gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

नब्बे प्रतिशत स्टल बुकिङ

43877778_270946056892965_-1539311333.jpg

                                                                                                                                            

- शम्भु अधिकारी

 

           थाहानगर, २५ असोज मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल विक्री भइरहेको छ । हालसम्म करिब दुई सय स्टल विक्री भइसकेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।

   ‘व्यापारिक तथा प्रवर्धनात्मक गरी हालसम्म ९० प्रतिशत स्टल बुकिङ भैसकेको छ, अन्य व्यापारीहरु पनि सम्पर्कमा आइरहेको छ,’ उनले भने । कृषि र पर्यटन प्रवर्धन स्टलसहित महोत्सवमा २ सय ५० स्टल रहने छ ।

      कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत स्टल बुकिङ भएको संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । अटो तथा सवारीसाधन , होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स÷मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक , ट्याटु, बैंक तथा वित्तिय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनीका लागि स्टल बुकिङ भएको छ ।

       उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो महोत्सव स्थलमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहितको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा विक्री, जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, साँस्कृतिक कार्यक्रम तथा प्रहसनहरु, नेवारी परिकारहरुको विक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलहरुको प्रस्तुती रहने छ । महोत्सवको क्रममा अष्ट्रिच र उँटको नृत्य तथा उँट चढ्ने व्यवस्थासमेत मिलाइएको आयोजक संस्थाका उपाध्यक्ष शम्भुसिं कार्कीले बताए ।


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...