gumba-1715660528.jpg
Friday, 17 May, 2024
पर्यटन

दामनका होटलमा सवारी चालक र यात्रुलाई खानबस्न बन्द

मकवानपुरको प्रमुख पर्यटकीय स्थलको रुपमा चर्चित थाहा नगरपालिकास्थित दामन बजारमा सवारी चालक तथा यात्रुहरुलाई खानबस्न बन्द गरिएको छ । प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटनसँगै कोरोना भाइरस संक्रमणको जोखिम भएकोले सवारी चालक, स्टाफ र यात्रुहरुलाई खानेबस्ने सुविधा बन्द गरिएको थाहा होटल एसोसिएसनका अध्यक्ष शिबकुमार खत्रीले बताउनु भयो । 

स्थानीय होटल व्यवसायीहरु, दामन बजार व्यवस्थापन समिति र एभरेष्ट युवा विकास क्लबको बैठकले दामनमा त्रिभुवन राजपथ भएर आउजाउ गर्ने सवारी चालक र यात्रुहरुलाई कुनै सेवासुविधा प्रदान नगर्ने निर्णय गरिएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । ‘त्रिभुवन राजपथ भएर ओहोरदोहोर गर्ने सवारी चालकहरुलाई दामन बजारमा सवारी नरोक्न आग्रह गरेका छौं’ उहाँले भन्नु भयो । 

त्रिभुवन राजपथले तराईदेखि संघीय राजधानी काठमाण्डौं जोड्ने भएकोले बीचमा सवारी रोकेर स्थानीयको सम्पर्कमा आउँदा कोरोना भाइरस सर्न सक्ने भन्दै स्थानीय होटल व्यवसायीहरु होटलको सेवा बन्द गर्ने निर्णयमा पुगेका हुन् । 

बन्दाबन्दीपछि गत साउन १५ गतेदेखि दामनका होटलहरु संचालनमा आएको भए पनि पर्यटकहरुको चहलपहल थिएन । त्रिभुवन राजपथको बीचमा पर्ने भएकाले फाट्टफुट्ट गारी रोकिने गरेका थिए । 

दामन नजिकै रहेको सीमभन्ज्याङ बजार स्थानीय होटल व्यवसायीहरुको निर्णयमा यसअघि नै बन्द भइसकेको छ ।

 


world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...