालेपछि पुरानै लयमा व्यवसाय फर्कनेमा उनीहरु आशाबादी बनेका छन् ।

त्यस्तै गत चैत ११ गतेबाट भएको लकडाउनयता बन्द भएको डुङ्गा शयर पुनः सुरु गरिएको छ । थााहापाटी श्रोतका अनुसार ईन्द्रसरोबर गाउँपालिका–१ मार्खुस्थित ईन्द्रसरोबर तालमा तीनदिनअघिदेखि डुङ्गा चलाउन थालिएको हो ।

दसैंको अवधिमा पर्यटक ह्वात्तै बढेसँगै डुङ्गा चलाउन थालिएको इन्द्रसरोबर डुङ्गा व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर भोम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दिनमै ८ सय देखि ९ सय जनासम्म डुङ्गा चढ्न आउने गरेका छन् । ‘दसैंको बेला काठमाडौंबाट धेरै मानिसहरु घुम्न आउन थालेपछि हामीले डुङ्गा चलाउन थालेका हौं । अहिले दिनमै ८–९ सय जनाले डुङ्गा चढिरहेका छन् ।’, उनले केहिदिन यता दैनिक जसो डुङ्गा चढ्नेहरुबाट ७० हजार रुपैयाँको हाराहारीमा आम्दानी भइरहेको बताए । ‘डुङ्गा व्यवसाय त एकाएक पुरानै अवस्थामा फर्किएको छ ।’ भोम्जनले हाल तालममा १० सिटको २ वटा र ३ सिटको एउटा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...