pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

न्यायिक समितीले तय गर्यो महोत्सवको मिति

-शम्भु अधिकारी

अन्यौलमा रहेको तेस्रो थाहा महोत्सवको मिति आज टुंगिएको छ । आज थाहा नगर नगरकार्यपालिकाको कार्यालयमा भएको त्रीपक्ष छलफल पछि महोत्सव कात्तिक १० देखि १७ गते सम्म गर्ने सहमति भएको छ।

थाहा नगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवको मितिमा असहमति राख्दै आएको थाहा नगर कपडा तथा फेन्सी ब्याबसायि संघ बिचको समन्वय गर्न गठित समितीका सम्योजक तथा न्यायीक समितीका सम्योजक खड्क गोपालीको सम्योजकमा गठित समितीले सरोकारवाला सङ बृहत छलफल गरेर मिति टुङ्गाएको हो। यो भन्दा अगाडिको छलफलमा आ आफ्ना अडानमा रहेका पक्ष बिच सहमती भएपछि महोत्सव हुने दिनको टुंगो लागेको छ ।

 ब्याबसायीको तर्फ बाट बोल्दै कपडा तथा फेन्सी ब्याबसायी संघ नगर अध्यक्ष कल्पना बलामीले बाणिज्य संघ को यो भन्दा अगाडिको दुई वटा महोत्सवले थाहाका कपडा ब्याबसायीहरुको व्यापार चौपट्टै पारेको दुखेसो पोख्दै ब्यापारीहरुको छाता संघसंगठन उद्योग बाणिज्य संघले थाहाका ब्याबसायीहरुको हित नचाहेको हो कि भन्दै स्टलमा स्थानीय व्यापारीलाई प्राथमिकता दिनुपर्ने र महोत्सव ७ दिन मा झार्नु पर्ने अडान राख्नु भएको थियो । छलफलमा उ बा संघका अध्यक्ष कबिराज खत्रीले महोत्सव कपडा र फेन्सीको मात्र ब्यापार नभै सबै ब्याबसायीको मेला भएकोले मेलाको लागि ७ दिन अपुग हुने भन्दै घोषणा भैसकेकोले बाध्य भएर सम्झौता गरेको बताए । तेस्तै इन्द्रायणी कालाभैरब गूठीका राजु नापितले गुठी सङ भएको सम्झौता अक्षरस पालना गर्न उद्योग बाणिज्य संघ लाई आग्रह गर्नु भयो।

   छलफलमा बोल्दै नगर प्रमुख लबशेर बिस्टले उद्योग बाणिज्य संघको मेलाहरुमा बिकृती श्रीजना हुन थालेकोमा चिन्ता व्यक्त गर्दै बृहत छलफल गरेर मात्र महोत्सव आयोजना गर्न दिनुपर्ने बताउदै मेलामा जुवा सङ संबंधित खेल खेलाएमा कारबाही गरिने बताउनु भयो ।

महोत्सव कात्तिक १० गते उद्घाटन भै कात्तिक १७ गते सम्म सम्पन्न भै १८ गते बिहान ८ बजे समापन हुने छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...