pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहानगरमा प्यारा ग्लाइडिङको सफल परीक्षण
अब छिट्टै थाहानगर माथीको आकाशमा प्याराग्लाइडिङमा उड्न पाईने

Ali-Sleimon-copy-1529399258.jpg
पर्यटकीय गन्तव्य उत्तरी मकवानपुरको थाहानगरमा प्याराग्लाइडिङको उडाउन गरिएको परिक्षण सफल भएके छ । स्थानीय युवाहरुको समूहले पोखराबाट प्याराग्लाइडिङको विशेषज्ञ बोलाएर गरिएको परीक्षण सफल भए पछि अब छिट्टै थाहानगर माथीको आकाशमा प्याराग्लाइडिङमा उड्न पाईने भएको छ । थाहा नगरपालिका–२ कुटीप्वाल डाँडाबाट थाहाको इन्द्रायणीचौर, फुलपाती चौर, बज्रवाराही र चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ उडाउन सकिने परीक्षणमा सहभागी विशेषज्ञ अलीले जानकारी दिए । इजरायलका नागरिक अलिले पोखरामा आफ्नै कम्पनी खोलेर व्यवसायिक ढंगले प्याराग्लाइडिङ क्षेत्रमा काम गर्दै आएका छन् । पोखराको सराङ्कोटमा प्याराग्लाइडिङ शुरु गर्नु अघि अलिले यससम्बन्धी ५ वर्ष अनुसन्धान गरेका थिए । पोखराको दुनाटपरी रेस्टुरेन्टमार्फत् सम्पर्कमा आएका अलि दुईवटा प्यारा ग्लाइडिङ लिएर डेढ साताअघि थाहानगर आएका थिए । उनले १० दिन थाहानगरमा विताए । त्यसमध्ये ३ दिन ३ रात लगातार थाहा–२ को कुटिप्वाल(२,१८५ मि.) आसपास क्षेत्रमा हावाको चाप परीक्षण गर्दै प्याराग्लाइडिङ टेस्टिङ गर्दा कुटिप्वालबाट प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्ष निकालेका थिए । थाहानगरका युवाहरु निरोज प्रधान, रामशरण नेपाल, श्रीराम कार्की, मनोज रायमाझी र अनिल विष्टको समूहले पोखरास्थित दुनाटपरी रेस्टुरेन्टमार्फत् अलिलाई थाहानगर झिकाएका थिए । प्याराग्लाइडिङ परीक्षणको क्रममा भएको खर्च युुवाहरु आफैले व्यहोरेका छन् । प्याराग्लाइडिङको सफल परीक्षण पछि पोखरा फर्किएका अलि आगामी भदौमा पुनः थाहानगर आउने कार्यक्रम रहेको निरोज प्रधानले बताए । ‘भदौमा आउँदा थाहा नगरका युवाहरुलाई निःशुल्क रुपमा प्याराग्लाडिङ उडाउन सिकाउने पनि प्रधनले बताए । प्याराग्लाइडिङको सफल परीक्षणपछि अलीले प्यारा ग्लाइडिङ उडाउनको लागि अहिलेलाई कुटीप्वाल डाँडा सम्म मोटरबाटो पुगेकोले हाललाई कुटीप्वालमा ससाना चिया पसल, कटेज र होटल खोलेर प्यारा ग्लाइडिङ उडाउन सकिने सम्भाव्यता देखाएका छन् । पहिलो चरणमा कुटीप्वालबाट प्याराग्लाइडिङ उडाएपछि दोस्रो चरणमा सीमभन्ज्याङभन्दा उचाइमा रहेको कोटथुम्की(२,७०० मि.) बाट उडाउने पनि निरोज प्रधानले बताए । थाहानगरमा प्यारा ग्लाइडिङ सेवा शुरु गर्न सके काठमाण्डौंबाट नजिक भएकोले पर्यटकहरुको ओइरो लाग्ने आसा गरिएको छ । तर यसको दर्ता प्रक्रिया लामो भएकाले थाहा नगरपालिकाले सहजीकरण गर्नु पर्ने युवाहरु बताउँछन् । यसअघि थाहा नगरकै वडा नं. १२ तारुका डाँडामा पनि प्यारा ग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त डाँडाबाट उडाउने गरी प्यारा ग्लाइडिङ दर्ताका लागि पर्यटन मन्त्रालयमा फाइल पुगिसकेको छ ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...