bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

पर्यटन

पालुङ-आग्रा पदयात्रा:-हेटौंडा हाइकर्सको यात्रा अनुभव

FB_IMG_1690906718772-1690906749.jpg

फाेटाे: जाेन पहाडी / राजन कटुवाल

सामाजिक संजाल "बादल वर्षा बिजुली, श्रावण  को पानि" ले ढाकीरहदा हाम्रो मन चाँही श्रावणको पानिले मकवानपुरको डाँडाकाँडामा थपिदिएको सुन्दरताको मज्जा लुट्न लालायित थियो |
यसपालीको पदयात्रा वर्षाले थपिएको हरियालीमा रम्न मात्र सिमित नभई  उत्तरी मकवानपुर बाट आएको निम्तो स्विकार्नु पनि  थियो |
शनिबारे झिसमिसेमा फुसफुसे झरी सँगै उत्साह, जोश र कौतुहलता बोकी नाच्दै, गाउँदै, एक अर्कासंग परिचय साट्दै बाईरोडको बाटोमा धुलो उडाउँदै हामी पालुङ्ग पुग्यौं ।

पालुङ्गमा हामिलाई  स्वागत गर्न स्थानिय युवाहरु कुरिरहनु भएको थियो । उँहाहरु सँग आतिथ्य साट्दै "थाहा" अभियानका अभियन्ता "रुपचन्द्र बिस्ट" को सालिक अगाडी थाहा बारे जानकारी लिदै हामी गोरखनाथ मन्दिर तर्फ लाग्यौं ।


गोरखनाथ मन्दिर दर्शन गरि पालुङ्गको पौरखले फक्रेका खेति अनि हरिया डाँडा र कृषकको मुहारकाे खुसि हेर्दै अगाडी बढिरहँदा हामीले एक्कासी धिमे बाजाको आवाज र उक्त बाजामा उन्मत भएर नाचिरहेका लाखे देख्यौं, अनि हाम्रो स्वागतमा तम्तयार भएर माला,खादा, फुलको थुंगा अनि  खुसि र हर्ष बोकेर बस्नु भएको स्थानिय मन देख्यौं |
माला लगाउँदै, धिमे बाजामा नाच्दै अनि स्थानीय नेवारी परम्परगत सगुन ग्रहण गर्दै हामी पनि लाखे जस्तै उन्मत भएर नाँच्दै उहाँहरु लाइ धन्यवाद भन्दै पाण्डुकेश्वर मन्दिर दर्शन पछि "डाँडाघरे बा"  को हाेमस्टे तर्फ खाना खान अगाडी बढ्यौं, जाँदा जाँदै हाम्रो स्वागतमा स्थानिय महिला पन्चे बाजा टोलिसंग मन भरिने गरि नाँच्याै, अनि डाँडाघरे बा को हाेमस्टेको मिठो भोजन ले पेट पुजा गरी आनन्दित हुँदै हामी उनीउ चौर तिर लाग्यौं ।
छिन मै घाम लाग्ने, छिन मै हुस्सुले ढपक्कै ढाक्ने, छिन मै पानिको छिट्टाले अनुहार छपक्कै भिजाएकाे, अनुभव गर्दै,सबै साथ नाचगान, मिठो मिठो गफ, एक अर्का संग चिनजान , घाँसे मैदान, चिसाे बतास संगै उडेको बादललाई क्यामेरा र मनमा कैद गर्दै अघि बढेका हाम्रा पाइला ठाँउ ठाउँमा बिश्राम गर्दै एक अर्का संग मनोबल साट्दै, लड्दा एक अर्काको हौसला र साथ बन्दै, करिब ४ घण्टामा हामी उनीउ चौर पुग्यौं | 
हामी कस्तो भाग्यमानी, उनीउ चौर पुग्दा ठ्याक्कै बादलुले घुम्टो खोलिन, उनीउ चौर उज्यालो भईन, हरिया पाखा, खुल्ला घाँसे मैदान, मिठो बतास,हरियाे कार्पेट बिच्छायकाे जस्ताे भुमि अनि उडिरहेकाे बादल, लाग्दै थियो "स्वर्ग कतै छ त! यतै छ, यतै छ " क्यामरा र मन भरि उनीउ चौर कैद गर्दै मिठो खाजा खायौं अनि पालुङ्ग,आग्रा र थाहाकाे आत्मिय सत्कारलाई धन्यवाद दिदै हेटौंडा फर्कियौं |

यो पदयात्रा हाम्रा अरु पदयात्रा भन्दा अविष्मरणिय र फरक थियो । किनकि यसपाली हाम्रा पदयात्रीहरु प्रकृति संग मात्र होइन, समुदाय सँग गफ गर्न पाए, रम्न, झुम्न अनि आतिथ्य साट्न पाए, मन भरि प्रकृति र समुदाय को सद्भाव र माँया अंगाल्न पायाैं | धन्यबाद पालुङ्ग 

अनि पालुङ्ग तिमि संधै यस्तै यस्तै प्यारो अनि सुन्दर  हुनु है, आँखा ले खोजिरहने, मन ले सम्झिरहने अनि मस्तिकमा संधै ताजा रहिरहने ....

 

FB_IMG_1690906841119-1690906902.jpg
FB_IMG_1690906830366-1690906902.jpg
FB_IMG_1690906814946-1690906928.jpg
FB_IMG_1690906806973-1690906929.jpg
368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...