Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ग्रामीण पर्यटनको कारोबार १ करोड ७० लाख

gmp8-1697286503.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १४ औ साधारणसभा सम्पन्न गरेको छ। शिखरकोटको बिकास घरमा संस्थाका अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा थाहा अभियान्ता अक्कल बहादुर केसीको प्रमुख आतिथ्यता तथा निबर्तमान अध्यक्ष निरन्जन अधिकारी र सहकारीका सस्थापक अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यता रहेको साधारणसभामा ,प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी ,थाहा ३ का वडा सदस्य सबिता सुनार संस्थापक उपाध्यक्ष प्रेम कुमार केसि संस्थापक उकोषाध्यक्ष इन्द्रध्वज अधिकारी ,लेखा समिती संयोजक गणेश लामा, कोषाध्यक्ष सानुनानी अधिकारी ,सदस्य अशोक खाती,दुर्गा केसि ,अच्युत केसी ,ब्यबस्थापक अमृता हमाल ,लगायतका उपस्तिथि रहेको थियो।

साधारणसभामा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष शिबहरी बर्तौलाले थोरै पुजिलाइ संस्थागत गरि ग्रामीण भेगमा संचालित पर्यटन ब्यबसाय ,कुटिर उद्योग ,होटल ब्यबसाय तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने साना उद्योगहरुमा लगानी गरि पर्यटन ब्यबसायलाइ पर्बर्धन गर्नुनै सहकारिको उद्देश्य र लक्ष रहेको प्रष्ट पार्दै सहकारीले आगामी बर्षहरुमा पर्यटन बिकासका साथै सहकारी पसल स्थापना गरि सदस्यहरुलाइ सुपथ सामान उपलब्ध गराउने बताउनुभयो। सहकारी का सचिब प्रदिप केसि ले आफ्नो प्रतिबेदन पेश गर्दै सस्थाको कारोबार १ करोड ६९ लाख पुगेको बताउदै सेयर रकम ५० लाख ६४ हजार ऋण लगानी १ करोड १३ लाख ८० हजार तथा बैंक मौज्दात ५२ लाख ९६ हजार रहेको हिसाब पेस गर्नुभयो साथै वहाले आगामी बर्षहरुमा सेयर बढाउदै कारोबारलाइ अझ बिस्तारित बनाइने बताउदै संस्थाले सदस्यहरुको यथोचित आर्थिक वृद्धि गर्न शेयर वृद्धि ,तथा ऋण सुरक्षणका लागि विना धितो ऋण प्रवाह नगर्ने प्रस्ताव पेश गरेकोमा सभाले पारित गरेको थियो। साधारणसभामा संस्थाका लेखा सुपरिवेक्षण समिती संयोजक गणेश लामा,कोषाध्यक्ष सानुनानी अधिकारीले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमलाई शुभकामना दिनुहुदै अतिथि तथा संस्थाका पुर्व अध्यक्ष निरन्जन अधिकारीले सहकारी ले पर्यटन ब्यबसायमा लगानी गर्न ठोस एजेन्डा नहुदा समस्या रहेको बताउदै सदस्यहरुले पनि पर्यटन ब्यबसाय र आर्ग्यानिक कृषि उत्पादनमा जोड दिन र सहकारी ले पनि तेहि अनुरुप आफ्नो लगानी बढाइ थाहा नगरको आर्थिक उन्नति मा टेवा दिन अनुरोध गर्दै शुभकामना दिनुभयो।सहकारी ले हाल थाहानगर र इन्द्रसरोबर को मार्खु मा आफ्नो सदस्य हरुलाइ सेवा दिदै आइरहेको छ भने संस्थामा हाल ७०७ सदस्य रहेको छ। साधारणसभाकै अवसर पारेर संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा पुर्व संचालक समिती हरुलाइ सम्मान गरिएको छ। सम्मानित हुनेमा उत्कृष्ट साधारण वचत तर्फ रामलाल बलामी,वृद्ध बचत तर्फ बिष्णु खत्री,उत्कृष्ट ऋण कारोवार तर्फ युगल ढकाल,उत्कृष्ट विद्यार्थी बचत तर्फ दिव्या थापा,दैनिक बचत तर्फ सुनमाया लामा लाई नगद सहित सम्मान गरियो भने पुर्व अध्यक्ष द्वय सिताराम अधिकारी,निरन्जन अधिकारी,पुर्व उपाध्यक्ष प्रेम कुमार केसी,पुर्व लेखा समिती संयोजक ईन्द्रध्वज अधिकारी,पुर्व सचिव दिनेश केसी,पुर्व लेखा समिती संयोजक भैरव प्रधान,देवेन्द्र अधिकारी,पुर्व ऋण समिती सदस्य घनश्याम अधिकारी,कार्यसमिति सदस्य वेलि थापा अधिकारी,बद्री केसी,लेखा समिती सदस्य प्रकाश केसी,पुर्व व्यवस्थापक नारायण बहादुर केसी,सह व्यवस्थापक रामध्वज केसीलाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...