pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चित्लाङमा प्यारा ग्लाइडिङको उडान सुरु,

FB_IMG_1695738698425-1695739967.jpg

थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सुरु गरिएको छ।
यश अघि पनि थाहा १ को कुटिप्वाकल र थाहा १२ मा परिक्षण उडान भएपनी औपचारिक सुरुवात हुन सकेको थिएन ।अहिले चित्लाङमा पनि परिक्षण उडान भएतापनी सबै कानुनी प्रक्रिया पूरा भएको र पटक पटको परिक्षण उडान सफल भैसकेकोले अब निरन्तरता पाउने थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामीले बताए।
अध्यक्ष बलामीका अनुसार असोज ९ मा मात्र १८ वटा परिक्षण उडान सफल भएको बताए।
"अब हामी बृहत कार्यक्रम गरेर यस्को औपचारिक उद्घाटन गर्छौ" अध्यक्ष बलामीको भनाइ रहेको छ।
लामो समय देखि चित्लाङको आकाशमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेको चित्लाङ्का पर्यटन व्यावसायि देवेन्द्र नेपालले बताए ।
बाबू एड्भेन्चरका संचालक तथा प्रबन्धनिर्देशक सानोबाबु सुनारले प्याराग्लाइडिङ संचालन बाट स्थानिय पर्यटन व्यावसायमा उल्लेख्य टेवा पुग्ने बताए भने स्थानिय राजेन्द्र बलामीले चित्लाङको पर्यटन उद्योगमा नयाँ अध्यायको सुरुवात भएको प्रतिक्रिया दिए।
यश अघि २०७५ साल असारमा थाहानगरका युवाहरु निरोज प्रधान, रामशरण नेपाल, श्रीराम कार्की, मनोज रायमाझी र अनिल विष्टको समूहले पोखरास्थित दुनाटपरी रेस्टुरेन्टमार्फत् अलिलाई थाहानगर झिकाएर थाहा नगरपालिका–२ कुटीप्वाल डाँडाबाट थाहाको इन्द्रायणीचौर, फुलपाती चौर, बज्रवाराही र चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ उडाउन सकिने परीक्षण गरेका थिए।
अलिले १० दिन थाहानगरमा वितार त्यसमध्ये ३ दिन ३ रात लगातार थाहा–२ को कुटिप्वाल(२,१८५ मि.) आसपास क्षेत्रमा हावाको चाप परीक्षण गर्दै प्याराग्लाइडिङ टेस्टिङ गर्दा कुटिप्वालबाट प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्ष निकालेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...