Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामन सिमभन्ज्याङका होटल सुनसान !

FB_IMG_1738374953429-1738374999.jpg

 

 माघ १९ गते । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको विस्तार र नयाँ गन्तव्य थपिनुका साथैँ तराईसँग काठमाडौँ जोड्ने सडक सञ्जालको नयाँ विकल्प र विस्तारसँगै यहाँको पर्यटनमा कमी आएको स्थानीयवासीको भनाइ छ । 

दामन क्षेत्रमा दुई दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएका राजेन्द्र भुजेलले हेटौँडा–काठमाडौँ तीन घण्टामा पुग्ने बाटो खुलेपछि यो सडकखण्डबाट आवतजावत गर्ने सवारीसाधन न्यून भएको बताउनुभयो । होटेल व्यवसायी भुजेलले भन्नुभयो, “यो बाटो हुँदै हेटौँडाबाट काठमाडौँ जाँदा ६÷७ घण्टा लाग्छ, हेटौँडा–कुलेखानी र कान्तिलोकपथ हुँदै काठमाडौँ जाँदा छोटो समयमै पुग्न सकिने भएकाले यो सडकखण्ड प्रयोग गर्नेको सङ्ख्या कमी हुँदै गएको छ । आफ्नै घरमा होटेल व्यवसाय सञ्चालन गरेका कारण मात्रै यो पेसामा टिकिरहेका छौँ, व्यापार नहुँदा होटेल व्यवसाय धराशायी अवस्थामा पुगेको छ ।” 

विगत २२ वर्षदेखि दामनमा होटेल सञ्चालन गरिरहनुभएकी होटेल शेर्पाकी सञ्चालक मञ्जु शेर्पाले पर्यटकको आगमन आधाभन्दा बढी घटेको जानकारी दिनुभयो । जाडो मौसममा हिउँ परेको बेला वीरगन्ज, चितवन, हेटौँडाबाट आन्तरिक पर्यटक आउने गरे पनि यसपालि हिउँ नपरेका कारण पर्यटकको आगमन न्यून भएको रहेको उहाँले बताउनुभयो ।  

विगत १४ वर्षदेखि होटेल व्यवसाय गर्दै आउनुभएका अधिकारी होटेल एन्ड लजका सञ्चालक सुरथ अधिकारीले विगतको तुलनामा यस वर्ष धेरै कम व्यापार भएको बताउनुभयो । चार दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएकी सुधेसा भुजेलले कुलेखानीको बाटो नखुल्दा व्यापार राम्रो भए पनि अहिले यो राजमार्ग हुँदै जानेको सङ्ख्या न्यून रहेकाले होटेल व्यवसाय निकै सङ्कटमा परेको बताउनुभयो । उहाँका अनुसार केही वर्ष पहिलेसम्म यहाँका होटेलमा नियमित खाना पाक्ने गरेको भए पनि हाल भने अर्डर अनुसार मात्रै खाना पकाउने गरिएको छ । 

मकवानपुरको थाहा नगरपालिकासँग २० वर्ष अवधिका लागि भाडामा लिएर दामन रिसोर्ट सञ्चालन गर्दै आउनुभएका गोविन्दप्रसाद घिमिरेले केही समय बन्द भएको रिसोर्ट पुनर्निर्माण गरेर सञ्चालन गरिरहनुभएको छ तर पाहुना भने खासै आउन गरेका छैनन् । दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित २५ भन्दा बढी उच्च हिमशिखरको प्रत्यक्ष मनमोहक दृश्य देख्न सकिन्छ । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थल, प्रशस्त जैविक विविधता, सम्पदा रहेकाले यहाँको भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । पर्यटकीय स्थलका रूपमा रहेको दामन काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेर पनि सुनसान अवस्थामा छ ।

FB_IMG_1738374973016-1738374999.jpg
FB_IMG_1738374980589-1738375022.jpg
FB_IMG_1738374969936-1738375023.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...