Monday, 29 Apr, 2024
पर्यटन

पर्यटकको प्रतिक्षामा इन्द्रसरोवर ताल

indrasarobar-1604219540.jpg

तस्वीर : मञ्जरी बलामी

कोरोना भाईरसको समस्या समाधान भएपछि पर्यटक आउने आशामा मकवानपुरका धेरै पर्यटक स्थलका व्यसायीहरु प्रतिक्षा गरिरहेका छन् ।

कोरोना भाईरसको कारण ६ महिनासम्म बन्द रहेको पर्यटक स्थलहरु हाल केहि चहलपल बढ्न थालेको छ । तर, संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दा अन्य व्यवसायमा घाटा पुगेको त छ नै, मकवानपुरको विभिन्न क्षेत्रका पर्यटक स्थलहरुमा समेत नराम्रो असर परेको छ । कोरोना भाईरसबाट जोगिन् मकवानपुरको ईन्द्रसरोवर गाँउपालिकाका स्थानिय बासिन्दाले ६ महिनादेखि माछा बिक्री गरेनन् ।

मत्स्य पालन होटल व्यवासाय र डुङगा सञ्चालनबाट हुने आम्दानीले दैनिक गुजारा गर्दै आएकाहरुलाई यस वर्षको चाडपर्व मनाउन आर्थिक समस्या थपिँदै आएको छ । काठमाण्डौंबाट ४६ किलोमिटरको दुरीमा पर्ने कुलेखानि जलविधुत आयोजनाको ईन्द्रसरोवर मानव निर्मित नेपालकै पहिलो ताल हो । प्राधिकरणले विधुत उत्पदान गर्ने यहि तालमा ईन्द्रसरोवर गाँउपालिकाका किसानले सामुहिक रुपमा माछा पालेर आम्दानी गरिरहेका थिए । माछाका पारखीहरुका लागि रोजाईको गन्तव्य रहेको मार्खुको ईन्द्रसरोवरमा जलविहारको लागि समेत पर्यटकहरुको घुँईचो लाग्ने गर्दथ्यो । भाद्रदेखि मंसिरसम्म भरिभराउ रहने यो तालमा यसपाली कोरोनाले गर्दा जलविहार रोकियो ।

डुङगा व्यवसायी कृष्ण मोतmानका अनुसार, आफु व्यवसायीलाई यो अवधिभर धेरैनै मार परेको गुनासो गरे । लकडाउन अवधिभर व्यवसायमा ३० देखि ४० लाखसम्म घाटा लागेको मोतmानको अनु्मान छ । दशैंको समयमा धेरै पर्यटकहरु आउथे तर, यो पाली भने २५ प्रतिशतपनि नआएको उनले बताए ।

कोरोना भाईरसका कारण पर्यटक नआँउदा यहाँका किसानले उत्पादन गरेका माछा ६ महिनादेखि बिक्री भएका छैनन् । काठमाण्डौंबाट माछा लिन व्यवसायीहरु आँउदा भाईरसको संक्रमण फैलने डरले यहाँका किसानले माछा बिक्री समेत गरेनन् । भिरालो जमिनमा खेतिपाती लगाँउदा, ताल छेउको जमिनमा होटल व्यवसायी सञ्चालन गरेर जिविकोपार्जन गरेका होटल व्यवसायीलाई चाडवाडको बेला आर्थिक अभाव खड्किएको छ ।

होटल व्यवसायी, कृष्णबहादुर श्रेष्ठ बताँउछन्, लकडाउन अवधिभर होटलको काम ठप्प हुँदा आम्दानी हुने बाटो बन्द भएको गुनासो गरे । दशैं जसोतसो मानियो, तर आफुले ईच्छाएको अनुसार दशैं मनाउन नसकेको श्रेष्ठले बताए । आम्दानीको स्रोत होटलमात्रै रहेको कारणले पनि आफु यो समयमा मर्कामा परेको दुखासो गरे । ईन्द्रसरोवर छेउछाउका ३२ घरपरिवार होटल व्यवसायीमै निर्भर रहेका छन् । यहाँका साँढे तीनसय घरपरिवार डुङगा व्यवसायीसंग जोडिएको छन् । जनपत्रबाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...