pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनको भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक(भिडियाेसहित)

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित नेपालकै लामो फलामे भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार एवम् निर्माता रामकुमार प्रधानको पहिलो म्युजिक भिडियो शनिबार घटस्थापनाको अवसर पारेर चर्चित ओयसआर डिजिटलले युटुव च्यानलमार्फत् सार्वजनिक गरेको हो । 

दामनका स्थानीय समाजसेवी विनोदकुमार लामाको परिकल्पनामा निर्माण गरिएको फलामे भर्‍याङ र भर्‍याङ चढेर पुगिने प्राकृतिक टावरमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो शनिबार सार्वजनिक भएको हो । 

पालुङ जेसीजका पूर्व अध्यक्ष एवम् नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले निर्देशन गर्नुभएको रामकुमार प्रधानको ‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ ।  गीतमा चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको छ । 

देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको उक्त म्युजिक भिडियोमा मेकअप रवि केसीको रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

हाल संयुक्त अरब इमिरेट्स(युएइ)स्थित आवुधाबीमा रहनुभएका गीतकार एवम् निर्माता प्रधानले थाहापाटीसित कुरा गर्दै दामनको कीर्तिमानी फलामे भ¥याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो बन्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको बताउनु भयो । यसअघि उहाँको एउटा गीत रेकर्ड भइसकेको भए पनि म्युजिक भिडियोसहित सार्वजनिक भएको पहिलो हो । 

गीतकार प्रधानले ‘परदेशबाट घरदेश जाने दाइ, सञ्चै छ रे भनिदिनू मेरी प्यारीलाई’ भन्दै गीतमार्फत् परदेशमा आफ्नो प्यारीको सिरानीमा राखेको फोटोबाहेक अरु सबै विरानी भएको र अर्को साल आफू पनि घर आउने बताउनु भएको छ । 

म्युजिक भिडियोमा संगीत संयोजन आमोस गोलेको रहेको छ भने निसान घिमिरेको सम्पादन रहेको छ । 

आफ्नो २७ औं निर्देशनमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएपछि थाहापाटीसित प्रतिक्रिया व्यक्त गर्दै निर्देशक अमात्यले भन्नु भयो, ‘राष्ट्रिय ख्यातीप्राप्त टिमसँग काम गर्ने अवसर पाएँ, अघि बढ्न अझ उत्साह थपिएको छ ।’ 

‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा दामनको भर्‍याङ र प्राकृतिक टावरको अतिरिक्त थाहा नगरका विभिन्न दृश्यहरु समेटिएका छन् । 
हेर्नुुुुुहाेेस् भिडियो :

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...