pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनमा बनभोज स्थलको अभाब।

थाहा नगर- दावा टसि सेर्पा
कुनै बेला पर्यटन आकर्षणको प्रमुख गन्तव्य मानिदै  आएको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा हाल पर्यटकिय चहलपहल सुस्ताएको छ। २०७२ सालको महाभुकम्प र २०७६ साल देखि सुरु भएको कोरोना महामारीको कारण घुम्ने आउने पर्यटकहरुको संख्याम उल्लेख्य गिरावट आएको छ। पर्यटन आकर्षणको प्रमुख बिम्बहरु दामन भ्यु टावर,ऋषेश्वर गुम्बा  र एभरेष्ट पानोरामा रिसोर्टको सन्चालन र ब्यबस्थापनमा बिबिध व्यवधान आईपरेको कारण पनि धार्मिक तथा अन्य उद्देश्यले भ्रमण गर्न आउने पर्यटकहरुको रोजाईमा अब दामन-सिमभन्ज्याङ पर्न छोडेको छ। 

बिगतको दिनहरुमा तिहार सके लगत्तै शनिबार मात्रै १,००० जनाको हाराहारीमा  वनभोज खान पर्यटकहरु आउने गर्दथे। तर अहिले कुनै शनिबार मात्र ४०-५० जना  आउने गरेका छन्। दामन अवस्थित एक मात्र पिकनिक स्पटमा जम्मा ३ वटा सेड भएकोले धेरै पिकनिकर्स् आएमा स्थान अभावको कारण फर्कनु पर्ने बाध्यता छ। आज शनिबार त्यस्तै भयो,काठमाडौ र नारायणघाट बाट दामनसम्म पिकनिक खान आएकाहरु ठाँउ नपाएर निराश भै फर्कनु पर्यो। यसले पर्यटन क्षेत्रमा झनै नकारात्मक सन्देश दिएको छ।

 एभरेष्ट युवा बिकास क्लबको प्रमुख भुमिकामा २०७५ सालमा स्थापना भएको दामन बजार ब्यबस्थापन समितिद्वारा हाल उक्त पिकनिक स्पटको संचालन हुँदै आईरहेको  छ र प्रती ग्रुप बापत रु.१,००० देखि २,००० सम्म पिकनिक शुल्क लिने गरिएको  छ। सो पिकनिक स्पट निर्माणार्थ नगरपालिकाको कार्यालयले मिति २०७५ मा रु.दस लाख र २०७६ मा वडा नं.४ को कार्यालयले रु.दस लाख बजेट हालेको थियो,भने स्थानीयहरुले स्रमदान गरेका थिए। अझैसम्म पनि सो पिकनिक स्पटले पुर्णता भने पाएको छैन।।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...