pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहानगरकोे ठुलोफाकल ठाडखोला क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउदै थाहा नगर

447901336_137811834954433-1718285193.jpg

 थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले थाहा –५ मा रहेको प्राकृतिक सुन्दरता चिनाउदै पर्यटन प्रबद्र्धन गर्न ठुलोपाकल– बाँझघारी – ठाडखोला झरना सम्मको मोटरबाटो तथा पैदलमार्गलाई प्राथमिकतामा राखि निर्माण गर्ने बताउनु भएको छ । नगर प्रमुख विष्टले थाहा नगरको दामन सिमभन्ज्याङ्गको शितलता र प्राकृतिक सुन्दरता हेर्न आउने आन्तरिक र बाह्य पर्यटकलाई नगरको ठुलोफाकल क्षेत्र हुँदै ठाडखोल झरना सम्म जोड्न ठुलोफाकल– बाँझघारी–ठाडखोला मोटरबाटो र ठाडखोला झरना देखि बाँझघारी सम्म ट्रेकिङ्ग बाटो निर्माणका लागि नगरपालिका जुट्ने बताउनु एको हो । उक्त मोटरबाटो निर्माण पछि ईन्द्रसोवरबाट दामन सिमभन्ज्याङ्गको शितलता र सुन्दरतामा रमाउन आधा घण्टामै पुग्न सकिन्छ भने प्राकृतिक सुन्दरतामा रमाउदै पैदलमार्गको मनोरम यात्रा पनि गर्न सकिने भएकाले नगर भित्र पर्यटन प्रबद्र्धनका लागि स्थानिय सँग छलफल गर्दै प्रमुख विष्टले स्थलगत अनुगमन गरि ठाडखोला क्षेत्रमा प्राकृतिक स्वीमिङ्ग स्थल तथा सेल्फी पुल बनाउन सम्भाव्यता अध्ययन भईरहेको र छिट्टै सो कार्यलाई पुर्णता दिने पनि बताउनु भयो । छलफलमा थाहा नगर होटल एसोसियसनका अध्यक्ष शिबकुमार खत्रीले उल्लेखित योजनाले सो क्षेत्रको कृषी उत्पादनलाई र प्राकृतिक सुन्दरतालाई पर्यटन सँग जोड्ने र ईन्द्रसरोवर तथा दामन सिमभन्ज्याङ्ग आएका पर्यटककालागि गन्तब्य थपिने भएकाले यो योजना सार्थक बनाएर पर्टटकिय गन्तब्य चिनाउनु पर्ने बताउनु भयो । पालुङ बहुउदेश्यि सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीले थाहा –५ को सानोपाकल, ठुलो फाकल क्षेत्र प्राकृतिक मनोरमका साथै कृषीको उर्भर भुमी भएको र होम स्टे संचालन तथा प्रबद्र्धन गरि पर्यटक भित्र्याउन सकिने भएकाले उक्त क्षेत्रमा मोटरबाटोको पहुँच पु¥याउदै ट्रेकिङ्ग रुट समेत बनाउन सकिने बताउनु भयो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...