Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

पुरानै लयमा फर्कदै थाहानगरको पर्यटन

newsssssssssssssss-1604318965.jpg

केही दिनदेखि मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खु, चित्लाङ, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन, पालुङ क्षेत्रमा पर्यटकको घुइँचो बढ्न थालेका छन् । पर्यटकको संख्या बढेसँगै होटल व्यवसायीहरु उत्साहित बनेका छन् । लामो समयदेखि व्यापार ठप्प रहेको व्यवसाय केही दिनदेखि घुम्न र बास बस्न आउनेको संख्या बढेको थाहा नगरपालिका–९ चित्लाङमा रहेको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताउनु भयो । 

‘अहिले शुक्रबारको दिन ५०–६० जनासम्म बास बस्न आउँछन् । अरु दिन पनि फाट्टफुट्ट घुम्न आइरहेका छन्’, नेपालले भन्नुभयो । कोरोना संक्रमण फैलने डरले आफूहरुले स्वास्थ्य सुरक्षामा पनि ध्यान दिइएको उनहाँले बताउनुभयो । ‘गाउँ वरिपरीको सौन्दर्य देखाइन्छ । संक्रमणको डरले पर्यटकहरुलाई गाउँको मुख्यभागमा घुमाउन लैजाने गरिएको छैन । रिसोर्टमा पनि विशेष स्वास्थ्य सावधानी अपनाइन्छ’ उहाँले भन्नुभयो ।

चित्लाङमा विशेष गरी काठमाडौंबाट आउने पर्यटकको संख्या बढी छ । परिवारसहित एक रात बिताउने गरी चित्लाङमा काठमाडौं र हेटौंडाबाट पर्यटक आउने गरेको होटल व्यवसायीहरु बताउँछन् । चित्लाङमा हाल दुइवटा रिसोर्ट र करिब डेढ दर्जन होमस्टे सञ्चालनमा रहेका छन् ।

त्यस्तै थाहा नगरस्थित दामन पालुङ क्षेत्रमा पनि पर्यटकको आवागमन बढेको छ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै खाने र घुम्नको लागि आउनेको संख्या बढेको थाहा नगर होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनुभयो । ‘दसैंअघिसम्म त व्यापार ठप्पै थियो । दसैंको बिदा परेको कारणले पनि होला । केहीदिनदेखि घुम्न आउनेहरु बढेका छन् । यही हिसाबले पर्यटक बढ्दै गए व्यवसाय पुनः तग्रिंन्थ्यो’ खत्रीले भन्नभुयो । थाहानगर को सिमभन्ज्याङ, दामन, पालुङ र चित्लाङमा गरी एक सय ३३ वटा होटल तथा लजहरु एशोसिएसनमा आवद्ध छन् ।

कोरोना महामारी सुरु भएसँगै होटलहरु घाटामै थिए । पर्यटकको चाप बढ्न थालेपछि पुरानै लयमा व्यवसाय फर्कनेमा उनीहरु आशाबादी बनेका छन् ।

त्यस्तै गत चैत ११ गतेबाट भएको लकडाउनयता बन्द भएको डुङ्गा शयर पुनः सुरु गरिएको छ । थााहापाटी श्रोतका अनुसार ईन्द्रसरोबर गाउँपालिका–१ मार्खुस्थित ईन्द्रसरोबर तालमा तीनदिनअघिदेखि डुङ्गा चलाउन थालिएको हो ।

दसैंको अवधिमा पर्यटक ह्वात्तै बढेसँगै डुङ्गा चलाउन थालिएको इन्द्रसरोबर डुङ्गा व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर भोम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दिनमै ८ सय देखि ९ सय जनासम्म डुङ्गा चढ्न आउने गरेका छन् । ‘दसैंको बेला काठमाडौंबाट धेरै मानिसहरु घुम्न आउन थालेपछि हामीले डुङ्गा चलाउन थालेका हौं । अहिले दिनमै ८–९ सय जनाले डुङ्गा चढिरहेका छन् ।’, उनले केहिदिन यता दैनिक जसो डुङ्गा चढ्नेहरुबाट ७० हजार रुपैयाँको हाराहारीमा आम्दानी भइरहेको बताए । ‘डुङ्गा व्यवसाय त एकाएक पुरानै अवस्थामा फर्किएको छ ।’ भोम्जनले हाल तालममा १० सिटको २ वटा र ३ सिटको एउटा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...