pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

पालुङ-आग्रा पदयात्रा:-हेटौंडा हाइकर्सको यात्रा अनुभव

FB_IMG_1690906718772-1690906749.jpg

फाेटाे: जाेन पहाडी / राजन कटुवाल

सामाजिक संजाल "बादल वर्षा बिजुली, श्रावण  को पानि" ले ढाकीरहदा हाम्रो मन चाँही श्रावणको पानिले मकवानपुरको डाँडाकाँडामा थपिदिएको सुन्दरताको मज्जा लुट्न लालायित थियो |
यसपालीको पदयात्रा वर्षाले थपिएको हरियालीमा रम्न मात्र सिमित नभई  उत्तरी मकवानपुर बाट आएको निम्तो स्विकार्नु पनि  थियो |
शनिबारे झिसमिसेमा फुसफुसे झरी सँगै उत्साह, जोश र कौतुहलता बोकी नाच्दै, गाउँदै, एक अर्कासंग परिचय साट्दै बाईरोडको बाटोमा धुलो उडाउँदै हामी पालुङ्ग पुग्यौं ।

पालुङ्गमा हामिलाई  स्वागत गर्न स्थानिय युवाहरु कुरिरहनु भएको थियो । उँहाहरु सँग आतिथ्य साट्दै "थाहा" अभियानका अभियन्ता "रुपचन्द्र बिस्ट" को सालिक अगाडी थाहा बारे जानकारी लिदै हामी गोरखनाथ मन्दिर तर्फ लाग्यौं ।


गोरखनाथ मन्दिर दर्शन गरि पालुङ्गको पौरखले फक्रेका खेति अनि हरिया डाँडा र कृषकको मुहारकाे खुसि हेर्दै अगाडी बढिरहँदा हामीले एक्कासी धिमे बाजाको आवाज र उक्त बाजामा उन्मत भएर नाचिरहेका लाखे देख्यौं, अनि हाम्रो स्वागतमा तम्तयार भएर माला,खादा, फुलको थुंगा अनि  खुसि र हर्ष बोकेर बस्नु भएको स्थानिय मन देख्यौं |
माला लगाउँदै, धिमे बाजामा नाच्दै अनि स्थानीय नेवारी परम्परगत सगुन ग्रहण गर्दै हामी पनि लाखे जस्तै उन्मत भएर नाँच्दै उहाँहरु लाइ धन्यवाद भन्दै पाण्डुकेश्वर मन्दिर दर्शन पछि "डाँडाघरे बा"  को हाेमस्टे तर्फ खाना खान अगाडी बढ्यौं, जाँदा जाँदै हाम्रो स्वागतमा स्थानिय महिला पन्चे बाजा टोलिसंग मन भरिने गरि नाँच्याै, अनि डाँडाघरे बा को हाेमस्टेको मिठो भोजन ले पेट पुजा गरी आनन्दित हुँदै हामी उनीउ चौर तिर लाग्यौं ।
छिन मै घाम लाग्ने, छिन मै हुस्सुले ढपक्कै ढाक्ने, छिन मै पानिको छिट्टाले अनुहार छपक्कै भिजाएकाे, अनुभव गर्दै,सबै साथ नाचगान, मिठो मिठो गफ, एक अर्का संग चिनजान , घाँसे मैदान, चिसाे बतास संगै उडेको बादललाई क्यामेरा र मनमा कैद गर्दै अघि बढेका हाम्रा पाइला ठाँउ ठाउँमा बिश्राम गर्दै एक अर्का संग मनोबल साट्दै, लड्दा एक अर्काको हौसला र साथ बन्दै, करिब ४ घण्टामा हामी उनीउ चौर पुग्यौं | 
हामी कस्तो भाग्यमानी, उनीउ चौर पुग्दा ठ्याक्कै बादलुले घुम्टो खोलिन, उनीउ चौर उज्यालो भईन, हरिया पाखा, खुल्ला घाँसे मैदान, मिठो बतास,हरियाे कार्पेट बिच्छायकाे जस्ताे भुमि अनि उडिरहेकाे बादल, लाग्दै थियो "स्वर्ग कतै छ त! यतै छ, यतै छ " क्यामरा र मन भरि उनीउ चौर कैद गर्दै मिठो खाजा खायौं अनि पालुङ्ग,आग्रा र थाहाकाे आत्मिय सत्कारलाई धन्यवाद दिदै हेटौंडा फर्कियौं |

यो पदयात्रा हाम्रा अरु पदयात्रा भन्दा अविष्मरणिय र फरक थियो । किनकि यसपाली हाम्रा पदयात्रीहरु प्रकृति संग मात्र होइन, समुदाय सँग गफ गर्न पाए, रम्न, झुम्न अनि आतिथ्य साट्न पाए, मन भरि प्रकृति र समुदाय को सद्भाव र माँया अंगाल्न पायाैं | धन्यबाद पालुङ्ग 

अनि पालुङ्ग तिमि संधै यस्तै यस्तै प्यारो अनि सुन्दर  हुनु है, आँखा ले खोजिरहने, मन ले सम्झिरहने अनि मस्तिकमा संधै ताजा रहिरहने ....

 

FB_IMG_1690906841119-1690906902.jpg
FB_IMG_1690906830366-1690906902.jpg
FB_IMG_1690906814946-1690906928.jpg
FB_IMG_1690906806973-1690906929.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...