Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

कृषि

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ ।
दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको रकम भुक्तानी नगरेको र मिल्क होलिडे हुने अवस्था समेत बिश्लेषण गरी यो समस्याको समाधानसहित कृषकलाई आत्मनिर्भर बनाउनको लागि बहुराष्ट्रिय कम्पनीको आवश्यक्ता महशुस भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले बताए ।
संघले बैशाख २६ गते शुक्रबार जारी गरेको एक बिज्ञप्तीमा गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि भएको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह गरेको छ । साथै उक्त मागहरु पुरा नभएमा आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनका गरिने उल्लेख छ ।

संघका अध्यक्ष कुँवर र महासचिव रामप्रसाद आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कृषकहरुको दूधको चैत्र मसान्तसम्मको भुक्तानी बैशाख मसान्तभित्र उपलब्ध गराउने वातावरण तय गर्न मन्त्रालयले दुग्ध विकास संस्थान र उद्योगीहरुलाई पहल गर्नुपर्ने, जिल्ला दुग्ध सहकारी संघ मार्फत जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग पाउनुपर्ने भुक्तानी विवरणसहित सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्ने लगायतका माग रहेका छन् ।

पत्रकार सम्मेलनमा संघले देशमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दुग्ध संकलन गर्दै औपचारिक क्षेत्रमा दैनिक करिव १२ लाख लिटर दूध बापत दैनिक ६ करोड शहरको पँुजी गाउँ पु¥याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउन सहजीकरण गर्दै आएको महासचिव आचार्यले जानकारी दिए । 

संघले वैदेशिक रोजगारमा गएर फर्केका युवापंक्ति पनि हाल दुग्ध उत्पादन पेशामा संलग्न रहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धारासाही नबनाई यस पेशाप्रति आकर्षित गराई देशलाई दूग्ध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन संघले सरकार समक्ष आग्रह गरेको छ ।
 
पत्रकार सम्मेलनमा पशुपालन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ९ प्रतिशत र जि.डि.पि.मा दुग्ध उत्पादन क्षेत्रको ६ प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।
नेपालमा दुग्ध उत्पादनमा ३० लाखभन्दा बढी कृषक परिवार संलग्न भएको र हजारौ रोजगारी सृजना भएको संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...