Tuesday, 07 May, 2024
पर्यटन

दामनमा बनभोज स्थलको अभाब।

थाहा नगर- दावा टसि सेर्पा
कुनै बेला पर्यटन आकर्षणको प्रमुख गन्तव्य मानिदै  आएको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा हाल पर्यटकिय चहलपहल सुस्ताएको छ। २०७२ सालको महाभुकम्प र २०७६ साल देखि सुरु भएको कोरोना महामारीको कारण घुम्ने आउने पर्यटकहरुको संख्याम उल्लेख्य गिरावट आएको छ। पर्यटन आकर्षणको प्रमुख बिम्बहरु दामन भ्यु टावर,ऋषेश्वर गुम्बा  र एभरेष्ट पानोरामा रिसोर्टको सन्चालन र ब्यबस्थापनमा बिबिध व्यवधान आईपरेको कारण पनि धार्मिक तथा अन्य उद्देश्यले भ्रमण गर्न आउने पर्यटकहरुको रोजाईमा अब दामन-सिमभन्ज्याङ पर्न छोडेको छ। 

बिगतको दिनहरुमा तिहार सके लगत्तै शनिबार मात्रै १,००० जनाको हाराहारीमा  वनभोज खान पर्यटकहरु आउने गर्दथे। तर अहिले कुनै शनिबार मात्र ४०-५० जना  आउने गरेका छन्। दामन अवस्थित एक मात्र पिकनिक स्पटमा जम्मा ३ वटा सेड भएकोले धेरै पिकनिकर्स् आएमा स्थान अभावको कारण फर्कनु पर्ने बाध्यता छ। आज शनिबार त्यस्तै भयो,काठमाडौ र नारायणघाट बाट दामनसम्म पिकनिक खान आएकाहरु ठाँउ नपाएर निराश भै फर्कनु पर्यो। यसले पर्यटन क्षेत्रमा झनै नकारात्मक सन्देश दिएको छ।

 एभरेष्ट युवा बिकास क्लबको प्रमुख भुमिकामा २०७५ सालमा स्थापना भएको दामन बजार ब्यबस्थापन समितिद्वारा हाल उक्त पिकनिक स्पटको संचालन हुँदै आईरहेको  छ र प्रती ग्रुप बापत रु.१,००० देखि २,००० सम्म पिकनिक शुल्क लिने गरिएको  छ। सो पिकनिक स्पट निर्माणार्थ नगरपालिकाको कार्यालयले मिति २०७५ मा रु.दस लाख र २०७६ मा वडा नं.४ को कार्यालयले रु.दस लाख बजेट हालेको थियो,भने स्थानीयहरुले स्रमदान गरेका थिए। अझैसम्म पनि सो पिकनिक स्पटले पुर्णता भने पाएको छैन।।


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...