gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

दामनको भर्‍याङ छायांकनस्थल बन्दै, एकैदिन २ वटा भिडियो छायांकन

shooting-3-copy-1602764494.jpg

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनमा रहेको नेपालकै लामो फलामे भर्‍याङ सौन्दर्यप्रेमीहरुका लागि चित्तार्षक त छँदैछ, यही सौन्दर्यमा चलचित्रका निर्देशकहरु पनि आकर्षित भएका छन् । विश्वकै लामो भर्‍याङ दावी गरिएको उक्त भर्‍याङ र भर्‍याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर छायांकन स्थल बन्न थालेको छ ।

पहिलोपटक थाहापाटी डटकम र राष्ट्रिय समाचार समितिमार्फत् गरिएको प्रचारप्रसारको छोटोसमयमै चर्चा बटुल्न सफल उक्त भर्‍याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ । 

एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन कीर्तिमानी फलामे भर्‍याङमा भएको हो । 

कलाकार एवम् चर्चित निर्देशक विजयश्याम अमात्य रामकुमार प्रधानको ‘परदेशबाट ’ गीतको म्युजिक भिडियोको निर्देशन गर्न कलाकारहरुको साथमा आइतबार प्राकृतिक टावर पुग्नुभएको थियो । उहाँले आफ्नो भिडियो निर्देशनको यात्रामा २७औं म्युजिक भिडियो फलामे भर्‍याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताउनु भयो । 

रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ । भिडियोमा देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको छ भने मेक अपमा रवि केसी रहेका छन् । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

दामनको भर्‍याङमा म्युजिक भिडियो छायांकन गर्न आइतबारै मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा आउनु भएको थियो । उहाँले आफ्नै स्वर तथा संगीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको बताउनु भयो । थाहा–३ का बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र संचारकर्मी अमृत चिमोरियाको अभिनय रहेको छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ । 

‘यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भर्‍याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित गर्‍यो’ अस्लामीले थाहापाटीसित भन्नु भयो । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र दामनको भर्‍याङ छायांकनस्थल बन्दै, एकैदिन २ वटा भिडियो छायांकनका दृश्यहरु कैद गरिएका छन् । 

थाहापाटीसितको छुट्टाछुट्टै कुराकानीमा अमात्य र अस्लामीले म्युजिक भिडियो दशैं अगाडि नै सार्वजनिक हुने बताउनु भयो । ‘परदेशबाट’ गीतको म्युजिक भिडियो सकेसम्म कात्तिक १ गते सार्वजनिक गर्ने गरी सम्पादन भइरहेको अमात्यले बताउनु भएको छ । 

दुबै म्युजिक भिडियोका निर्देशक एवम् अस्लामी एक अर्कामा परिचित नामहरु हुन् । एकै दिन एकै स्थलमा छायांकन गर्न पुग्नु संयोग मात्र भएको उनीहरुले बताएका छन् । फलामे भर्‍याङमा ‘परदेशबाट’ छायांकन हुँदा ‘गाजलु आँखैले’ भिडियो समूह दामनको सेल्फी डाँडामा छायांकन गरिरहेको थियो । एकै स्थलमा छायांकन भए पनि दुई समूहको भेट भएन । 

पछिल्ला दिनहरुमा फलामे भर्‍याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुको लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भर्‍याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताउनु भयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...