Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

कृषि

दुधको मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

FB_IMG_1676041047975-1676041062.jpg


हेटौंडा, २७ माघ/संस्थागत रुपमा दुधको मूल्य बृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाएको छ ।
शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य बृद्धि गर्न आग्रह गरिएको छ । 
संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कडेंलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताउनुभयो । उहाँले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी बिदेश पलायन हुने अवस्थाबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि हुनु, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा रहेकोले हाल दुधको मूल्य बृद्धि गर्न सरकार समक्ष अनुरोध गरिएको मकवानपुर जिल्ला दुग्ध सहकारी संघले जनाएको छ । 
संघका अनुसार सरकारले यही फागुन १ गतेदेखि दुधको मूल्य बृद्धि नगरेमा कृषकहरु देशब्यापी आन्दोलनका कार्यक्रमहरु सहित सडकमा उत्रनेछन् ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक करिव ४० हजार लिटर दूध संकलन गरि बिभिन्न उद्योगहरुमा बिक्री बितरण गर्दै आएको छ ।
संघले हाल दैनिक ११ हजार परिवारको दूध संकलन गर्दै करिव २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्‍याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्‍याउने काम गर्दै आएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
thahapaati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...