gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

टुर डे लुम्बिनी थाहा नगरमा

शम्भु अधिकारी -     

फ्रान्समा जारी टुर डे फ्रान्सको नेपाल संस्करण टुर डे लुम्बिनी आज थाहा नगरमा आइपुगेको छ । ७० जनाको टोली संयोजक देवेन्द्र बस्नेतको संयोजकत्वमा थाहा नगर आइपुगेको हो । थाहा नगर आइपुगेका साइकल यात्रीहरुलाई थाहा नगरका उपप्रमुख खड्ग गोपालि,  थाहा कला केन्द्र, बजार व्यवस्थापन समिति, शिखरकोट होटल व्यवसायी, स्थानीय विद्यार्थी शिक्षक लगाएतका टोलिले भव्य स्वागत गरे । थाइल्यान्डका ४ जना बेलायतका ३ जना अमेरिकाका १ जना सहित ७० जना साइकल यात्रीलाई शिखरकोट बजारमा थाहा नगरका उपप्रमुख खड्ग गोपाली सहितका टोलिले भव्य स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै उप मेयर खड्ग गोपालीले थाहाको पर्यटन विकासको निम्ती यस्ता कार्यक्रमहरु निरन्तर आइरहन पर्ने साथै होटल व्यवसायीहरु पनि व्यवस्थित हुनु पर्नेमा जोड दिनु भयो । त्यसै गरी साइकल टुरका थाहा नगर संयोजक शम्भु विष्टले थाहा नगरको ऋषेश्वर र लुम्बिनीलाई पनि बुद्ध भुमिमा जोड दिनु पर्ने बताउनु  भयो । टुर डे लुम्बिनीका संयोजक देवेन्द्र बस्नेतले बुद्ध जयन्तिको दिन त्रिभुवन राजपथ हुदै पाँच हजार मान्छे बुद्ध जन्मस्थल लुम्बिनीमा उत्तार्ने लक्ष्य रहेको बताए त्यसै गरी यस कार्यक्रमले थाहाको होटल व्यवसायीहरुलाई पनि फाइदा पुग्ने भन्दै थाहा ३ शिखरकोटमा रहेका पिकनिक रेष्टुरेन्टका संचालक कृष्ण रायमाझीले खुशी व्यक्त गर्नु भयो । पर्यटन प्रवद्र्धनको निम्ती र धार्मिक पर्यटनको निम्ती टुर डे लुम्बिनीको निम्ती यस त्रिभुवन राजपथ चुनेकोमा धन्यवाद व्यक्त गर्दे शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले खुशी व्यक्त गर्नु भयो । उक्त कार्यक्रमा पर्यटन प्रवद्र्धनका निम्ती थाहा नगरमा राम्रो कार्यक्रम भएको भन्दै दामन भ्यूटावरका संचालक भरत गोपाली, स्थानीय विद्यालयका प्र. उर्मिला गोपाली , दामन होटल व्यवसायी शिव कुमार खत्री, सुमन विष्ट लगाएतकाले शुभकामना व्यक्त गरे ।साथै थाहा कलाकेन्द्रका कलाकारहरुले साइकल यात्रीहरुलाई राष्ट्रिय पोशाक लगाएर स्वागत गरेका थिए ।


world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...