pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

कुलेखानी तालमाथि जीपलाइनको सफल परीक्षण

Ziep-1024x581-1672727721.jpg

मकवानपुरको इन्द्रसरोवर कुलेखानी तालमाथि जीपलाइन गर्न पाइने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा कुलेखानी एड्भेन्चर प्रा.लि.ले जीपलाईन संचालन गर्न लागेको कुलेखानी भिलेज रिसोर्टका संचालक परशुराम योन्जनले जानकारी दिए । योन्जन सो जीपलाइनका संचालक समेत हुन् ।

 

कुलेखानी एडेभेन्चर प्रा.लि.ले अंग्रेजी नयाँ वर्षको अवसरमा जीपलाइनको परीक्षण गरिसकेको छ । एक पटकमा दुईजना यात्रा गर्न सकिने गरि निर्माण गर्न लागिएको उक्त जीपलाईनको नियमित संचालन एकमहिना भित्रै हुने सञ्चालक योन्जनले बताए । ‘इन्द्रसरोवर तालमा बोटिङको मज्जासंगै अर्को साहसिक पयर्टन जीपलाइन शुरु गर्दैछौं, हामी आम पर्यटकहरुलाई घुम्न आउन अनुरोध गर्छौ’– संचालक योन्जनले भने । उनका अनुसार–काठमाण्डौबाट नजिक यि दुवै ‘बोटिङ र जीपलाइन’को मज्जा संगै लिन पाउने ठाउँ कुलेखानी हो । संचालक योन्जन थप्छन–‘यसरी तालमाथि नै जीपलाइन गर्न पाइने नेपालकै संभवतः पहिलो हो ।’

इन्द्रसरोवरको छरदार दोबाटोमा स्टेशन राखिएको जीपलाइन ६ सय मीटर भन्दा बढि लामो रहेको छ । जग्गा बाहेक एक करोड भन्दा बढि लगानीमा शुरु गर्न लागिएको जीपलाइनको सफल परीक्षणसंगै पर्यटकहरु थप आकर्षित हुने लगानीकर्ताहरुको अनुमान छ ।

मकवानपुरको इन्द्रसरोवर पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक मनोरमताको साथै साहसिक पर्यटनका लागि समेत इन्द्रसरोवर प्रसिद्ध छ । इन्द्रसरोवर क्षेत्रमा साना तथा ठूला ठूला होटल समेत संचालनमा रहेका छन् । होटल तथा रिसोर्टले पर्यटकलाई गर्ने व्यवहार र कम खर्चिलो यहाँको सकारात्मक पक्ष रहेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...