pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको हेटौंडामा प्रतिनिधिमुलक साधारणसभा सम्पन्न

FB_IMG_1702740599590-1702740633.jpg

थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीले बताए ।

शनिबार भएको सहकारीको हेटौंडा सेवा केन्द्रको २४ औँ प्रतिनिधिमूलक साधारण सभामा कार्यवहाक अध्यक्ष रायमाझीले शेयर सदस्यमाझ वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको सहकारीको व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धि गरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ ।

संस्थाको आफ्नै स्वामित्वको जमिनमा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीहरुका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यहरुलाई सुपथ मूल्यमा गुणस्तरीय बेर्ना तयार गरी उपलब्ध गराउँदा कृषक सदस्यहरु लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए । यही पुस ९ गते पालुङ बहुउद्देश्यीय सहकारी संस्था २५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले रजत जयन्तीको कार्यक्रम
सञ्चालन गर्ने छ ।

पुस ९ गते सहकारीको आफ्नै भवनमा हुन लागेको साधारण सभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यवहाक अध्यक्ष सर्मिला डंगोलले बाहिरबाट आएको सहकारी संस्था पलायन हुने भएकोले स्थानीय तहबाट सञ्चालन भएको सहकारीमा पलायन हुने कुरामा डराउनु नपर्ने बताइन् ।

सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद् प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सर्मिला डंगोललगायतको आतिथ्यता रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...