himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

दामनमा बन्यो नेपालकै अग्लो फलामे भ¥याङ, पर्यटकका लागि ‘प्राकृतिक टावर’ तयार

नेपालकै पर्यटकीय आकर्षणको केन्द्र मानिने थाहा नगरपालिकाको दामनमा देशकै सबैभन्दा अग्लो फलामे भ¥याङ निर्माण गरिएको छ । थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकसिं लामाले दामनमा व्यवस्थापन गर्न लागिएको ‘प्राकृतिक टावर’सम्म पुग्न निर्मित भ¥याङ नेपालकै अग्लो फलामे भ¥याङ भएको दावी गर्नुभयो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण थाहा नगरपालिका–४, दामनमा १ सय ५७ खुड्किलाको ७० मिटर अग्लो भ¥याङ निर्माण गरिएको छ । भ¥याङबाट माथि समुद्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुंगा र सिमेन्टको गारोले ‘सपोर्ट’ दिएर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताउनु भयो ।

दामनमा प्रकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को भ्यु–प्वाइन्ट थपिएको र उक्त प्वाइन्ट नेपालकै पर्यटकीय गन्तव्य बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । उक्त भ्यु–प्वाइन्टमा अब व्यवस्थित पार्क निर्माण गर्ने गरी काम भइरहेको स्थानीय समाजसेवी विनोद लामाले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरण रहेको पार्क निर्माण अन्तर्गत फलामे भ¥याङ र भ्यु–प्वाइन्ट निर्माण गरिएको र थप संचरनाका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नै तयार गर्न लागेको वडा अध्यक्ष लामाले बताउनु भयो ।

हाल निर्माण भएको भ्यू–प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिम श्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । स्थानीयका अनुसार सो प्राकृतिक टावरबाट १ सय ८० डिग्री वाईड एङ्गलमा नेेपालमा रहेका ८ हजार मिटरमाथिको कन्चनजंघा बाहेकका सबै हिमालहरु देख्न सकिन्छ । पार्कबाट थाहा नगरपालिकाको १,२,३,४,५,६,९ र १० का अधिकांश भूभागको दृष्यावलोकन गर्न सकिन्छ भने बाँकी वडाहरुको आंशिक क्षेत्र देख्न सकिन्छ । पार्कको छिट्टै आधिकारिक नामाकरण गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg