pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनको वनस्पति उद्यानलाई पर्यटनसँग जोडौं–नगर प्रमुख विष्ट

–दावा शेर्पा, दामन

थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले पर्वतीय वनस्पति उद्यान दामनलाई पर्यटन प्रबर्धन तथा अध्ययन–अनुसन्धानको दृष्टिले विकास गरिनु पर्ने बताउनु भएको छ । उहाँले उद्यानमा उत्पादित जडिबुटीहरुलाई बजारीकरण गर्न सकिने र वार्षिकरुपमा वनस्पति महोत्सवको आयोजना गरी आर्थिक तथा पर्यटर्कीय लाभ लिन सकिने विचार व्यक्त गर्नु भयो । 

वानस्पतिक अनुसन्धान तथा पर्यटन प्रवर्धनसम्बन्धी आइतबार आयोजना गरिएको कार्यक्रममा उहाँले वनस्पति उद्यान थाहा नगरको ठूलो सम्पत्ति भएको जिकिर गर्नुभयो । 

कार्यक्रममा क्रममा जिल्ला वनस्पति कार्यालयमा भर्खरै प्रमुखको रुपमा आउनु भएका  रघुराज पराजुलीले नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये दुईवटा थाहा नगरमा हुनु धेरै महत्वपूर्ण विषय रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले दामनको वनस्पति उद्यान नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान रहेको उल्लेख गर्नुभयो । उहाँले उद्यानको संरक्षणमा जोड दिनु पर्ने बताउनु भयो ।  दामनको पर्वतीय वनस्पति उद्यानलाई पर्यटनसँग जोड दिनु पर्ने बताउँदै पराजुलीले निकट भबिस्यमा नै उद्यानभित्र पैदलमार्ग निर्माण सम्पन्न गरिने बताउनु भयो । 

त्यसैगरी कार्यक्रममा थाहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपकसिं लामा र करुणाभूमि  सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोदकुमार लामाले वनस्पति उद्यानलाई प्रमुखतः अध्ययन, अनुसन्धान र वातावरण मैत्री पर्यटन क्षेत्रको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  उद्यानभित्र रहेका विभिन्न वनस्पतिहरुको संरक्षण हेतु तारबार अनिवार्य गर्नुपर्नेमा उहाँहरुको जोड रहेको थियो । 

कार्यक्रममा  स्थानीय पर्यटन ब्यबसायी तथा एभरेष्ट युवा बिकास क्लबका महासचिव दावा शेर्पा लगायत स्थानीय बासिन्दा र वनस्पति कार्यालयका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । २०२१ सालमा निर्माण गरिएको उद्यान ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...