janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

पर्यटन

दामन सिमभन्ज्याङका होटल सुनसान !

FB_IMG_1738374953429-1738374999.jpg

 

 माघ १९ गते । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको विस्तार र नयाँ गन्तव्य थपिनुका साथैँ तराईसँग काठमाडौँ जोड्ने सडक सञ्जालको नयाँ विकल्प र विस्तारसँगै यहाँको पर्यटनमा कमी आएको स्थानीयवासीको भनाइ छ । 

दामन क्षेत्रमा दुई दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएका राजेन्द्र भुजेलले हेटौँडा–काठमाडौँ तीन घण्टामा पुग्ने बाटो खुलेपछि यो सडकखण्डबाट आवतजावत गर्ने सवारीसाधन न्यून भएको बताउनुभयो । होटेल व्यवसायी भुजेलले भन्नुभयो, “यो बाटो हुँदै हेटौँडाबाट काठमाडौँ जाँदा ६÷७ घण्टा लाग्छ, हेटौँडा–कुलेखानी र कान्तिलोकपथ हुँदै काठमाडौँ जाँदा छोटो समयमै पुग्न सकिने भएकाले यो सडकखण्ड प्रयोग गर्नेको सङ्ख्या कमी हुँदै गएको छ । आफ्नै घरमा होटेल व्यवसाय सञ्चालन गरेका कारण मात्रै यो पेसामा टिकिरहेका छौँ, व्यापार नहुँदा होटेल व्यवसाय धराशायी अवस्थामा पुगेको छ ।” 

विगत २२ वर्षदेखि दामनमा होटेल सञ्चालन गरिरहनुभएकी होटेल शेर्पाकी सञ्चालक मञ्जु शेर्पाले पर्यटकको आगमन आधाभन्दा बढी घटेको जानकारी दिनुभयो । जाडो मौसममा हिउँ परेको बेला वीरगन्ज, चितवन, हेटौँडाबाट आन्तरिक पर्यटक आउने गरे पनि यसपालि हिउँ नपरेका कारण पर्यटकको आगमन न्यून भएको रहेको उहाँले बताउनुभयो ।  

विगत १४ वर्षदेखि होटेल व्यवसाय गर्दै आउनुभएका अधिकारी होटेल एन्ड लजका सञ्चालक सुरथ अधिकारीले विगतको तुलनामा यस वर्ष धेरै कम व्यापार भएको बताउनुभयो । चार दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएकी सुधेसा भुजेलले कुलेखानीको बाटो नखुल्दा व्यापार राम्रो भए पनि अहिले यो राजमार्ग हुँदै जानेको सङ्ख्या न्यून रहेकाले होटेल व्यवसाय निकै सङ्कटमा परेको बताउनुभयो । उहाँका अनुसार केही वर्ष पहिलेसम्म यहाँका होटेलमा नियमित खाना पाक्ने गरेको भए पनि हाल भने अर्डर अनुसार मात्रै खाना पकाउने गरिएको छ । 

मकवानपुरको थाहा नगरपालिकासँग २० वर्ष अवधिका लागि भाडामा लिएर दामन रिसोर्ट सञ्चालन गर्दै आउनुभएका गोविन्दप्रसाद घिमिरेले केही समय बन्द भएको रिसोर्ट पुनर्निर्माण गरेर सञ्चालन गरिरहनुभएको छ तर पाहुना भने खासै आउन गरेका छैनन् । दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित २५ भन्दा बढी उच्च हिमशिखरको प्रत्यक्ष मनमोहक दृश्य देख्न सकिन्छ । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थल, प्रशस्त जैविक विविधता, सम्पदा रहेकाले यहाँको भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । पर्यटकीय स्थलका रूपमा रहेको दामन काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेर पनि सुनसान अवस्थामा छ ।

FB_IMG_1738374973016-1738374999.jpg
FB_IMG_1738374980589-1738375022.jpg
FB_IMG_1738374969936-1738375023.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...