jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

नब्बे प्रतिशत स्टल बुकिङ

43877778_270946056892965_-1539311333.jpg

                                                                                                                                            

- शम्भु अधिकारी

 

           थाहानगर, २५ असोज मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल विक्री भइरहेको छ । हालसम्म करिब दुई सय स्टल विक्री भइसकेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।

   ‘व्यापारिक तथा प्रवर्धनात्मक गरी हालसम्म ९० प्रतिशत स्टल बुकिङ भैसकेको छ, अन्य व्यापारीहरु पनि सम्पर्कमा आइरहेको छ,’ उनले भने । कृषि र पर्यटन प्रवर्धन स्टलसहित महोत्सवमा २ सय ५० स्टल रहने छ ।

      कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत स्टल बुकिङ भएको संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । अटो तथा सवारीसाधन , होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स÷मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक , ट्याटु, बैंक तथा वित्तिय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनीका लागि स्टल बुकिङ भएको छ ।

       उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो महोत्सव स्थलमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहितको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा विक्री, जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, साँस्कृतिक कार्यक्रम तथा प्रहसनहरु, नेवारी परिकारहरुको विक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलहरुको प्रस्तुती रहने छ । महोत्सवको क्रममा अष्ट्रिच र उँटको नृत्य तथा उँट चढ्ने व्यवस्थासमेत मिलाइएको आयोजक संस्थाका उपाध्यक्ष शम्भुसिं कार्कीले बताए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...