Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

पर्यटन

दामनमा विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस भेटियो

447836729_137525584983058-1717819348.jpg

 

विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ । नेपालको इलाम जिल्ला माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा फेला परेको हो । ‘करिब १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययनको क्रममा इलाम बाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा देखियो’–वनस्पती विज्ञ रघुराम पराजुलीले भने । उनी भन्छन्–‘तपाइहरुले पठाउनु भएको फोटो र गर्नुभएको कुराकानीको आधारमा यो दुर्लभ वनस्पती चिमाल नै हो, अझ म फिल्डमै आएको बेला हेरेर थप जानकारी दिन सक्ने भएँ ।’ नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ४ को महांकाल सामुदायिक वन क्षेत्रमा भेटिएको उक्त चिमालको रुखको संख्या निकै कम रहेको छ । केही वर्ष अघिबाट मात्र आफूले उक्त चिमाल अर्थात गुराँस फुलीरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष बिनोद लामाले जानकारी दिए । अध्यक्ष लामाको अनुरोधमा स्थानीय पत्रकार तथा फोटो पत्रकारहरु उक्त गुराँस अवलोकन गर्न सामुदायिक वन क्षेत्रमा पुगेका थिए ।

अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँस समेत भनिने गरिएको छ । पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनहरुले देखाएको छ । उक्त क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातीको गुराँस एक एपिफाइट हो, सामान्यतया रूख, चट्टान र ढुङ्गाहरूमा पाइन्छ । हिमालयको तल्लो भागहरूमा ५ हजारदेखि ९ हजार फीटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सिमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेखहरु भेटिएको छ ।

वयस्क बिरुवाहरूमा, पातहरू ३ देखि ८ इन्च लम्बाइ र ३ इन्च चौडा हुन्छन् । फूलहरूको रङ सेतो देखि क्रिम, फिक्का पहेँलो, वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ। फूलहरूमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको वास्नाले मात लाग्ने इलामका स्थानीयहरुले भन्ने गरेको अनुभव विज्ञ पराजुलीले सुनाए । चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रंगीन फुल्ने गरेको सुनेको भएपनि दामन क्षेत्रमा अन्य गुराँस फुलीसकेपछि अन्तिममा यो फुल्ने गरेको अध्यक्ष लामा बताउँछन् । ‘ केही वर्षदेखि मैले ख्याल गरिरहेको छु, स्थानीयहरुलाई यसबारेमा पत्तै नभएको लामाको भनाइ छ ।

सीमित संख्यामा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । चिमालको कटिङबाट पनि विरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयहरुले औषधिको रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । गुराँस पूर्वी पहाडी क्षेत्रमा बढि पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालमा ३२ थरीका गुराँस पाइन्छन्। नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फुल्ने गरेको एक अध्ययनले देखाएको 

 

 

 

 

 

 

 

 

 

 

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...