gumba-1715660528.jpg
Friday, 17 May, 2024
पर्यटन

दामनमा बन्यो नेपालकै अग्लो फलामे भ¥याङ, पर्यटकका लागि ‘प्राकृतिक टावर’ तयार

नेपालकै पर्यटकीय आकर्षणको केन्द्र मानिने थाहा नगरपालिकाको दामनमा देशकै सबैभन्दा अग्लो फलामे भ¥याङ निर्माण गरिएको छ । थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकसिं लामाले दामनमा व्यवस्थापन गर्न लागिएको ‘प्राकृतिक टावर’सम्म पुग्न निर्मित भ¥याङ नेपालकै अग्लो फलामे भ¥याङ भएको दावी गर्नुभयो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण थाहा नगरपालिका–४, दामनमा १ सय ५७ खुड्किलाको ७० मिटर अग्लो भ¥याङ निर्माण गरिएको छ । भ¥याङबाट माथि समुद्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुंगा र सिमेन्टको गारोले ‘सपोर्ट’ दिएर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताउनु भयो ।

दामनमा प्रकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को भ्यु–प्वाइन्ट थपिएको र उक्त प्वाइन्ट नेपालकै पर्यटकीय गन्तव्य बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । उक्त भ्यु–प्वाइन्टमा अब व्यवस्थित पार्क निर्माण गर्ने गरी काम भइरहेको स्थानीय समाजसेवी विनोद लामाले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरण रहेको पार्क निर्माण अन्तर्गत फलामे भ¥याङ र भ्यु–प्वाइन्ट निर्माण गरिएको र थप संचरनाका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नै तयार गर्न लागेको वडा अध्यक्ष लामाले बताउनु भयो ।

हाल निर्माण भएको भ्यू–प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिम श्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । स्थानीयका अनुसार सो प्राकृतिक टावरबाट १ सय ८० डिग्री वाईड एङ्गलमा नेेपालमा रहेका ८ हजार मिटरमाथिको कन्चनजंघा बाहेकका सबै हिमालहरु देख्न सकिन्छ । पार्कबाट थाहा नगरपालिकाको १,२,३,४,५,६,९ र १० का अधिकांश भूभागको दृष्यावलोकन गर्न सकिन्छ भने बाँकी वडाहरुको आंशिक क्षेत्र देख्न सकिन्छ । पार्कको छिट्टै आधिकारिक नामाकरण गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...