gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
पर्यटन

चित्लाङ आउने पर्यटकको लागि थप सुविधा
संचालनको तयारीमा ‘चित्लाङ रिसोर्ट’ 

37033777_1014061448771358-1531554972.jpg

     पर्यटकीय नगरी थाहाको एक सुन्दर रमणिय ठाउँ चित्लाङ जसको पनि मन खिच्न सक्ने एउटा रमाइलो स्थान हो ।  मौलिक सांस्कृतिक, ऐतिहाँसिक पक्षको साथमा प्राकृतिक बिविधताले पर्यटकको मन जितिरहेको चित्लाङमा पर्यटकको चाहाना र सुविधाको लागि निर्माण भैरहेको चित्लाङ रिसोर्टले अब चाँडैनै आफ्नो सेवा शुरु गर्ने गरि तयारी गरिरहेको छ । 
     हरदिन आफ्नो ठाउँको पर्यटन पवद्र्घनमा दिन रात खटिरहने थाहा नगर पालिकाको वडा नम्बर ९ का तीन दाजुभाई रामशरण नेपाल, देवेन्द्र नेपाल र दिपक नेपालको  प्रयास र लगानिमा यो होटल निर्माण भैरहेको हो । आफ्नो ठाउँ चिनाउने र यही ठाउँमा केही गर्नु पर्छ भन्ने एउटै मन भएका तीन दाजु भाईले चित्लाङको पर्यटन प्रवद्घनको क्रममा धेरै पर्यटकहरुले स्तरिय भौतिक पुूर्वाधार तथा स्तरिय सुविधा अभाव देखिए पछि सुविधा सम्पन्न रिसोर्ट खोलेको बताउँछन् । 


स्वदेशि तथा बिदशी पर्यटकको लागि लक्षित गरि हाल करिब २२ रोपनी आफ्नै जग्गामा दुई चरणमा गरि करिब १० करोड लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको रामशरण नेपालले बताउनु भयो । चित्लाङका तीन दाजु भाईले काठमाण्डौका बिभिन्न ठुला तारे होटलहरुको अनुभवले स्थानिय चित्लाङ अर्गानिक भिलेज रिसोर्ट ब्यबसाय लगायत पर्यटन प्रवद्र्घन तथा ब्यबसायमा बिगतलामो समयदेखि काम गर्दै आएरहेका छन् । पर्यटन ब्यवसायी मौलिक शैलीमा प्राकृतिक वातावरण अनुकुल, प्राय स्थानिय निर्माण सामाग्री प्रयोग गरिएको भुकम्प प्रतिरोधि हिसावमा निर्माण भैरहेको यो रिसोर्ट पुर्ण संन्चालनमा आए पश्चात थाहा नगर पालिका, ईन्द्रसरोवर तथा समग्र यस क्षेत्रकै पर्यटन विकासमा ठुलो मद्दत पुग्ने विश्वास सहित निर्मार्ण गरिएकोले सबैको सद्भाव मिल्ने विस्वास लिएको बताएका छन् ।

नेपाली गाउँले प्राचीन शैली झल्कने रिसोर्ट तारे होटलको मापदण्डमा निर्माण भइरहेको संचालक राम शरण नेपालले बताउनु भयो । खानपिनमा नेपाली स्वाद, स्थानीयपन तथा आवश्यकता अनुसार विदेशी मेनु अनुसारको सुविधा दिने गरी व्यवस्था गरिने भएको छ । चित्लाङ रिसोर्टमा प्राचीन शैलीका संरचना, प्राकृतिक वातावरण मात्र हैन यहाँ मौलिक लोक साँस्कृतिक नाचहरु, लोक बाजागाजाको मज्जा लिने व्यवस्था रिसोर्ट गरिने भएको छ । स्थानीय क्षेत्रमा उत्पादन भएको अन्नहरुको स्वाद रिसोर्टले उपलब्ध गराउने योजना लिएको छ । ग्राहकको चाहाना अनुसार नजिकैको ईन्द्रसरोवरमा जलयात्रा, दामन सिमभञ्ज्याङसम्म हाईकिङ सहितका प्याकेज रिसोर्टले बनाउने भएको छ । रिसोर्टमा मिटिङग सेमिनारहरुको लागि सुविधा सम्पन्न हल बनाइने भएको छ । पर्यटकहरुका लागि भिलेज टुरहरुको प्याकेज र यसका लागि गाइडको समेत व्यवस्था गरिने छ संचालक नेपालले बताउनु भयो । केही दिनको लागि घुम्न आइसकेपछि बास बस्न तथा खानको लागि उपयुक्त होटलको कमि नहोस भनेर होटल निर्माण गरिएको बताइएको छ । 
    पर्यटकी नगरी थाहाको एक महत्वपूूर्ण पर्यटकीय स्थान चित्लाङ ग्रामिण बस्ती, शितल, सुन्दर बातावरण भएकोले जो कोही  घुम्नका साथै बास बस्ने र रमाइलो गर्न आउने एक महत्वपूर्ण गन्तव्य हो । पर्यटकीय नगरी थाहाका बिभिन्न स्थानका साथै दामन, नजिकै इन्द्रसरोबर लगायतको रमणिय स्थान भएकोले आउने पर्यटकको लागि समय बिताएको पत्तै नहुने बातावरण रहेको छ । चित्लाङका थुप्रै ऐतिहासिक स्थलहरुमध्येको एक हो अशोक चैत्य । भारतका सम्राट अशोक धेरै पटक नेपाल भ्रमणमा आउँदा सोही रुटको प्रयोग गर्ने भएकाले उनकी छोरी चारुमतीले सम्झनास्वरुप  करिब २५ सय वर्षअघि उक्त चैत्य बनाएको भन्ने भनाई रहेको छ । सोही चैत्यको नामबाट नै चित्लाङ नाम रहन गएको कथन समेत रहिआएको छ । यहाँको कात्तिक नाच एकदमै प्रसिद्ध रहेको छ । बुद्ध जयन्तीको अवसर पारेर यहाँ देशविदेशबाट ठूलो संख्यामा बुद्धधर्मावलम्बीहरु आउने गर्दछन् । सातधारा चित्लाङको अर्को ऐतिहासिक स्थल हो । सात वटा ढुंगेधारा रहेको यस क्षेत्र कुनै समय गणेश, शिव, कृष्ण र सरस्वतीको वासस्थान हुने गरेको बताइन्छ । यस क्षेत्र घना वनजंगलले ढाकिएको तथा हरेक समय खुला निलो आकास प्रष्ट आँखाले अनुभव गर्नका लागि पर्यटकको रोजाइ बनिरहेको छ ।    


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...