jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

पर्यटन

थाहामा आरोग्य पर्यटन प्रवर्द्धनबारे छलफल सम्पन्न

FB_IMG_1747579281890-1747579300.jpg

थाहा, मकवानपुर – थाहा नगरपालिकामा आरोग्य पर्यटन प्रवर्द्धनका सम्भावनाबारे "आरोग्य थाहा" शिर्षक अन्तर्गत विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत  सुरेन्द्र प्रधान, जनप्रतिनिधि हरु,कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख हरु, पर्यटन व्यवसायी,राजनैतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका विज्ञहरू र नेपाल सरकारका पुर्व मुख्य सचिब बैकुण्ठ अर्याल,जीवन बिज्ञानका राजु हुमागाइ , जीवन बिज्ञान योग प्रशिक्षक गिता रेग्मी,बलराम आचार्य,थाहा जीवन बिज्ञान प्रयोगशालाका अध्यक्ष बिमल कुमार ढकाल, लगायतको सहभागितामा आयोजित गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले थाहा नगरको प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदालाई आरोग्य पर्यटनसँग जोडेर स्थानीय विकासको नयाँ ढोका खोल्न सकिने धारणा व्यक्त गरे। थाहा नगरमा रहेको हरित वातावरण, जडीबुटी,चिसोपानीका  स्रोतहरू तथा योग/ध्यान केन्द्रहरूलाई आधार बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनाबारे छलफल गरियो।
कार्यक्रमका मुख्य वक्ता पूर्व मुख्य सचिव बैकुण्ठ  अर्यालले थाहा नगरको प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदालाई आधार बनाई आरोग्य पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म स्थानीय सरकारको नेतृत्वमा पर्यटन, स्वास्थ्य र वातावरण क्षेत्रबीचको समन्वय अत्यावश्यक रहेको बताउनुभयो।

थाहा नगरपालिकाका नगरप्रमुख बिष्णु बिष्टले नगरपालिकाले आरोग्य पर्यटन प्रवर्द्धनका लागि नीतिगत सहयोग गर्न तत्पर रहेको जनाउँदै आवश्यक पूर्वाधार विकास, सूचना प्रवाह तथा प्रचारप्रसारमा ध्यान दिइने बताए। कार्यक्रममा सहभागी विज्ञहरूले स्वास्थ्य पर्यटनलाई व्यवस्थित बनाउनको लागि स्थानीय स्रोत साधनको समुचित प्रयोग, तालिम र जनचेतनाको आवश्यकता औंल्याए।

छलफलबाट थाहा नगरलाई ‘आरोग्य पर्यटन गन्तव्य’ को रूपमा विकास गर्न चरणबद्ध रणनीति तय गर्ने सहमति समेत भएको छ।

FB_IMG_1747579281890-1747579311.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...