bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

पर्यटन

पालुङ-आग्रा पैदलयात्रा:- पर्यटकको रोजाईको मार्ग बन्दै।

FB_IMG_1691250022615-1691250047.jpg

फोटो : गणेश बिष्ट

थाहानगरमा पैदलयात्री पर्यटकहरु भित्रने क्रममा वृद्धि भएको छ । नगरको वडा नम्बर २, ३ र ७ नम्बर वडा क्षेत्रमा पर्ने ‘पालुङ–आग्रा पैदलमार्ग’मा केही समयदेखि पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । प्रायः विदाका दिन शनिबार यस पैदलमार्गमा पर्यटकहरुको आवागमन हुने गरेको डाँडाघरे बा को होमस्टे संचालक माधव कार्कीले जानकारी दिए ।

‘पालुङ–आग्रा पैदलमार्ग’को वेशक्याम्पकै रुपमा रहेको यस होमस्टेले पनि पैदलमार्गीहरुलाई थप उत्साहित बनाउँदै आएको सहभागीहरुको प्रतिक्रिया छ । थाहा नगरपालिका वडा नम्बर ७ स्थित उनीउ चौरको प्राकृतिक मनोरमतालाई जोडेर यस मार्गमा पर्यटकहरुको आकर्षण बढ्न थालेको हो । केही सातादेखि हप्तैपिच्छे यस रुटमा पर्यटकहरु घुम्न आउने गरेका छन् २० साउनमा पनि द वाकर्स टिम काठमाण्डौंबाट एक टोली घुम्न आएको स्थानीय गणेश विष्टले जानकारी दिए । काठमाण्डौंका २४ र स्थानीयसहित ३२ जना उक्त ‘पालुङ–आग्रा पैदलमार्ग’मा आज यात्रा गरेको विष्टको भनाइ छ ।

पैदलमार्ग रुटमा थाहा नगरपालिकाको शिखरकोट स्थित रुपचन्द्र विष्टको पूर्णकदको शालिक, विकास घर, गोपाली गाउँ, गोरखनाथ मन्दिर, शंखमूल त्रिवेणी, पालुङ शहर, पाण्डुकेश्वर मिन्दर हुँदै रुटको वेश क्याम्प डाँडाघरे बा को होमस्टे पुगिन्छ । होमस्टेबाट नजिकैको पाथीभरा मन्दिर, पालुङगढी, हुँदै उनीउचौर तथा डाँडाबास पार्क पुग्ने प्राकृतिक मनोरमता सहितको रुट रहेको छ । डाँडाबासमा स्थानीय रोजाइ होमस्टे सहित अन्य थुप्रै होटल तथा पसलहरु रहेका छन् । यस पैदलमार्ग अन्तर्गत शिखरकोटबाट पैदलयात्रा गरी उनीउचौर पुग्न सकिन्छ भने डाँडाबासको आग्राबाट उनीचौर हुँदै पालुङसम्म पनि आउन सकिन्छ । २० साउनमा भने पैदलमार्गमा आएका पर्यटकहरु डाँडाबासबाट पालुङतर्फ आएका थिए।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...