himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

दुग्ध सहकारी संघले स्थापना गरेको डेरी उद्योगको सार्वजनिक परिक्षण सम्पन्न

Screenshot_20220830-19221-1661866993.png

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं. १ बुङदलमा सम्पन्न भएको छ ।
निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लि.को संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष बासुदेब अधिकारीले बताउनुभयो । 
उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८७८ रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।  
संघका ब्यवस्थापक दाहालका अनुसार उद्योगमा १ करोड ४३ लाख को इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २०० रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८०० रुपैंया संघको लगानी रहेको छ । 
त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार ७२३ रुपैंया खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४२९ रुपैंया १४ पैसा र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार २९३ रुपैंया ८६ पैसा खर्च भएको छ ।
उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैंयामा जग्गा खरिद गरेको थियो ।
सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिनुभयो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक बासुदेब अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक परीक्षण कार्यक्रममा मकवानपुरगढी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहाल, संघका सल्लाहकार खिल प्रसाद चौलागाई, सञ्चालकहरु ईन्द्र बहादुर बस्नेत, हरि प्रसाद कडेल, साबित्री देबी तिमल्सिना, होमनाथ पुडासैनी, कृष्ण प्रसाद घिमिरे, सुदिप अर्याल,संघका लेखा समिति संयोजक ईन्द्र प्रसाद खतिवडा, सदस्य रमेश बर्तौला, पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुब अधिकारी लगायत स्थानीय ब्यक्तिहरु, पत्रकार तथा संघका कर्मचारीहरुको समेत  उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg