gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

दामनको भर्‍याङ : अँग्रेजीमा ल्याडर की स्टेयरकेस ? 
ल्याडर भए विश्वकोे, स्टेयरकेस भए नेपालको

daman-ladder-copy-1601547580.jpg
  • कुमार नेगी

अँग्रेजी भाषाको ल्याडर शब्दलाई आधार मान्ने हो भने गिनिज वर्ल्ड रेकर्ड्सले प्रकाशन गर्ने विश्व कीर्तिमानहरुमध्ये विश्वको सबैभन्दा लामो ल्याडर अर्थात् भर्‍याङ ४१ मिटर १६ सेन्टिमिटर रहेको छ । सन् २००५ मा यो अभिलेख कायम भएयता यसमा ‘रेकर्ड ब्रेक’ भएको पाइएको छैन ।  गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा गएर हेर्ने हो भने अहिलेसम्म अभिलेख गरिएको विश्वको लामो ल्याडर अस्ट्रियामा सन् २००५ मा निर्माण गरिएको भर्‍याङ हो भन्ने स्पष्ट देखिन्छ । 

अष्ट्रियाको ल्याडर

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्यमध्ये मानिने दामनको प्राकृतिक टावरमा निर्माण गरिएको भर्‍याङ गिनिज वर्ल्ड रेकर्ड्सअनुसारको भर्‍याङभन्दा २८ मिटर ३४ सेन्टीमिटरले लामो रहेको छ । हाल निर्माण गरिएको दामनको फलामे भर्‍याङ ६९ मिटर ५० सेन्टीमिटर रहेको थाहा नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिं लामाले बताउनु भयो । 

गिनिज वर्ल्ड रेकर्ड्स हेर्दा दामनको भर्‍याङको लम्बाई मात्र होइन, त्यसमा रहेका खुड्किलाहरु पनि बढी देखिन्छ । अष्ट्रियाको भर्‍याङमा १२० खुड्किला रहेकोमा दामनको भर्‍याङमा १५७ खुड्किलाहरु रहेका छन् । भर्‍याङलाई अँग्रेजी भाषामा ल्याडर, स्टेयरकेस जस्ता शब्दहरुबाट चिनिने गरिएको पाइन्छ । गिनिज वर्ल्ड रेकर्ड्सले स्टेयरकेसको लम्बाई बारे विश्व कीर्तिमानीको सूची प्रकाशन गरेको छैन । 

स्वीटजरल्याण्डको स्टेयरकेस 

गिनिज वर्ल्ड रेकर्ड्समा स्टेयरकेसको लम्बाईबारे कीर्तिमानी रेकर्ड नदेखिए पनि बेवसाइटहरुमा हेर्दा दामनको भर्‍याङलाई स्टेयरकेस मान्ने हो भने यो भन्दा लामा स्टेयरकेसहरु धेरै देखिएका छन् । स्वीटजरल्याण्डको नाइसिन हिमालमा रहेको ३ हजार ४०० मिटर लम्बाई रहेको स्टेयरकेस विश्वको सबैभन्दा लामो देखिन्छ । उक्त स्टेयरकेसमा ११ हजार ६७४ स्ेटप रहेका छन् । 

दामनमा निर्मित प्राकृतिक टावरमा जाने भर्‍याङलाई गिनिजले ‘ल्याडर’को रुपमा परिभाषित ग¥यो भने गिनिज वर्ल्ड रेकर्ड्समा यो सन् २०२० को अहिलेसम्मलाई विश्वको लामो भर्‍याङको रुपमा दर्ज हुनेछ । यसको लागि गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा गई खाता सिर्जना गरेर आवेदनको प्रक्रिया शुरु गर्न सकिन्छ । 

अहिलेसम्म गिनिज वर्ल्ड रेकर्ड्सले सूचीकृत गरेको विश्वको लामो ‘ल्याडर’ पश्चिम अष्ट्रियाको टेरोल राज्यअन्तर्गत पर्ने साँट लियोनहार्ड नगरपालिकामा पर्छ । विश्वकाभर्‍याङहरुबारे जानकारी दिने मिडल्याण्ड ल्याडर्स नामक वेबसाइटको फेब्रुअरी २०१९ मा प्रकाशित ल्याडर वर्ल्ड रेकर्ड्स शीर्षकको लेखमा यसबारे उल्लेख गरिएको छ । उक्त लेखमा उल्लेख गरिए अनुसार उक्त भर्‍याङ प्रयोगका लागि डिजाइन गरिएको नभई कलाकौशल प्रदर्शनको लागि निर्माण गरिएको थियो । अष्ट्रियामा रहेको ह्याण्डवक्र्स संग्रहालयले प्रदशर्नीका लागि उक्त भर्‍याङको निर्माण गरेको थियो । 

दामनमा निर्माण गरिएको भर्‍याङ समुदी सतहबाट करिब २ हजार ४०० मिटरको उचाइमा रहेको प्राकृतिक टावरमा पुग्नेगरी डिजाइन गरिएको हो । 
(यो सामग्री विभिन्न वेबसाइटहरुको सहयोगमा तयार पारिएको हो ।)

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...