gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

दामनको भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक(भिडियाेसहित)

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित नेपालकै लामो फलामे भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार एवम् निर्माता रामकुमार प्रधानको पहिलो म्युजिक भिडियो शनिबार घटस्थापनाको अवसर पारेर चर्चित ओयसआर डिजिटलले युटुव च्यानलमार्फत् सार्वजनिक गरेको हो । 

दामनका स्थानीय समाजसेवी विनोदकुमार लामाको परिकल्पनामा निर्माण गरिएको फलामे भर्‍याङ र भर्‍याङ चढेर पुगिने प्राकृतिक टावरमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो शनिबार सार्वजनिक भएको हो । 

पालुङ जेसीजका पूर्व अध्यक्ष एवम् नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले निर्देशन गर्नुभएको रामकुमार प्रधानको ‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ ।  गीतमा चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको छ । 

देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको उक्त म्युजिक भिडियोमा मेकअप रवि केसीको रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

हाल संयुक्त अरब इमिरेट्स(युएइ)स्थित आवुधाबीमा रहनुभएका गीतकार एवम् निर्माता प्रधानले थाहापाटीसित कुरा गर्दै दामनको कीर्तिमानी फलामे भ¥याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो बन्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको बताउनु भयो । यसअघि उहाँको एउटा गीत रेकर्ड भइसकेको भए पनि म्युजिक भिडियोसहित सार्वजनिक भएको पहिलो हो । 

गीतकार प्रधानले ‘परदेशबाट घरदेश जाने दाइ, सञ्चै छ रे भनिदिनू मेरी प्यारीलाई’ भन्दै गीतमार्फत् परदेशमा आफ्नो प्यारीको सिरानीमा राखेको फोटोबाहेक अरु सबै विरानी भएको र अर्को साल आफू पनि घर आउने बताउनु भएको छ । 

म्युजिक भिडियोमा संगीत संयोजन आमोस गोलेको रहेको छ भने निसान घिमिरेको सम्पादन रहेको छ । 

आफ्नो २७ औं निर्देशनमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएपछि थाहापाटीसित प्रतिक्रिया व्यक्त गर्दै निर्देशक अमात्यले भन्नु भयो, ‘राष्ट्रिय ख्यातीप्राप्त टिमसँग काम गर्ने अवसर पाएँ, अघि बढ्न अझ उत्साह थपिएको छ ।’ 

‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा दामनको भर्‍याङ र प्राकृतिक टावरको अतिरिक्त थाहा नगरका विभिन्न दृश्यहरु समेटिएका छन् । 
हेर्नुुुुुहाेेस् भिडियो :

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...