Tuesday, 30 Apr, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको हेटौंडामा प्रतिनिधिमुलक साधारणसभा सम्पन्न

FB_IMG_1702740599590-1702740633.jpg

थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीले बताए ।

शनिबार भएको सहकारीको हेटौंडा सेवा केन्द्रको २४ औँ प्रतिनिधिमूलक साधारण सभामा कार्यवहाक अध्यक्ष रायमाझीले शेयर सदस्यमाझ वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको सहकारीको व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धि गरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ ।

संस्थाको आफ्नै स्वामित्वको जमिनमा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीहरुका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यहरुलाई सुपथ मूल्यमा गुणस्तरीय बेर्ना तयार गरी उपलब्ध गराउँदा कृषक सदस्यहरु लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए । यही पुस ९ गते पालुङ बहुउद्देश्यीय सहकारी संस्था २५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले रजत जयन्तीको कार्यक्रम
सञ्चालन गर्ने छ ।

पुस ९ गते सहकारीको आफ्नै भवनमा हुन लागेको साधारण सभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यवहाक अध्यक्ष सर्मिला डंगोलले बाहिरबाट आएको सहकारी संस्था पलायन हुने भएकोले स्थानीय तहबाट सञ्चालन भएको सहकारीमा पलायन हुने कुरामा डराउनु नपर्ने बताइन् ।

सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद् प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सर्मिला डंगोललगायतको आतिथ्यता रहेको थियो


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...