pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

पालुङ-आग्रा पैदलयात्रा:- पर्यटकको रोजाईको मार्ग बन्दै।

FB_IMG_1691250022615-1691250047.jpg

फोटो : गणेश बिष्ट

थाहानगरमा पैदलयात्री पर्यटकहरु भित्रने क्रममा वृद्धि भएको छ । नगरको वडा नम्बर २, ३ र ७ नम्बर वडा क्षेत्रमा पर्ने ‘पालुङ–आग्रा पैदलमार्ग’मा केही समयदेखि पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । प्रायः विदाका दिन शनिबार यस पैदलमार्गमा पर्यटकहरुको आवागमन हुने गरेको डाँडाघरे बा को होमस्टे संचालक माधव कार्कीले जानकारी दिए ।

‘पालुङ–आग्रा पैदलमार्ग’को वेशक्याम्पकै रुपमा रहेको यस होमस्टेले पनि पैदलमार्गीहरुलाई थप उत्साहित बनाउँदै आएको सहभागीहरुको प्रतिक्रिया छ । थाहा नगरपालिका वडा नम्बर ७ स्थित उनीउ चौरको प्राकृतिक मनोरमतालाई जोडेर यस मार्गमा पर्यटकहरुको आकर्षण बढ्न थालेको हो । केही सातादेखि हप्तैपिच्छे यस रुटमा पर्यटकहरु घुम्न आउने गरेका छन् २० साउनमा पनि द वाकर्स टिम काठमाण्डौंबाट एक टोली घुम्न आएको स्थानीय गणेश विष्टले जानकारी दिए । काठमाण्डौंका २४ र स्थानीयसहित ३२ जना उक्त ‘पालुङ–आग्रा पैदलमार्ग’मा आज यात्रा गरेको विष्टको भनाइ छ ।

पैदलमार्ग रुटमा थाहा नगरपालिकाको शिखरकोट स्थित रुपचन्द्र विष्टको पूर्णकदको शालिक, विकास घर, गोपाली गाउँ, गोरखनाथ मन्दिर, शंखमूल त्रिवेणी, पालुङ शहर, पाण्डुकेश्वर मिन्दर हुँदै रुटको वेश क्याम्प डाँडाघरे बा को होमस्टे पुगिन्छ । होमस्टेबाट नजिकैको पाथीभरा मन्दिर, पालुङगढी, हुँदै उनीउचौर तथा डाँडाबास पार्क पुग्ने प्राकृतिक मनोरमता सहितको रुट रहेको छ । डाँडाबासमा स्थानीय रोजाइ होमस्टे सहित अन्य थुप्रै होटल तथा पसलहरु रहेका छन् । यस पैदलमार्ग अन्तर्गत शिखरकोटबाट पैदलयात्रा गरी उनीउचौर पुग्न सकिन्छ भने डाँडाबासको आग्राबाट उनीचौर हुँदै पालुङसम्म पनि आउन सकिन्छ । २० साउनमा भने पैदलमार्गमा आएका पर्यटकहरु डाँडाबासबाट पालुङतर्फ आएका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...