pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहामा जिल्लामै पहिलोपटक पर्यटनका लागि फिल्म फेस्टिबल हुने।

FB_IMG_1693063597916-1693063792.jpg

मकवानपुर जिल्लामै पहिलो पटक पर्यटकीय नगरी ‘थाहा’मा फिल्म फेस्टिबल हुने भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नाराकासाथ ९ देखि १५ मंसिरसम्म फिल्म फेस्टिबल हुने भएको हो । फेस्टिबलको विषयमा ९ भाद्रमा हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

थाहा कला केन्द्रले आयोजना गर्ने फिल्म फेस्टिबलमा बागमती प्रदेशको सस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको प्रत्यक्ष सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका अनुभवी कलाकारलाई थाहानगर बारे जानकारी गराउने उद्देश्यले फिल्म फेस्टिबल आयोजन ागर्न लागिएको आयोजक कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिए ।

कार्यक्रमबारे प्रकाश पार्दै संयोजक प्रमोदकृष्ण जोशी,

फिल्म फेस्टिबकै अवसरमा पर्यटन प्रवद्र्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखेर अवलोकनमा आकिर्षत गराउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकासंग पारस्परिक गराउन प्रयास गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो निर्माता, निर्देशक तथा निर्माण समूहसग विशेष अन्तत्र्रिmया गर्ने अध्यक्ष मोक्तानले बताए । फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पत्रकार सम्मेलनमा जानकारी गराए । कलाकेन्द्रका अध्यक्ष मोक्तानले भने–‘फिल्म फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचरफिल्म र सर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौं ।’

फिल्म फिेस्टिबलको २७ लाख बढी लागत अनुमान गरिएको कार्यक्रम उपसंयोजक राजिव स्याङतानले जानकारी दिए । पत्रकार सम्मेलनमा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, चलचित्र पत्रकार संघका अध्यक्ष कपिल खड्का ,थाहा नगरपालिकाका कुमार नेगीलगायतको उपस्थित रहेको थियो । थाहानगर पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...