Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

टुर डे लुम्बिनी थाहा नगरमा

शम्भु अधिकारी -     

फ्रान्समा जारी टुर डे फ्रान्सको नेपाल संस्करण टुर डे लुम्बिनी आज थाहा नगरमा आइपुगेको छ । ७० जनाको टोली संयोजक देवेन्द्र बस्नेतको संयोजकत्वमा थाहा नगर आइपुगेको हो । थाहा नगर आइपुगेका साइकल यात्रीहरुलाई थाहा नगरका उपप्रमुख खड्ग गोपालि,  थाहा कला केन्द्र, बजार व्यवस्थापन समिति, शिखरकोट होटल व्यवसायी, स्थानीय विद्यार्थी शिक्षक लगाएतका टोलिले भव्य स्वागत गरे । थाइल्यान्डका ४ जना बेलायतका ३ जना अमेरिकाका १ जना सहित ७० जना साइकल यात्रीलाई शिखरकोट बजारमा थाहा नगरका उपप्रमुख खड्ग गोपाली सहितका टोलिले भव्य स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै उप मेयर खड्ग गोपालीले थाहाको पर्यटन विकासको निम्ती यस्ता कार्यक्रमहरु निरन्तर आइरहन पर्ने साथै होटल व्यवसायीहरु पनि व्यवस्थित हुनु पर्नेमा जोड दिनु भयो । त्यसै गरी साइकल टुरका थाहा नगर संयोजक शम्भु विष्टले थाहा नगरको ऋषेश्वर र लुम्बिनीलाई पनि बुद्ध भुमिमा जोड दिनु पर्ने बताउनु  भयो । टुर डे लुम्बिनीका संयोजक देवेन्द्र बस्नेतले बुद्ध जयन्तिको दिन त्रिभुवन राजपथ हुदै पाँच हजार मान्छे बुद्ध जन्मस्थल लुम्बिनीमा उत्तार्ने लक्ष्य रहेको बताए त्यसै गरी यस कार्यक्रमले थाहाको होटल व्यवसायीहरुलाई पनि फाइदा पुग्ने भन्दै थाहा ३ शिखरकोटमा रहेका पिकनिक रेष्टुरेन्टका संचालक कृष्ण रायमाझीले खुशी व्यक्त गर्नु भयो । पर्यटन प्रवद्र्धनको निम्ती र धार्मिक पर्यटनको निम्ती टुर डे लुम्बिनीको निम्ती यस त्रिभुवन राजपथ चुनेकोमा धन्यवाद व्यक्त गर्दे शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले खुशी व्यक्त गर्नु भयो । उक्त कार्यक्रमा पर्यटन प्रवद्र्धनका निम्ती थाहा नगरमा राम्रो कार्यक्रम भएको भन्दै दामन भ्यूटावरका संचालक भरत गोपाली, स्थानीय विद्यालयका प्र. उर्मिला गोपाली , दामन होटल व्यवसायी शिव कुमार खत्री, सुमन विष्ट लगाएतकाले शुभकामना व्यक्त गरे ।साथै थाहा कलाकेन्द्रका कलाकारहरुले साइकल यात्रीहरुलाई राष्ट्रिय पोशाक लगाएर स्वागत गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...