himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ ।
दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको रकम भुक्तानी नगरेको र मिल्क होलिडे हुने अवस्था समेत बिश्लेषण गरी यो समस्याको समाधानसहित कृषकलाई आत्मनिर्भर बनाउनको लागि बहुराष्ट्रिय कम्पनीको आवश्यक्ता महशुस भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले बताए ।
संघले बैशाख २६ गते शुक्रबार जारी गरेको एक बिज्ञप्तीमा गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि भएको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह गरेको छ । साथै उक्त मागहरु पुरा नभएमा आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनका गरिने उल्लेख छ ।

संघका अध्यक्ष कुँवर र महासचिव रामप्रसाद आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कृषकहरुको दूधको चैत्र मसान्तसम्मको भुक्तानी बैशाख मसान्तभित्र उपलब्ध गराउने वातावरण तय गर्न मन्त्रालयले दुग्ध विकास संस्थान र उद्योगीहरुलाई पहल गर्नुपर्ने, जिल्ला दुग्ध सहकारी संघ मार्फत जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग पाउनुपर्ने भुक्तानी विवरणसहित सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्ने लगायतका माग रहेका छन् ।

पत्रकार सम्मेलनमा संघले देशमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दुग्ध संकलन गर्दै औपचारिक क्षेत्रमा दैनिक करिव १२ लाख लिटर दूध बापत दैनिक ६ करोड शहरको पँुजी गाउँ पु¥याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउन सहजीकरण गर्दै आएको महासचिव आचार्यले जानकारी दिए । 

संघले वैदेशिक रोजगारमा गएर फर्केका युवापंक्ति पनि हाल दुग्ध उत्पादन पेशामा संलग्न रहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धारासाही नबनाई यस पेशाप्रति आकर्षित गराई देशलाई दूग्ध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन संघले सरकार समक्ष आग्रह गरेको छ ।
 
पत्रकार सम्मेलनमा पशुपालन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ९ प्रतिशत र जि.डि.पि.मा दुग्ध उत्पादन क्षेत्रको ६ प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।
नेपालमा दुग्ध उत्पादनमा ३० लाखभन्दा बढी कृषक परिवार संलग्न भएको र हजारौ रोजगारी सृजना भएको संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg