Saturday, 20 Apr, 2024
कृषि

थाहा २ का कृषकलाई उल्लेख्य मात्रामा कृषि सामाग्री वितरण

woda3-1673256200.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा थाहा नगरपालिका कृषि शाखाको आर्थिक सहयोग तथा थाहा २ मा अवस्थित जनता कृषि सहकारी संस्थाको सहयोगमा सहकारी संस्थाको कृषक सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा मिनि टीलर,बीउ बिजन लगायत कृषि सामाग्री बितरण गरियको छ।

थाहा नगरपालिका कृषि शाखा,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र वडा न २ को कृषि विकास कार्यक्रम अन्तर्गत वडामा मिनि टिलर ४८ वटा ,थोपा सिचाइको लागि १ हजार लिटरको हिलट्याङ्क १६ वटा,पानी तान्ने पम्प २९ वटा,विषादि छर्ने स्प्रे पम्प २५ वटा र एकरोल युभी प्लास्टिक बितरण गरियको छ। थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा कृषि सामाग्री बितरण गरियको हो।

कृषि सामाग्री बितरण कार्यक्रममा थाहा नगर कृषि बिकास शाखाका प्रमुख संजय तिवारी,कृषि सहायक राजकुमार श्रेष्ठ ,वडा न १ का अध्यक्ष हेरमान २ का अध्यक्ष बम बहादुर सिनतान ,वडा सदस्य युवराज बिष्ट ,कार्यपालिका सदस्य रितु कार्की,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिब नवराज बिष्ट २ न वडाका कृषि प्राविधिक लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित आय आर्जनमा जोडिने कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए साथै वहाँले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भनका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...