gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
पर्यटन

तेस्रो थाहा महोत्सवको औपचारिक घोषणा

-शम्भु अधिकारी

थाहा नगर उद्योग बाणिज्यको आयोजनामा २०७५ कात्तिक १० गते देखि १८ गतेसम्म इन्द्रायणी चौरमा हुन गर्इरहेको व्यापार मेलाको आज पत्रकार सम्मेलन गरि औपचारिक घोषणा गरिएको छ ।

उद्योग बाणिज्य संघ शिखरकोटको सभाहलमा भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। थाहा नगर उद्योग बाणिज्य संघका सभापति कबिराज खत्रीको सभापतित्वमा भएको कार्यक्रममा बाणिज्य संघका महासचिव सुरेन्द्र मान प्रधानले तेस्रो थाहा महोत्सवको बारेमा विविध जानकारी दिनुभयो । महोत्सवले मकवानपुरको प्रचार प्रचारमा सकरात्मक सञ्चार भै थाहा नगर लगायत उत्तरी मकवानपुरको कृषि ,पर्यटनमा प्रबर्द्धन तथा बिकासको निम्ति कोशे ढुङ्गा साबित हुने अपेक्षा गरिएको महोत्सवमा सहभागी हुन संघ , सस्था, कम्पनी , उद्योग तथा ब्यापारीलाई सहभागी हुन आहवान गर्दै महोत्सवमा हुने कार्यक्रमको जानकारी दिइयो । 

महोत्सवको उद्देश्य भनेकै स्थानीय र बाह्य ब्याबसायी बिच शैली आदान प्रदान गर्ने औद्योगिक बिकासको सम्भावना खोज्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तेस्रो महोत्सवमा मुख्य आकर्षण झाकि प्रदसन, कृषि प्रदसनी, गैर कास्ट बन पैदावर प्रदसनी, हस्तकला , पैदलयात्रा, नौका बिहार, लोकदोहोरी, प्रहसन , बालमेला , मौतकी कुवा, अस्ट्रीजको निर्त्य, उटको नाच र रास्ट्रीय तथा स्थानिय कलाकारको प्रस्तुतिको साथै हरेक दिन लाइभ कन्सर्ट हुने जानकारी दिइयो । 

नौ दिन सम्म चल्ने महोत्सवलाई १ लाख ८० हजार जनाले अबलोकन गर्ने र ६ करोड रुपैयाको आर्थिक कारोबार हुने लक्ष राखिएको महोत्सव मा १९९ वटा स्टल रहने र त्यसका प्रतेक स्टलमा स्थानीय ब्याबसायी लाई २० देखि ३० प्रतिशत छुट दिने आयोजकले जानकारी दिइएको छ । 

महोत्सवमा कृषि परिषद स्टल , अटो तथा सबारिसाधन, होटल रेस्टुरेन्ट , फेन्सी तथा कस्मेटिक, हस्तकला , आइटी, परामर्श , बहुराष्ट्रिय कम्पनी ,खविशेष स्टल,खबैंक तथा अन्य स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई दर्जन रास्टीय कलाकारहरु बद्री पङ्गेनी, हेमन्त शर्मा , प्रमोद खरेल , पसुपती शर्मा , रामजी खाड , प्रीति आले, बल्छी धुर्बे, राजु मास्टर , असोक दर्जी लगाएतका कलाकार आउने टुंगो लागिसकेको मेलामा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने छ्न ।

इन्द्रायणी भगवती काला भैरब गुठी संरक्षण समिती सह आयोजक रहने मेला कात्तिक १० गते उद्द्घाटन भै १८ गते बिहान ८ बजे समापन हुने छ भने मेला प्रतेक दिन बिहान ९ बजेदेखी साझ ६ बजेसम्म संचालन हुने बताइएको छ ।

 


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...