Monday, 29 Apr, 2024
पर्यटन

दामनको वनस्पति उद्यानलाई पर्यटनसँग जोडौं–नगर प्रमुख विष्ट

–दावा शेर्पा, दामन

थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले पर्वतीय वनस्पति उद्यान दामनलाई पर्यटन प्रबर्धन तथा अध्ययन–अनुसन्धानको दृष्टिले विकास गरिनु पर्ने बताउनु भएको छ । उहाँले उद्यानमा उत्पादित जडिबुटीहरुलाई बजारीकरण गर्न सकिने र वार्षिकरुपमा वनस्पति महोत्सवको आयोजना गरी आर्थिक तथा पर्यटर्कीय लाभ लिन सकिने विचार व्यक्त गर्नु भयो । 

वानस्पतिक अनुसन्धान तथा पर्यटन प्रवर्धनसम्बन्धी आइतबार आयोजना गरिएको कार्यक्रममा उहाँले वनस्पति उद्यान थाहा नगरको ठूलो सम्पत्ति भएको जिकिर गर्नुभयो । 

कार्यक्रममा क्रममा जिल्ला वनस्पति कार्यालयमा भर्खरै प्रमुखको रुपमा आउनु भएका  रघुराज पराजुलीले नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये दुईवटा थाहा नगरमा हुनु धेरै महत्वपूर्ण विषय रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले दामनको वनस्पति उद्यान नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान रहेको उल्लेख गर्नुभयो । उहाँले उद्यानको संरक्षणमा जोड दिनु पर्ने बताउनु भयो ।  दामनको पर्वतीय वनस्पति उद्यानलाई पर्यटनसँग जोड दिनु पर्ने बताउँदै पराजुलीले निकट भबिस्यमा नै उद्यानभित्र पैदलमार्ग निर्माण सम्पन्न गरिने बताउनु भयो । 

त्यसैगरी कार्यक्रममा थाहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपकसिं लामा र करुणाभूमि  सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोदकुमार लामाले वनस्पति उद्यानलाई प्रमुखतः अध्ययन, अनुसन्धान र वातावरण मैत्री पर्यटन क्षेत्रको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  उद्यानभित्र रहेका विभिन्न वनस्पतिहरुको संरक्षण हेतु तारबार अनिवार्य गर्नुपर्नेमा उहाँहरुको जोड रहेको थियो । 

कार्यक्रममा  स्थानीय पर्यटन ब्यबसायी तथा एभरेष्ट युवा बिकास क्लबका महासचिव दावा शेर्पा लगायत स्थानीय बासिन्दा र वनस्पति कार्यालयका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । २०२१ सालमा निर्माण गरिएको उद्यान ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...