pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको सीमभन्ज्याङ्गमा पर्वतीय तालको डिपिआर तयार – संरक्षणमा स्थानिय जुटे
ताल निर्माण पछि महत्त्वपूर्ण पर्यटनको गन्तब्य हुने – मेयर बिष्ट 

taal-cover-1622533124.jpg

थाहा नगरपालिका स्थित सिमभन्ज्याङ्गमा निर्माणाधिन पर्वतिय कृतिम तालको निर्माणका लागि बागमती प्रदेश सिचाई कार्यालयले डिजाइन स्टमेट तयार गरेको छ ।
कार्यालयले डिजाइन स्टमेट तयार गरेपछि ताल बन्ने पक्का भएको र यसले थाहा नगरको पर्यटकीय विकासको लागि महत्त्वपूर्ण गन्तब्य हुने थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताउनु भयो ।


करुणा भुमि सामुदायिक वन उपभोक्ता समितिको पहलमा मकवानपुरको सबैभन्दा अग्लो स्थानमा बिगत ७ बर्षदेखि नै ताल निर्माणको प्रकृयाको थालनी भएतापनि अहिले काम अगाडि बढेको हो । 

कार्यालयले डिजाइन स्टमेट तयार गरेपछि ताल बन्ने पक्का भएको र यसले थाहा नगरको पर्यटकीय विकासको लागि महत्त्वपूर्ण गन्तब्य थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताउनु भयो ।


थाहानगरपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य दामन सिमभन्ज्याङमा यो तालको निर्माण भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने र हिउदको समयमा ताल तलतिरको क्षेत्रमा पानीको अभाबलाई कम गर्न तालको महत्त्व बढी हुने करुणा भुमि सामुदायिक वनका अध्यक्ष बिनोदकुमार लामाले बताउनुभयो । अध्यक्ष लामाले सामुदायिक वनको अवधारणा अनुरुप उक्त क्षेत्रमा पर्यटन पार्क मोहिनी कुन्ज निर्माण गर्न लागिएको र उक्त पार्कको एउटा पाटो यो ताल भएको बताउनुभयो ।

उक्त क्षेत्रमा पर्यटन पार्क मोहिनी कुन्ज निर्माण गर्न लागिएको पर्यटकको आकर्षणको केन्द्र बन्ने र हिउदको समयमा ताल तलतिरको क्षेत्रमा पानीको अभाबलाई कम गर्न तालको महत्त्व बढी हुने करुणा भुमि सामुदायिक वनका अध्यक्ष बिनोदकुमार लामाले बताउनुभयो ।


उक्त तालमा लोपोन्मुख असला जातको माछा समेत पालन गरि तालमा बोटिङ र फिसिङ गर्ने ब्यवस्था मिलाई स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको सामुदायिक वनका  उपाध्यक्ष ओमकर बिष्टले बताउनुभयो ।
नगरपालिकाको पर्यटन क्षेत्रको बिकासमा महत्त्वपूर्ण रहेको नेपालकै उच्च स्थानमा निर्मित कृतिम ताल निर्माण सम्पन्न गर्नको लागि आफुले पहल गरिरहेको र सोको लागि नगरपालिकाको तर्फबाट पुर्ण सहयोग गर्ने थाहा नगरपालिकाका प्रमुख लबशेर बिस्टले बताउनुभयो ।

यसैबिच करुणाभुमि सामुदायिक वन उपभोक्ता समुहको पहलमा निर्मानाधिन उक्त पर्वतीय ताल क्षेत्रमा सोमबार सरसफाई गरेका छन ।  सिमभन्ज्याङ्गका युवाहरुले तालमा  बर्षाका कारण पानीको बहावले खोलिएको बाँध मर्मत गरेका हुन । साथै ताल आसपास भएका फोहोरपनि सफा गरिएको बजार ब्यवस्थापन समिति सिमभन्ज्याङका सचिब अमित पाख्रीनले बताउनुभयो ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...