pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहामा आरोग्य पर्यटन प्रवर्द्धनबारे छलफल सम्पन्न

FB_IMG_1747579281890-1747579300.jpg

थाहा, मकवानपुर – थाहा नगरपालिकामा आरोग्य पर्यटन प्रवर्द्धनका सम्भावनाबारे "आरोग्य थाहा" शिर्षक अन्तर्गत विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत  सुरेन्द्र प्रधान, जनप्रतिनिधि हरु,कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख हरु, पर्यटन व्यवसायी,राजनैतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका विज्ञहरू र नेपाल सरकारका पुर्व मुख्य सचिब बैकुण्ठ अर्याल,जीवन बिज्ञानका राजु हुमागाइ , जीवन बिज्ञान योग प्रशिक्षक गिता रेग्मी,बलराम आचार्य,थाहा जीवन बिज्ञान प्रयोगशालाका अध्यक्ष बिमल कुमार ढकाल, लगायतको सहभागितामा आयोजित गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले थाहा नगरको प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदालाई आरोग्य पर्यटनसँग जोडेर स्थानीय विकासको नयाँ ढोका खोल्न सकिने धारणा व्यक्त गरे। थाहा नगरमा रहेको हरित वातावरण, जडीबुटी,चिसोपानीका  स्रोतहरू तथा योग/ध्यान केन्द्रहरूलाई आधार बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनाबारे छलफल गरियो।
कार्यक्रमका मुख्य वक्ता पूर्व मुख्य सचिव बैकुण्ठ  अर्यालले थाहा नगरको प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदालाई आधार बनाई आरोग्य पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म स्थानीय सरकारको नेतृत्वमा पर्यटन, स्वास्थ्य र वातावरण क्षेत्रबीचको समन्वय अत्यावश्यक रहेको बताउनुभयो।

थाहा नगरपालिकाका नगरप्रमुख बिष्णु बिष्टले नगरपालिकाले आरोग्य पर्यटन प्रवर्द्धनका लागि नीतिगत सहयोग गर्न तत्पर रहेको जनाउँदै आवश्यक पूर्वाधार विकास, सूचना प्रवाह तथा प्रचारप्रसारमा ध्यान दिइने बताए। कार्यक्रममा सहभागी विज्ञहरूले स्वास्थ्य पर्यटनलाई व्यवस्थित बनाउनको लागि स्थानीय स्रोत साधनको समुचित प्रयोग, तालिम र जनचेतनाको आवश्यकता औंल्याए।

छलफलबाट थाहा नगरलाई ‘आरोग्य पर्यटन गन्तव्य’ को रूपमा विकास गर्न चरणबद्ध रणनीति तय गर्ने सहमति समेत भएको छ।

FB_IMG_1747579281890-1747579311.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...