Friday, 03 May, 2024
कृषि

दुग्ध सहकारी संघले स्थापना गरेको डेरी उद्योगको सार्वजनिक परिक्षण सम्पन्न

Screenshot_20220830-19221-1661866993.png

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं. १ बुङदलमा सम्पन्न भएको छ ।
निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लि.को संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष बासुदेब अधिकारीले बताउनुभयो । 
उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८७८ रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।  
संघका ब्यवस्थापक दाहालका अनुसार उद्योगमा १ करोड ४३ लाख को इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २०० रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८०० रुपैंया संघको लगानी रहेको छ । 
त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार ७२३ रुपैंया खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४२९ रुपैंया १४ पैसा र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार २९३ रुपैंया ८६ पैसा खर्च भएको छ ।
उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैंयामा जग्गा खरिद गरेको थियो ।
सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिनुभयो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक बासुदेब अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक परीक्षण कार्यक्रममा मकवानपुरगढी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहाल, संघका सल्लाहकार खिल प्रसाद चौलागाई, सञ्चालकहरु ईन्द्र बहादुर बस्नेत, हरि प्रसाद कडेल, साबित्री देबी तिमल्सिना, होमनाथ पुडासैनी, कृष्ण प्रसाद घिमिरे, सुदिप अर्याल,संघका लेखा समिति संयोजक ईन्द्र प्रसाद खतिवडा, सदस्य रमेश बर्तौला, पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुब अधिकारी लगायत स्थानीय ब्यक्तिहरु, पत्रकार तथा संघका कर्मचारीहरुको समेत  उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...