pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी

FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो ।
थाहा नगरपालिका–४ स्थित फ्यामली ब्याङ्कुइट मा सम्पन्न अधिवेशन नगर अध्यक्ष जयराम केसीको अध्यक्षता तथा डाक्टर अच्युत लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सांसद हरु खगेन्द्र सुनार, आशिष गजुरेल, प्रशान्त उप्रेती, प्रकाश गौतम, धनेन्द्र कार्की तथा रमेश कार्की को विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा केन्द्रिय र्याट संयोजक बैकुण्ठ थापा,प्रदेश सदस्य बिनयराज कार्की, सुनिता राई,मकवानपुर जिल्ला सन्जिब पाठक, सहसचिव शान्ती थापा लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिमा सभापतिमा जयराम केसी, उपसभापतिमा साकार कार्की, सचिवमा रामशरण गोपाली,कोषाध्यक्षमा मुना स्याङ्तान तथा सहसचिवमा राजन बिडारी चयन भएका छन् । सदस्यहरूमा सुक्रराज गोपाली, बुनुमाया थिङ, सानुमैया अधिकारी, विजयकुमार थिङ, माईला गुरुङ, सुवास केसी तथा कपिल थापा चयन भएका छन् । त्यस्तै सल्लाहकारमा दिपक नेपाली र बिकेशबाबु बस्नेत चयन हुँदा RAT संयोजकमा सुमन बिष्ट चयन भएका छन् ।
अधिवेशनमा वक्ताहरूले थाहा नगरमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन शुभकामना व्यक्त गरेका थिए ।

FB_IMG_1779972972507-1779972989.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg