pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहामा आगामी वर्ष हुने क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुरु 

मकवानपुरको थाहा नगरपालिकामा आगामी वर्ष हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुरु गरिएको छ । 

४१ औं विश्व पर्यटन दिवसको अवसरमा दामनमा एक अन्तरक्रिया तथा परामर्श कार्यक्रमको आयोजना गरी पालुङ जेसीजले सम्मेलनको तयारी शुरु गरेको हो । 

करिब ५ सय युवाहरुको सहभागितामा हुने सम्मेलन भव्यरुपमा सफल पार्न अहिलेदेखि नै तयारी  थालिएको पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीले बताउनु भयो । 

नेपालकै सबैभन्दा लामो फलामे भ¥याङसहितको प्राकृतिक टावरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारवाला सबैको प्रतिवद्धता लिइएको अध्यक्ष रायमाझीको भनाइ रहेको छ । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढमाल, थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान, थाहा होटल एसोसिएसनका कोषाध्यक्ष सुमन विष्ट, पालुङ जेसीजका निवर्तमान अध्यक्ष कुमार नेगी लगायतले बोल्नु भएको थियो । 

कार्यक्रममा वक्ताहरुले सबैले आगामी वर्ष सन् २०२१ मा पालुङ जेसीजको आतिथ्यतामा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सफल पार्न आआफ्नो तर्फबाट गहन भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...