pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चित्लाङ आउने पर्यटकको लागि थप सुविधा
संचालनको तयारीमा ‘चित्लाङ रिसोर्ट’ 

37033777_1014061448771358-1531554972.jpg

     पर्यटकीय नगरी थाहाको एक सुन्दर रमणिय ठाउँ चित्लाङ जसको पनि मन खिच्न सक्ने एउटा रमाइलो स्थान हो ।  मौलिक सांस्कृतिक, ऐतिहाँसिक पक्षको साथमा प्राकृतिक बिविधताले पर्यटकको मन जितिरहेको चित्लाङमा पर्यटकको चाहाना र सुविधाको लागि निर्माण भैरहेको चित्लाङ रिसोर्टले अब चाँडैनै आफ्नो सेवा शुरु गर्ने गरि तयारी गरिरहेको छ । 
     हरदिन आफ्नो ठाउँको पर्यटन पवद्र्घनमा दिन रात खटिरहने थाहा नगर पालिकाको वडा नम्बर ९ का तीन दाजुभाई रामशरण नेपाल, देवेन्द्र नेपाल र दिपक नेपालको  प्रयास र लगानिमा यो होटल निर्माण भैरहेको हो । आफ्नो ठाउँ चिनाउने र यही ठाउँमा केही गर्नु पर्छ भन्ने एउटै मन भएका तीन दाजु भाईले चित्लाङको पर्यटन प्रवद्घनको क्रममा धेरै पर्यटकहरुले स्तरिय भौतिक पुूर्वाधार तथा स्तरिय सुविधा अभाव देखिए पछि सुविधा सम्पन्न रिसोर्ट खोलेको बताउँछन् । 


स्वदेशि तथा बिदशी पर्यटकको लागि लक्षित गरि हाल करिब २२ रोपनी आफ्नै जग्गामा दुई चरणमा गरि करिब १० करोड लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको रामशरण नेपालले बताउनु भयो । चित्लाङका तीन दाजु भाईले काठमाण्डौका बिभिन्न ठुला तारे होटलहरुको अनुभवले स्थानिय चित्लाङ अर्गानिक भिलेज रिसोर्ट ब्यबसाय लगायत पर्यटन प्रवद्र्घन तथा ब्यबसायमा बिगतलामो समयदेखि काम गर्दै आएरहेका छन् । पर्यटन ब्यवसायी मौलिक शैलीमा प्राकृतिक वातावरण अनुकुल, प्राय स्थानिय निर्माण सामाग्री प्रयोग गरिएको भुकम्प प्रतिरोधि हिसावमा निर्माण भैरहेको यो रिसोर्ट पुर्ण संन्चालनमा आए पश्चात थाहा नगर पालिका, ईन्द्रसरोवर तथा समग्र यस क्षेत्रकै पर्यटन विकासमा ठुलो मद्दत पुग्ने विश्वास सहित निर्मार्ण गरिएकोले सबैको सद्भाव मिल्ने विस्वास लिएको बताएका छन् ।

नेपाली गाउँले प्राचीन शैली झल्कने रिसोर्ट तारे होटलको मापदण्डमा निर्माण भइरहेको संचालक राम शरण नेपालले बताउनु भयो । खानपिनमा नेपाली स्वाद, स्थानीयपन तथा आवश्यकता अनुसार विदेशी मेनु अनुसारको सुविधा दिने गरी व्यवस्था गरिने भएको छ । चित्लाङ रिसोर्टमा प्राचीन शैलीका संरचना, प्राकृतिक वातावरण मात्र हैन यहाँ मौलिक लोक साँस्कृतिक नाचहरु, लोक बाजागाजाको मज्जा लिने व्यवस्था रिसोर्ट गरिने भएको छ । स्थानीय क्षेत्रमा उत्पादन भएको अन्नहरुको स्वाद रिसोर्टले उपलब्ध गराउने योजना लिएको छ । ग्राहकको चाहाना अनुसार नजिकैको ईन्द्रसरोवरमा जलयात्रा, दामन सिमभञ्ज्याङसम्म हाईकिङ सहितका प्याकेज रिसोर्टले बनाउने भएको छ । रिसोर्टमा मिटिङग सेमिनारहरुको लागि सुविधा सम्पन्न हल बनाइने भएको छ । पर्यटकहरुका लागि भिलेज टुरहरुको प्याकेज र यसका लागि गाइडको समेत व्यवस्था गरिने छ संचालक नेपालले बताउनु भयो । केही दिनको लागि घुम्न आइसकेपछि बास बस्न तथा खानको लागि उपयुक्त होटलको कमि नहोस भनेर होटल निर्माण गरिएको बताइएको छ । 
    पर्यटकी नगरी थाहाको एक महत्वपूूर्ण पर्यटकीय स्थान चित्लाङ ग्रामिण बस्ती, शितल, सुन्दर बातावरण भएकोले जो कोही  घुम्नका साथै बास बस्ने र रमाइलो गर्न आउने एक महत्वपूर्ण गन्तव्य हो । पर्यटकीय नगरी थाहाका बिभिन्न स्थानका साथै दामन, नजिकै इन्द्रसरोबर लगायतको रमणिय स्थान भएकोले आउने पर्यटकको लागि समय बिताएको पत्तै नहुने बातावरण रहेको छ । चित्लाङका थुप्रै ऐतिहासिक स्थलहरुमध्येको एक हो अशोक चैत्य । भारतका सम्राट अशोक धेरै पटक नेपाल भ्रमणमा आउँदा सोही रुटको प्रयोग गर्ने भएकाले उनकी छोरी चारुमतीले सम्झनास्वरुप  करिब २५ सय वर्षअघि उक्त चैत्य बनाएको भन्ने भनाई रहेको छ । सोही चैत्यको नामबाट नै चित्लाङ नाम रहन गएको कथन समेत रहिआएको छ । यहाँको कात्तिक नाच एकदमै प्रसिद्ध रहेको छ । बुद्ध जयन्तीको अवसर पारेर यहाँ देशविदेशबाट ठूलो संख्यामा बुद्धधर्मावलम्बीहरु आउने गर्दछन् । सातधारा चित्लाङको अर्को ऐतिहासिक स्थल हो । सात वटा ढुंगेधारा रहेको यस क्षेत्र कुनै समय गणेश, शिव, कृष्ण र सरस्वतीको वासस्थान हुने गरेको बताइन्छ । यस क्षेत्र घना वनजंगलले ढाकिएको तथा हरेक समय खुला निलो आकास प्रष्ट आँखाले अनुभव गर्नका लागि पर्यटकको रोजाइ बनिरहेको छ ।    

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...